• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

metakhabar by metakhabar
२४ असार २०८२,
0
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तानसेन (पाल्पा), २४ असारः यहाँको स्थानीय सरकारले घरबास (होमस्टे)लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै आएको हो ।

होमस्टे तालिम लिन चाहनेलाई तालिम दिने, सीप लिइसकेकालाई होमस्टे सञ्चालनका लागि आवश्यक बीउ तथा पुँजी उपलब्ध गराउँदै आइएको पालिका कार्यालयले जनाएको छ । महिला होमस्टेतर्फ रुचि राख्न थालेपछि गाउँपालिकाले ज्ञान, सीप प्रदान गर्न तालिम दिँदै आएको हो ।

महिलालाई थप उत्साह, ज्ञान सीप प्रदान गर्न पाल्पा विकास केन्द्र, सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा तालिम दिइएको पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार यहाँका छ वटै वडामा होमस्टेमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, गाउँगाउँमा आर्यआर्जन बढाउने, महिलाको उद्यमशीलता बढाउने र महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले तालिम दिइएको हो ।

गाउँपालिकालाई पर्यटन तथा कृषिका माध्यमबाट समृद्ध बनाउने, महिलाको आयआर्जन बढाउने काममा समुदायस्तरमा जस्तोसुकै सहयोग गर्न पालिका तयार रहेको उहाँको भनाइ छ । तालिम लिइसकेकालाई पालिकाले बीउ तथा पुँजी वितरण गरेको छ । “पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमा उत्पादन गर्ने अभियानका साथ बाख्रा, बङ्गुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्गवासीलाई बीउ तथा पुँजी वितरण गरेको हो”, उहाँले भन्नुभयो ।

लोकल कुखुरापालन तालिममा सहभागी ३० जनालाई नौ वटाका दरले लोकल कुखुरा, बङ्गुरपालनमा सहभागी २८ जनालाई एक/एक वटा बङ्गुरको बच्चा, बाख्रापालनमा सहभागीलाई एक/एक वटा बाख्रा, तरकारी खेतीमा सहभागीलाई दुई/दुई वटा टनेल, सिँचाइका लागि दुई/दुई वटा प्लाष्टिक ड्रम, पाइप स्प्रिङकल, मौरीपालनमा सहभागीलाई एक/एक वटा आधुनिक मौरी घारलगायत समान गाउँपालिकाले वितरण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पाहुना राख्नका लागि जन्तीलङमा सात, मरामकोटमा दुई वटा पाहुनाघर निर्माण भएका छन् । गाउँपालिकाले होमस्टेमा चाहिने महका लागि मौरी, मासुका लागि कुखुरा बाख्रा, बङ्गुर, तरकारीका लागि मौसमी बेमौसमी तरकारीखेती प्रवर्द्धनका साथै स्थानीयलाई तालिम प्रदान गरेको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार हाल मरामकोटमा पाँच घर र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालन भइरहेका छन् । गाउँमै बसेर पर्यटन व्यवसायका माध्यमबाट आयस्रोत बढाउन होमस्टे व्यवसायलाई प्रवर्द्धन गर्दै बीउ तथा पुँजीसहितको तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र जन्तीलुङ्ग प्रशस्त सम्भावना बोकेको स्थान भएकाले महिनामा प्रतिपरिवारबाट लाखौँ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाबीच साझेदारी गरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग मरामकोट प्राकृतिक रूपमा सुन्दर ठाउँ रहेकाले हिमालदेखि तराईसम्मका दृश्य एकैस्थान हेर्न सकिने बताउँदै प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले पर्यटनका माध्यमबाट स्थानीयस्तरमा रोजगारी र आम्दानी बढाउन पालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

यहाँको वडा नंं ६ मस्याम, वडा नंं ५ मरामकोट, वडा नंं ४ को सत्यवतीमा होमस्टेको सुरुआत भएको छ भने वडा नंं १ कचल, वडा नंं २ दोभान, वडा नंं ३ झुम्साका विभिन्न भागमा होमस्टे सञ्चालनको तयारीमा महिला जुटेका अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

यहाँ अहिले केही स्थानीयले होमस्टे कार्यक्रम सञ्चालन गरी पाहुनालाई राख्दै आएका छन् । जन्तीलुङ्ग सामुदायिक होमस्टेमा प्रतिव्यक्ति एक हजार २०० रुपैयाँमा स्वागत, साँझको खाजा, खाना, लोकल कुखुराको मासु र बिहानको खाजाको ‘प्याकेज’ रहेको छ । प्राकृतिक रूपमा सुन्दर रहेको जन्तीलुङ्ग र मरामकोटबाट हिमालदेखि तराईसम्मका दृश्यावलोकन गर्न सकिन्छ ।

Previous Post

आगामी आवको मौद्रिक नीतिबारे योजना आयोग उपाध्यक्ष र राष्ट्र बैंकका गर्भनरबीच छलफल

Next Post

आजको लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
आर्थिक

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

७ असार २०८३,
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
आर्थिक

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

७ असार २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In