• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अठासी वर्षीया खुन्तुरीले पाउनुभयो ‘लालपुर्जा’

metakhabar by metakhabar
१ साउन २०८२,
0
अठासी वर्षीया खुन्तुरीले पाउनुभयो ‘लालपुर्जा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुन्दरबजार (लमजुङ) : राईनास नगरपालिका–६ नयाँपौवाकी खुन्तुरी परियारको आँखामा आज चमक देखिएको छ । जीवनका झन्डै नौ दशक काटिसकेकी उहाँ आफ्नो नाममा लालपुर्जा अर्थात् धनीपुर्जा पाएपछि मख्ख देखिनुहुन्थ्यो । उहाँका अनुसार यो एक साधारण प्रमाणपत्र थिएन, यो थियो, राज्यबाट प्राप्त भएको पहिचान, स्वामित्व र अपनत्वको अनुभूति ।

सन् १९३७ (विसं १९९४) को पुस महिनामा साविकको गौंँडा गाविस, ओखरीमा जन्मिएकी खुन्तुरी आज ८८ वर्षको उमेरमा कान्छी छोरीको संरक्षणमा जीवन बिताइरहनुभएको छ । उहाँका श्रीमान्ले दुईवटी बिहे गर्नुभएको थियो । खुन्तुरी कान्छी श्रीमतीको नातामा हुनुहुन्छ । उहाँ कान्छी छोरी र ज्वाइँ बुद्धीबहादुर परियारका साथमा रहँदै आउनुभएको छ ।

उहाँको शरीर उमेरअनुसार थकितभइसकेको छ । उहाँलाई बोल्न मुस्किल छ । कान कम सुन्नुहुन्छ । तर, उहाँका अनुहार उज्यालिएको छ । आज राईनास धमिलिकुवामा आयोजित भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रममा जब खुन्तुरी परियारले गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङको हातबाट लालपुर्जा लिनुभयो, त्यस क्षण उहाँको ८८ वर्षदेखिको सपना पूरा भयो ।

“कति पटक त अस्पताल जान पनि नागरिकता र ठेगानाको प्रमाण खोजिन्थ्यो । मेरो ठेगाना भन्न मिल्ने कागज नै थिएन,” कान्छा ज्वाइँ बुद्धिबहादुर परियारले खुन्तुरीको तर्फबाट भन्नुभयो । उहाँले भन्नुभयोे, “बुढी आमा आज धेरै खुसी हुनुहुन्छ, उहाँका आँखाबाट आँसु झरेको मैले देखेँ ।”

बुद्धिबहादुरले थप भन्नुभयो, “लालपुर्जा नहुँदा गरिबीको पीडा मात्रै होइन, सामाजिक अपहेलना पनि भोग्नु प¥यो । साह्रै थोरै आम्दानी । न आफ्नो नाममा जमिन । यस्तो अवस्थामा जीवनका धेरै निर्णय अरूको अनुमतिमा सीमित रहन्थे । उहाँको नाममा केही थिएन ।”

भूमि समस्या समाधान आयोग जिल्ला समितिको समन्वयमा राईनास नगरपालिका–६ माबुधबार १६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो । आयोगका अनुसार खुन्तुरी परियार जस्तो अवस्थामा रहेका ७२ मध्ये १६ जनालाई पहिलो चरणमा १९१ दशमलव ०४ वर्गमिटर सार्वजनिक पर्ति जमिन उपलब्ध गराइएको छ ।

खुन्तुरी परियारको जीवन अब परिवर्तनको मोडमा पुगेको छ । आफ्नै नाममा लालपुर्जा पाउनु उहाँको आत्मसम्मान र सामाजिक अधिकारको पुनःस्थापना जस्तै हो । उहाँको कथा राईनासमा मात्र होइन, सम्पूर्ण भूमिहीन दलित र सुकुम्बासी समुदायका लागि प्रेरणाको स्रोत बन्दैछ । यस तथ्यले भन्छ, “धैर्य राख्न सक्नुपर्छ, कहिलेकाहीँ न्याय ढिलो हुनसक्छ, तर टाढा भने हुँदैन ।”

Previous Post

बाढीले क्षति गरेको आठौं दिनसमेत खुलेन त्रिदेशिय मार्ग

Next Post

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In