• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ जेठ २०८२,
0
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट कर्णालीका किसान लाभान्वित
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

वीरेन्द्रनगर (सुर्खेत), २८ जेठः कर्णाली प्रदेश सरकारको ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट कर्णालीका दूध उत्पादक किसान लाभान्वित भएका छन् ।

सो कार्यक्रममार्फत लाभान्वित भएका किसान वीरेन्द्रनगर नगरपालिका–१२ खोरियाका ५१ वर्षीय डम्मर केसी हुनुहुन्छ । बाल्यकालदेखि नै खेती, गाई भैँसीपालनमा रुचि राख्नुभएका केसीले विगत ३० वर्षदेखि निरन्तर रुपमा कृषि पेसालाई अंगाल्दै आउनुभएको छ ।

केसीको गोठमा अहिले तीनवटा दुहुना (दूध दिने) भैँसी छन् । तीनवटा भैँसीबाट दैनिक रुपमा ४० लिटर दूध उत्पादन हुने गर्छ । “पहिला आठसम्म भैँसी पालेको थिए, तर अहिले कामदारको अभाव र आफैंले पनि नसक्ने भएपछि भैँसीको सङ्ख्या घटाएँ”, केसीले भन्नुभयो, “तर, अहिले पनि दैनिक ४० लिटर दूध बेच्दै आएको छु ।” उहाँका अनुसार बिहान र बेलुका गरेर दैनिक ४० लिटर दूध संकलन केन्द्रमा लैजाने गर्नुहुन्छ ।

उहाँका अनुसार चालीस लिटर दूधको मासिक रुपमा रु ७८ हजार आम्दानी हुने गर्छ । वीरेन्द्रनगर–१२ र १३ का किसानले उत्पादन गरेको दूध वीरेन्द्रनगर–८ मा रहेको तनुजा डेरी उद्योगले गाउँमा नै सङ्कलन गरी बिक्री वितरण गर्ने गर्छन् । किसानलाई उक्त डेरी उद्योगले अहिले प्रतिलिटर रु ६५ दिने गरेको छ ।

सरकारले आव २०७८÷७९ देखि नै उपलब्ध गराउँदै आएको अनुदान रकम भने केसीले २०७९÷८० बाट मात्र प्राप्त गर्नुभयो । केसीले पहिलो पटक रु ३० हजार, दोस्रो पटक रु १६ हजार अनुदान रकम प्राप्त गर्नुभएको थियो । यस आर्थिक वर्ष २०८१÷८२ मा रु ३० हजार ७७५ अनुदान आउने केसीले बताउनुभयो । कृषिमा समर्पित किसानलाई राहत दिनका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘दूधमा प्रोत्साहन अनुदान’कार्यक्रम केसीजस्ता किसानका लागि राहतको स्रोत बनेको छ ।

केसीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न सरकार अझ बढी योजनाबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “देशमा लाखौँ युवा बेरोजगार छन्, सरकारले कृषिलाई रोजगारीको माध्यम बनाउने हो भने विदेशिने युवालाई रोक्न सकिन्छ, स्वरोजगारका अवसर कृषिमा छन्, तर त्यसका लागि सहजीकरण र लगानी जरुरी छ ।”

उहाँ जस्तै वीरेन्द्रनगर–१२ कै ४५ वर्षीया दीपा भट्टराई पनि ‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट लाभान्वित हुनुभएको छ । आफ्नो जीवनको अधिकांश समय कृषि र पशुपालनमै बिताउनुभएका उहाँले पनि विगत २० वर्षदेखि भैँसी, गाई, बाख्रा, अनि खेती गर्दै आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिल्यैदेखि नै सरकारका तर्फबाट केही सहयोग मिल्छ कि भन्ने आशा थियो, तर अब बल्ल आफूजस्ता किसानले सरकारबाट राहत पाएँ भन्ने महसुस भएको छ ।”

उहाँले अहिले दुईवटा दुहुना (दूध दिने) भैँसी पाल्दै आउनुभएको छ । उहाँले बिहान–बेलुकी गरी दुई पटकमा १८ लिटर दूध बिक्री गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “दूध सङ्कलन केन्द्र गाउँमा नै भएकाले दूध बिक्री गर्न टाढा जानु नपर्ने र समयको पनि बचत भएको छ ।” हाल उहाँ दूध बिक्रीबाट मासिक रुपमा रु ३५ हजार आम्दानी गर्दै आउनुभएको छ । रु पाँच हजार भैँसीको दानापानीमा खर्च हुने गरे पनि मासिक रुपमा रु ३० हजार बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

प्रदेश सरकारले उपलब्ध गराएको अनुदान कार्यक्रमले उहाँजस्ता किसानको जीवनमा नयाँ ऊर्जा भरेको छ । उहाँ भन्नुहुन्छ, “पहिलो पटक रु दुई हजार ७०० पाएँ, अनि दोस्रो पटक रु ११ हजार र अहिले रु १५ हजार आउँछ ।” उहाँका अनुसार अनुदानको प्रक्रिया सहज छ । “दूध सङ्कलन केन्द्रले सबै प्रक्रिया मिलाएर दिने भएकाले हामीले अनलाइन फाराम, कागजपत्रको झन्झट बेहोर्नु पर्दैन”, उहाँ भन्नुहुन्छ ।

यो अनुदान कार्यक्रमले कृषकको नाममा दूध बिक्री गर्ने डेरी तथा सङ्कलन केन्द्रमा अभिलेख राखेर सात महिनासम्मको दूध बिक्रीको आधारमा अनुदान वितरण गर्छ । दूध उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्न आव २०७८÷७९ देखि प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार दूध उत्पादन गर्ने किसानलाई प्रोत्सान गर्न हिमाली जिल्लामा प्रतिलिटर रु १० र बाँकी जिल्लाहरुमा प्रति लिटर रु पाँच अनुदान उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका किसानलाई रु १० तथा सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुमपश्चिमका किसानलाई प्रति लिटर रु पाँच अनुदान दिँदै आएको हो ।

मन्त्रालयका सूचना अधिकारी तारा बरालले पछिल्लो समय दूध उत्पादन वृद्धि हुँदै गएको र किसान पनि यस कार्यक्रमबाट लाभन्वित हुँदै गएको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ५०० दूध उत्पादक किसान लाभान्वित भएका थिए । दुई लाख ८२ हजार ७०० लिटर दूधमा रु २८ लाख २७ हजार भुक्तानी गरेको उहाँले बताउनुभयो ।

यस्तै आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ५३ किसान लाभान्वित भएका छन् । झण्डै २३ लाख ५४ हजार ५६८ लिटर दूधमा अनुदान दिइएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ७७६ किसान लाभन्वित भएका थिए । उक्त आर्थिक वर्षमा ३७ लाख ९१ हजार ४२९ लिटर दूध उत्पादन भएको थियो ।

चालु आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारले रु एक करोड २७ लाख आठ हजार विनियोजन गरेको छ । सूचना अधिकारी बरालले चालु आर्थिक वर्षमा एक हजार ६५ किसान लाभन्वित भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु १० लाख ८४ हजार १४१ भुक्तानी भइसकेको छ भने बाँकी रहेका किसानलाई पनि भुक्तानीको काम भइरहेको छ ।

अघिल्लो समाचार

अक्षय कुमारको प्रेममा पागल थिइन् शिल्पा !

अर्को समाचार

‘साझेदारी वन गरिब समुदायलाई फाइदा पुर्‍याउने गरी क्रियाशील हुनुपर्छ’

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
‘साझेदारी वन गरिब समुदायलाई फाइदा पुर्‍याउने गरी क्रियाशील हुनुपर्छ’

‘साझेदारी वन गरिब समुदायलाई फाइदा पुर्‍याउने गरी क्रियाशील हुनुपर्छ’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन