• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२२ असार २०८२,
0
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

तनहुँ ।पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल तीनखोले मन्दिर अवस्थित छ । शक्तिपीठका रूपमा परिचित तीनखोले मन्दिरमा पूजाअर्चना र भाकल गर्नेहरूको पछिल्लो समय घुइँचो लाग्ने गरेको छ ।

तीनखोले देवी भक्तजनको विश्वास र आस्थाको केन्द्र बन्न थालेपछि विभिन्न जिल्लाबाट धार्मिक पर्यटकक आउने गरेका हुन् । तीन वर्षअघि मन्दिर जाने बाटो साँघुरो, जीर्ण र हिलाम्मे हुँदा यात्रीले कठिन र जोखिमपूर्ण यात्रा गर्दथे । अहिले यहाँ पुग्ने पूर्वाधारसहित सडक निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको शुक्लागण्डकी नगरपालिका–६ का जय पाण्डेले बताए ।

पर्यटकीय सम्भावना बोकेको यस मन्दिरको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले लगानी गरी पूर्वाधार विकासले तिव्रता पाएसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ ।

पक्की नालासहितका सडक स्तरोन्नति र कालोपत्र गरेपछि अहिले मन्दिर आवतजावतमा सहज हुनुका साथै धार्मिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गएको शुुक्लागण्डकी–६ मा तीन वर्षअघि झाँगाझोली भिलेज रिर्सोट सञ्चालन गर्दै आएका उज्वल पौडेलले बताए । यहाँ रिर्सोट सञ्चालनमा आएसँगै आगन्तुकलाई बस्न, खान समस्या नरहेको उनको भनाइ छ ।

सडक विस्तार, रिर्सोट सञ्चालनलगायत पूर्वाधार विकासले धार्मिकस्थल तीनखोले मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको पौडेलले बताए । उनका अनुसार रिर्सोट र मन्दिर पर्यटकका लागि एकापसमा पर्यायबाची जस्तै बनेका छन् ।

पृथ्वीराजमार्गको खैरेनीटारबाट साढे दुई किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीबाट तीनखोले मन्दिर पुग्न करीब पाँच किमी यात्रा गर्नुपर्छ । तीन जना व्यक्तिको लगानीमा सञ्चालित यो रिर्सोट करिब बीस रोपनी क्षेत्रफलमा रु दुई करोड बढी लगानीमा निर्माण गरिएको रिर्सोट सञ्चालन पौडेलले जानकारी दिए । उनका अनुसार यहाँ पर्यटकीय दृष्टिकोणले आकर्षण र मनमोहक भौतिक संरचना बनाइएको छ ।

रिर्सोट नजिकै भएर बग्ने कुम्लेखोलामा ड्याम बनाएर सुन्दर ताल निर्माण गरी ढुङ्गा सञ्चालनमा ल्याउने योजना रहेको पौडेलले बताए । उनले भने, “झाँगाझोलीमा शुक्लागण्डकी–सुनकोशी सूचना केन्द्र स्थापना गरिएको छ, जसले सिन्धुली र तनहुँको धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

उनका अनुसार सिन्धुली जिल्लामा रहेको झाँगाझोलीको झल्को दिनेगरी तनहुँको शुक्लागण्डकीमा झाँगाझोलीको अवधारणका साथ रिर्सोट सञ्चालनमा ल्याइएको हो ।

यहाँको प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर र झाँगाझोली रिर्सोटले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको शुक्लागण्डकी–६ का पाण्डेले बताए । उनले भने, “पर्यटन प्रवर्द्धनमा झाँगाझोली र तीनखोले मन्दिरबीच प्रगाढ सम्बन्ध बन्दै गएको छ । मन्दिरमा आएका पर्यटक झाँगाझोली जान्छन् भने झाँगाझोली आएका पर्यटक मन्दिर पुगेर पूजाअर्चना गरी फर्किने गर्दछन् ।”

झाँगाझोली रिर्सोट सञ्चालनमा आउनुअघि दरगाउँ क्षेत्रका बासिन्दा एक्लै हिड्न डराउँथे, जङ्गलको बाटो भएर हिड्नुपर्दा, वनमा घाँस, दाउँरा लिन जाँदा समूहमा जानुपर्ने बाध्यता थियो ।

पाण्डेले भने, “अहिले स्वर्ग जस्तै बनेको छ, मानिसको चहलपहल बढेको छ, स्थानीयबासीको जीवनशैलीमा परिवर्तन आएको छ ।” अहिले विकासले गति लिएसँगै आवतजावतमा सहज हुनुका साथै स्थानीयले विकासको अनुभूति गर्न पाएका उनको भनाइ छ । “छोटो अवधिमा छुट्टै पहिचान बनाएको यस धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण स्थानीयमा आर्थिकस्तरका साथै रोजगारीका अवसर वृद्धि भएका छन् ।”

सडक डिभिजन कार्यालयबाट रु एक करोड बजेट विनियोजन भएपछि तीनखोले मार्गको खैरेनीटार–झाँगाझोली खण्डमा सडक स्तरोन्नतिका साथै कालोपत्र गरेसँगै विकासले फड्को मार्नुका साथै पर्यटकलाई आवागमनमा सहज भएको छ ।

आर्थिक वर्ष २०८०र८१ मा सहरी विकास मन्त्रालयबाट झागाझोली–दरगाउँ सडक स्तरोन्नतिका रु ३५ लाख, आव २०८१र८२ मा रु ५० लाख बजेट विनियोजन पश्चात् निर्माण सम्पन्न गरिएको छ ।

आगामी आव २०८२र८३ का लागि रु ५० लाख बजेट विनियोजन भइसकेको झाँगाझोली भिलेज रिसोर्ट प्रालिका प्रबन्धक निर्देशक शङ्करप्रसाद अधिकारीले जानकारी दिए । तीनखोले मार्ग र झाँगाझोली–दरगाउँ सडक मार्गलाई सङ्घीय सरकारले उच्च प्राथमिकता दिँदै आएपछि स्थानीय हर्षित भएका छन् । उनले भने, “विकाससँगै परिवर्तन र पर्यटनको क्षेत्रमा चहलपहल हुँदै जाँदा अर्थतन्त्र चलायमान बनेको छ ।”

झाँगाझोली प्राकृतिक सुुन्दरताले भरिपूर्ण मानिन्छ । वरिपरि हरियो घनाजङ्गल, सङ्लो कुुम्ले खोलाको सुुसेली, दरगाउँस्थित कोट मन्दिर, नजिकै रहेको घुमाउने झरना, विभिन्न प्रजातिका चराचुुरुङ्गीको बासस्थान, प्रसिद्ध तीनखोलेदेवी मन्दिर, झाँगाझोली क्षेत्रमा स्थापित विभिन्न मठमन्दिरले यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित गराएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५० हजार बढी पर्यटकले झाँगाझोली अवलोकन गरिसकेका प्रबन्धक निर्देशक अधिकारीले जानकारी दिनुभयो । “सडक कालोपत्र सम्पन्न भएसँगै पर्यटकको आगमन बढेको छ”, उनले भने, “दैनिक पाँच(छ सयको हाराहारीमा पर्यटक तीनखोले मन्दिर र झाँगाझाली घुम्न आउने गरेका छन् ।”

मन्दिरमा आउने पर्यटकको आवागमन बढ्दै जान थालेपछि रात्रिकालीन बसाइँका लागि झाँगाझोली भिलेज रिसोर्टले आरामदायी बासको व्यवस्था गरेको अधिकारीको भनाइ छ । एक पटकमा ४०–५० जनासम्मलाई सेवा दिन सकिने रिसोर्टले जनाएको छ ।

विभिन्न जातका फलफूूलको बँगैचा, सयौँ प्रजातिका जडिबुटी उद्यान, विभिन्न जातजातिले प्रयोग गर्ने लोपोमुख सामाग्रीहरूसहितको सङ्ग्रहालय, प्रदर्शनी तथा बिक्री कक्ष, सातवटै प्रदेशका विशिष्टिकृत सामग्रीको प्रदर्शनी, प्रादेशिक कोसेली घर, विभिन्न प्रजातिका रुखविरुवा, धार्मिक महत्त्वका मठमन्दिर झाँगाझोलीका विशेषता हुन् ।

गोरखाबाट घुम्न आएका मङ्गलबहादुर नेपालीले भने, “पर्यटकीय गन्तव्यको सम्भावना बोकेको ठाउँ रहेछ, जहाँ अवलोकन गरेर भरपूर मनोरञ्जन लिन सकिन्छ । यसको थप प्रवर्द्धन गरी पर्यटकीय गतिविधिसँगै स्थानीयको आयस्तरमा वृद्धि गर्न सकिन्छ ।”

झाँगाझोलीस्थित सिन्धुली–सुनकोशी गाउँपालिका निवासी ९० वर्षीया गौरादेवी दाहालको नामबाट निर्मित गौरादेवी नेचुरल हर्वल पार्क पनि आकर्षक गन्तव्य बनेको छ । विभिन्न किसिमका जडिबुटीबारे अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो अध्ययन केन्द्र बनेको छ ।

पछिल्ला केही वर्षयता तीनखोले मन्दिर र झाँगाझोली पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गा बनेको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि थापाले बताए । उनले भने, “खैरेनीटारबाट तीनखोले मार्ग हुँदै झाँगाझोली–दरगाउँ सडक मार्ग भएर पुनः खैरेनीटार निस्कने गरी रिङ्गरोड निर्माण गर्न लागिएको छ, जसले यो दसुरी अझ छोटो बनाउने छ ।”

खैरेनीटारबाट तीनखोले मन्दिरसम्मको सात किमी सडकमध्ये करिब पाँच सय मिटरबाहेक ढलान र कालोपत्र गरी यातायातमा सहज बनाइएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले बताए । उनले भने, “नगरपालिकाभित्रका रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिकलगायत पर्यटकीय क्षेत्रको विकास र प्रवरद्धनका लागि नगरपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको छ ।”

अघिल्लो समाचार

जोखिममा बेँसीसहर–चामे सडकयात्रा, बर्खायाममा समस्या झनै बढ्दो

अर्को समाचार

शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

शहरीकरणले १० वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन