• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    समानुपातिकमा एक करोड चार लाख मतगणना

    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य बढ्यो

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ

metakhabar by metakhabar
२२ असार २०८२,
0
फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्नुहुनेभएको छ । उहाँले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ ।

फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उहाँकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभएको हो ।

म्याक्रोँले बिहीबार ३७औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनमा प्रधानमन्त्री केइर स्टार्मरसँग छलफल गर्नुहुनेछ ।

वार्ता युक्रेनलाई सहयोग, च्यानल पार गर्ने अवैध आप्रवासन रोक्न संयुक्त प्रयास र दुई देशबीच रक्षा सहयोगलाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

सन् २०१६ मा इयूबाट बाहिरिने बेलायतको पक्षमा भएको मतदानलाई सङ्केत गर्दै एलिसी प्यालेसले शुक्रबार भनेको छ, “ब्रेक्जिटपछि युरोपेली इयूको शक्तिशाली राष्ट्र फ्रान्सका राष्ट्रप्रमुखको यो पहिलो राजकीय भ्रमण हो ।

विज्ञप्तिमा भनिएको छ, “विशेष गरी, प्रधानमन्त्री स्टार्मरले संयुक्त अधिराज्य र युरोपबीचको सम्बन्धको ‘पुनः स्थापना’ को सङ्केत गरेपछि बे्रक्जिटपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।”

अघिल्लो दक्षिणपन्थी बेलायती सरकार (कन्जरभेटिभ पार्टी) को पालामा ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको पालामा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुवै देशले युक्रेनका लागि शान्ति स्थापनाका लागि युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बकिङ्घम प्यालेसले शुक्रबार म्याक्रोंले आफ्ना पूर्ववर्तीचाल्र्स डी गौल र फ्रान्कोइस मिटर्रान्डको पदचाप पछ्याउँदै मङ्गलबार बेलायती संसद्लाई औपचारिक रूपमा सम्बोधन गर्ने जनाएको छ ।

म्याक्रोँ र उहाँकी पत्नी ब्रिगिट लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित बेलायती राजा चाल्र्सको निवासमा हुने रात्रिभोजमा सरिक हुनुहुनेछ ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवंगत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।

भ्रमणका क्रममा म्याक्रोँ र स्टार्मरले बिहीबार लण्डनमा ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको आयोजना गर्नेछन्, जहाँ उनीहरूले युक्रेनमा रूसको पूर्ण आक्रमणको प्रतिक्रियामा दुई देशबीच रक्षा सम्बन्धलाई मजबुत बनाउने अवसरहरूको बारेमा छलफल गर्नेछन् ।

म्याक्रोँ र स्टार्मरले मस्कोविरुद्ध किएभको प्रतिरक्षालाई बलियो बनाउन ‘इच्छुक’ देशहरूलाई एक साथ ल्याउने वार्ताको सह–अध्यक्षता गर्नेछन् ।

दुवै नेताले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग कुराकानी गर्नेछन् ।

सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगी संयुक्त राज्य अमेरिकाले मङ्गलबार युक्रेनमा केही प्रमुख हतियार ढुवानी रोक्न लागेको बताएको थियो ।

रुसले शुक्रबार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

युद्धविरामपछि युक्रेनमा ’आश्वस्त पार्ने सेना’ तैनाथ गर्ने र बिनाशर्त युद्धविराम स्वीकार गर्न रुसमाथि कसरी ‘दबाब बढाउने’ भन्ने विषयमा छलफल हुने एलिसी प्यालेसले जनाएको छ ।

कार्यसूचीको अर्को उच्च विषय भनेको आप्रवासीहरूलाई च्यानलको खतरनाक सानो डुङ्गा क्रसिङ गर्ने आप्रवासीहरूलाई रोक्ने रणनीतिमा सहमत हुनु हो, जुन बेलायतको मुख्य चासोको राजनीतिक मुद्दा हो ।

इङ्लिस किनारामा धेरै साना डुङ्गाहरू अवतरण गर्ने र अनियमित आप्रवासनलाई नियन्त्रण गर्न बेलायती सरकार दक्षिणपन्थीहरूको बढ्दो दबाबमा पर्ने भएकोले लण्डनले पेरिसलाई अझ धेरै काम गर्न दबाब दिएको छ ।

हालैका हप्ताहरूमा, फ्रान्सले आप्रवासी डुङ्गाहरूलाई आफ्नो गहिरो तटीय पानीमा रोक्न विचार गरिरहेको बताएको छ, यद्यपि यो कदमले सुरक्षा र कानुनी मुद्दाहरू उठाएको छ।

शुक्रबार बेलायती सरकारले फ्रान्सेली प्रहरीले आप्रवासी बोकेको एउटा सानो डुङ्गालाई च्यानलपार गर्नबाट रोकेको फुटेजको स्वागत गरेको बताएको छ ।

सन् २०२३ मा राजा चाल्र्सको फ्रान्सको राजकीय भ्रमणपछि हुन लागेको फ्रान्सेली राष्ट्रपतिको भ्रमणलाई व्यापक सफलताको रूपमा हेरिएको छ जसले सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।

यसअघि, सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले बेलायतको राजकीय भ्रमण गर्नुभएको थियो ।

Previous Post

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय र सैनिक सङ्ग्रहालयको अवलोकन

Next Post

बाघको छालासहित तीन जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
आर्थिक

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

२६ फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

समानुपातिकमा एक करोड चार लाख मतगणना

२६ फाल्गुन २०८२,
प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

२६ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य बढ्यो

२६ फाल्गुन २०८२,
नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा
समाचार

नवनिर्वाचित सांसद महावीर पुन किताब बेच्न पोखरामा

२६ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

२६ फाल्गुन २०८२,
Load More
Next Post
बाघको छालासहित तीन जना पक्राउ

बाघको छालासहित तीन जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In