• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाढीले क्षति गरेको आठौं दिनसमेत खुलेन त्रिदेशिय मार्ग

metakhabar by metakhabar
१ साउन २०८२,
0
बाढीले क्षति गरेको आठौं दिनसमेत खुलेन त्रिदेशिय मार्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट। चीनको तिव्वत हुँदै आएको लेन्देखोलाको विनासकारी बाढी गएको आठौं दिनमा पनि त्रिदेशिय मार्ग खुल्न सकेको छैन् । पहिरोले कटान गर्नुका साथै पहिरोले बगाएको उक्त मार्ग अन्तर्गतको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य बाँकी रहेकाले सडक पुनर्निर्माण हुन सकेको छैन् ।

बाढीले क्षति गरेको त्रिदेशिय मार्गको पुनर्निर्माण तथा मर्मतका लागि रसुवागढीतर्फको टिमुरे र स्याफ्रुवेशीतर्फको लिङलिङमा हेभि इक्युपमेण्टहरु परिचालन गरिएको छ । लेन्देखोलामा यहि असार २४ गते मंगलवार आएको बाढीले पुल, सडक, जलविद्युत, यातायातका साधन तथा भौतिक संरचनासमेत गरि अर्बौंको क्षति गरेको थियो ।

बाढीले वेपत्ता बनाएको २० जनामध्ये १९ जना अहिलेसम्म बेपत्ता नै रहेका छन् । तीन प्रहरी, ६ जना चिनीया, नेपाली चालक तथा कमदारसमेत गरि २० जना बाढीमा हराइरहेकोमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेर सनाखतसमेत भइसकेको छ ।

बाढीले क्षति गरेको स्याफ्रुबेँसी–टिमुरे–रसुवागढी खण्डको ट्रयाक खुल्ने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त सडकमार्गको पुनर्निर्माण तथा मर्मत कार्य करिब ९८ प्रतिशत सम्पन्न भएको छ । गोसाइकुण्ड गापा २ लिङलिङमा सडकको ट्रयाक वनाउन समस्या भइरहेको छ ।

उक्त स्थानमा डोजर गएर नयाँ ट्रयाक बनाउन बाँकी रहेको प्राविधिकहरुले बताए । दुवै स्थानमा गरि तीन थान डोजर तथा स्काभेटर परिचालन गरिएको छ । पहिरो आएर हेभि इक्युपमेण्टलाई समेत तीव्र गतिमा बाटो बनाउन समस्या परिरहेको छ ।

स्याफ्रुवेशीको रोङ्गादेखि चार घण्टा लगाएर पैदल टिमुरे पुगिएको र बाटो खुल्न अझै केहि दिन लाग्ने चालक जयराम रिमालले बताउनुभयो । उहाँका अनुसार सडकको नयाँ ट्रयाक खोल्ने कार्य जोखिमपुर्ण देखिएको छ ।

बाढीले कटान गरेको र पहिराले वगाएको स्थानमा नयाँ ट्रयाक खोल्ने कार्यका लागि डोजरले बाटो पहिचान गर्न बाँकी रहेको स्थानीयको भनाई छ ।

उक्त सडकमार्ग पुर्ननिर्माण तथा मर्मत गर्न ठूला उपकरणसहित प्राविधिक, सेना, प्रहरी तथा सशस्त्र प्रहरी, सम्वन्धित पक्षका कर्मचारी खटिरहेका छन् । दैनिक रुपमा बेपत्ताको खोज तथा उद्धारमासमेत सुरक्षाकर्मी खटिएको रसुवा प्रशासनले जनाएको छ ।

अकल्पनिय बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १२ किलोमिटर सडकमार्गको १२ स्थानमा सडक ध्वस्त पारेकोमा अब अनितम विन्दु मात्र सडक पुर्ननिर्माण गर्न बाँफ रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बाढीले क्षति गरेको लेन्देखोलामाथि नेपाल–चीन जोड्ने पक्कि पुलसमेत वगाएपछि चीनले उक्त स्थान सफा गरिरहेको छ । बाढी र पहिरोले उक्त सडकको अधिकांश भाग क्षति भएपछि सरोकारवाला निकायसमेतको सहयोग र सहकार्यमा सडक पुनर्निर्माण र मर्मतको कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीको भनाई छ ।

यसैबीच बाढीका कारण चीनतर्फ सुरक्षित व्यवस्थापन गरि राखिएका नेपालीलाई नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । नाकामा ठूलो नदीमा पुल नै नहुँदा समस्या परेको छ ।

चीनतर्फ रहेका विपद् प्रभावित एकसय नेपाली नागरिकहरुलाई सम्बन्धित निकायहरुको समन्वयमा चीनको केरुङ्गमा सुरक्षितकासाथ बस्न र खानाको व्यवस्था मिलाईएको छ । कतिपयलाई सुरक्षित रुपमा नेपाल फर्काउन थालिएको छ ।

Previous Post

आजदेखि बीपी राजमार्गमा राति यात्रुबाहक सवारी सञ्चालनमा रोक

Next Post

अठासी वर्षीया खुन्तुरीले पाउनुभयो ‘लालपुर्जा’

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
अठासी वर्षीया खुन्तुरीले पाउनुभयो ‘लालपुर्जा’

अठासी वर्षीया खुन्तुरीले पाउनुभयो ‘लालपुर्जा’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In