• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर

    आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट छैन, बायोग्यास प्लान्ट बन्न सकेन

metakhabar by metakhabar
२८ जेष्ठ २०८२,
0
छाडा चौपाया व्यवस्थापन केन्द्रमा बजेट छैन, बायोग्यास प्लान्ट बन्न सकेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-९ सिसैयास्थित वृन्दावन सामुदायिक (छाडा) चौपाया व्यवस्थापन केन्द्रमा बजेट अभावले बायोग्यास प्लान्ट निर्माण कार्य हुन सकेको छैन।

व्यवस्थापन केन्द्रमा संरक्षण गरेर राखिएका ३०० गाईलगायत चौपायाबाट निस्कने मलमूत्रको प्रयोग गरी बायोग्यासको प्लान्ट निर्माण गर्ने योजना अघि सारिए पनि बजेट नहुँदा बन्न सकेको छैन।

“बायोग्यास प्लान्टसँगै गँड्यौला राखेर प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सहज मूल्यमा उपलब्ध गराउने योजना अघि सारेका थियौँ,” वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “बजेट अभावले बन्न सकेको छैन, व्यवस्थापन केन्द्रमा रहेका चौपायाको मल एकातर्फ र मूत्र अर्कोतर्फ जम्मा हुनेगरी निर्माण हुने संरचना निर्माण गर्न सकेका छैनौँ।”

उनका अनुसार व्यवस्थापन केन्द्र नजिकै किरियापुत्री घर निर्माण गर्ने योजना रहेको छ। “गाईको गोबर, गहुँत सहजै उपलब्ध हुने र नजिकै नदी भएकाले किरिया पुत्रीलाई सहजता हुन्छ, त्यही भएर किरियापुत्री घर निर्माण गर्ने योजना बनाएका छौँ, यसका लागि प्रदेश र सङ्घीय सरकारलाई गुहार्छौं”, उनले भने।

नदीले व्यवस्थापन केन्द्रको जग्गा बर्सेनि भू–क्षय गरी बगाउँदै आएकाले भरपर्दो तटबन्धको आवश्यकता भएको उनले उल्लेख गरे। नगरपालिकाबाट प्रत्येक वर्ष विनियोजन हुने ३० लाख बजेट व्यवस्थापन केन्द्रमा राखिएका चौपायाको दानापानी, पराल, ब्रान, नुनसँगै गौसेवकको तलबमै बजेट सिद्धिने गरेको उनले बताए।

केन्द्रमा आठजना गौसेवक कार्यरत रहेका छन्। व्यवस्थापन केन्द्रमा तीन करोड ५० लाखका सङ्घीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना निर्माण गरिएका छन्।

चारवटा पक्की गाईलगायतका चौपाया बाँध्ने गोठ, दुईवटा चारोलगायत सामग्री राख्नका लागि निर्माण गरिएका गोदाम घर, एक आवाससहितको कार्यालय भवन, समरसेल, स्यालो ट्युबेल जडान गरिएको छ।

योसँगै पाँचवटा अटोजन नल्का, चारवटा सौर्यबत्ती, दुईवटा सिसी क्यामेरा र डेढ किलोमिटर क्षेत्रमा तारवार जडानको कार्य गरिएको छ।

माछापोखरी निर्माण गरी माछापालनको कार्यसमेत गरिएको छ। चौपाया व्यवस्थापन केन्द्रलाई कृषि र पशुपालनको नमूना क्षेत्रका रूपमा विकसित गरी पर्यापर्यटनसँग जोड्नुपर्ने समाजसेवी हबलदार चौधरी बताउँछन्।

Previous Post

लस एन्जलसमा कर्फ्यू, सामूहिक गिरफ्तारी सुरु

Next Post

‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’

metakhabar

metakhabar

सम्बन्धित खबर

आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
आवाज

आलेखः पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

५ भदौ २०८३,
एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
आर्थिक

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान

५ भदौ २०८३,
म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
Load More
Next Post
‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’

‘प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In