• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याद थप्दा समेत सम्पन्न भएन प्रशासकीय भवन

metakhabar by metakhabar
२८ असार २०८२,
0
म्याद थप्दा समेत सम्पन्न भएन प्रशासकीय भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ), २८ असारः बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय अभिवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरर्वाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।

निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो ।

विसं २०७८ माघ २१ गते तीन वर्षमा सक्नेगरी सम्झौता भएपनि सम्झौता मिति सकिएर पुनः छ महिनालाई थपिएको म्यादमा समेत काम सम्पन्न नभएको जैनिमी नगरपालिकाले जनाएको छ । माघमा सकिएको म्याद छ महिनालाई थपेर असार १७ गतेसम्म पु¥याइएको थियो ।

छ महिना म्याद थप्दासमेत भवनको प्रगति जम्मा ७० प्रतिशत भएको छ ।

भवनको साढे चार तला ढलान सकिएर इटालगाइरहेको भवनमा मुस्किलले एक दर्जनमात्रै कामदार खटिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीलाई जैमिनी नगरपालिकाले पटक–पटक समयमै काम सक्न दबाब दिएपनि कामको प्रगति जम्मा ७० पुुग्नु लज्जास्पत भएको जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले बताउनुभयो ।

“तीन वर्षमा ५५ प्रतिशत काम भएको थियो छ महिनाभित्र सक्नेगरी म्याद थपेका थियो तर प्रगति कछुवा गतिमा छ, थपिएको म्यादसमेत सकिदा जम्मा ७० प्रतिशत प्रगति भएको छ, पर्खालसहित अन्य पूर्वाधारको काम बाँकी रहेको छ” पुनले भन्नुभयो “निर्माण व्यवसायीले छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि थपिएको म्यादमा जम्मा १५ प्रतिशत प्रगति भएकाले नगरपालिकाको कार्यपालिकामा लैजाने तयारी गरेका छौँ, कार्यपालिकाले जे भन्छ त्यहीअनुसार अघि बढिन्छ ।” यही गतिमा काम भइरहे अबको दुई वर्षमा समेत भवन निर्माण नसकिने पुनको भनाइ छ ।

समयमै काम सकेमा पालिकाले भाडा तिरेर अरुको घरमा बस्नु नपर्ने बतउादै ठेकेदारले कछुवा गतिमा काम गर्दा समस्या भएको उहाँको भनाइ छ ।

साढे चार तलाको भवन ढलान भएर पर्खाल लगाउने काम चलेपछि ठूलो भवनमा कछुवा गतिमा काम भएको छ ।

अन्य पर्खाल, झ्याल ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङ्ग रोगन तथा डेकोरेशनको काम पुरै बाँकी रहेको छ । सम्झौता सकिएपछि निर्माण व्यवसायीले म्याद थपका लागि समेत निवेदन नदिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जनाउनुभयो ।

नगरपालिकाको विद्युतीय भ¥याङसहित साढे चार तलाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि रविना÷प्राकृतिक÷जुगल जेभीसँग रु आठ करोड १७ लाख ६५ हजारमा ठेक्का सम्झौता भएको थियो । २०८१ पौष १५ मा निर्माण सक्नेगरी भएको ठेक्का सम्झौताअनुसार काम नहुँदा निर्माणमा ढिलाइ भएको हो । रविना÷प्राकृतिक÷जुगल जेभीका आधिकारीक प्रतिनिधि नरेश ओझाले निर्माण सामग्रीको ढुवानीले समस्या भएकाले किाममा ढिलाइ भएको बताउनुभयो । समयमै भुक्तानी अभवामा काममा समस्या भएको उहाँको भनाइ छ ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेराका स्थानीयले निःशुल्क दिएको आठ रोपनी जग्गामा नगरपालिका र प्रदेश सरकारको लगानीमा प्रशासकीय भवन निर्माण गर्न हो । साढे चार तलामा ४२ कोठा रहेको भवनमा विद्युतीय भ¥याङसहित सुविधा सम्पन्नको हुनेछ । नगरपालिकाको विषयगत शाखासमेत अट्नेगरी भवन निर्माण थालिएको हो ।

अहिले नगरपालिकाले चारवटा घर भाडामा लिएर नगरपालिकाको सेवा दिइराखेको छ । आफ्नै भवन निर्माण भए नगरपालिकाको भाडा वापतको ठूलो रकम बचत हुने छ ।

Previous Post

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

Next Post

रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
Load More
Next Post
रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न

रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In