• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 16, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

    एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

    १० तस्बिरमा मौनी राय

    १० तस्बिरमा मौनी राय

    गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड

    उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

metakhabar by metakhabar
२६ जेष्ठ २०८२,
0
गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन् । कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा पाल्पाको रामपुरमा आइतबार सम्पन्न कार्यक्रममा सहभागीहरुले गण्डकी सभ्यता बचाउनुपर्नेमा जोड दिए ।

पाल्पा, स्याङजा, तनहुँ र नवलपुर पूर्व नवलपरासीका सरोकारवालाले सरकारले कालीगण्डकी डाइभर्सन परियोजना, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, उपल्लो कालीगण्डकी आयोजना जस्ता परियोजना अघि बढाउँदा तल्लो तटीय क्षेत्रमा जल सङ्कट निम्तिने र सम्पदा क्षेत्रको विनाश हुने भएकाले त्यसलाई जोगाउन प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।

उनीहरुले कालीगण्डकीको महत्वलाई विश्व सामु चिनाउन आवश्यक रहेको उल्लेख गर्दै गण्डकी सभ्यताको संरक्षणका लागि धार्मिक पर्यटन प्रवर्द्धन तथा नदीको पानीको तल्लो तटिय क्षेत्रमा उच्चतम सदुपयोगको योजनाअघि सार्नुपर्ने भनाइ राखे ।

लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पाल्पाका विभिन्न स्थानमा कालीगण्डकी नदीको सदुपयोगका लागि योजना अघि बढाएको उल्लेख गरे । श्रेष्ठले कालीगण्डकीको तल्लो तटिय क्षेत्रका जनता डाईभर्सन हुनुहुँदैन भन्ने पक्षमा रहेको बताए । उनले भने , “कालीगण्डकी डाइभर्सनको विषय लुम्बिनी र गण्डकी प्रदेशको साझा सवाल हो केन्द्रमा बहस र छलफल आवश्यक छ ।”

कालीगण्डकी तिनाउ डाइभर्सन खारेजी तथा कालीगण्डकी सभ्यता बचाउ अभियानका संयोजक एवं पूर्व सांसद शंकरप्रसाद पाण्डेले कालीगण्डकीलाई आमा मानेर बसेका स्थानीयको सहमतिविना कहीँ लैजान नमिल्ने बताए । कालीगण्डकी गिट्टी बालुवा खोल्ने कुरामा अदालतले डाइभर्सन आयोजनाअघि बढाउन फैसला गरे पनि स्थानीय सरकारसँग समन्वय नगरिकन आयोजना अघि बढ्न नसक्ने उनको जिकिर छ ।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण महाराजले डाइभर्सन रोक्नका लागि कालीगण्डकी नदीको धार्मिक तथा सांस्कृतिक महिमा जागरण आवश्यक रहेको बताए । उनले भने , “पहिलो अधिकार तटिय क्षेत्रको हो । त्यसैले जनगरण अभियान सञ्चालन गर्नु आवश्यक छ ।”

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कालीगण्डकी डाइभर्सन योजनाअघि बढ्न नदिनका लागि तल्लो तटिय क्षेत्रका स्थानीयहरु जागरुक हुन आवश्यक रहेको बताए । डाइभर्सनले कालीगण्डकी सभ्यतासँगै पारिस्थितिक पद्धतिमा असर पर्ने भएकाले यो चिन्ताको विषय रहेको उनको भनाइ छ । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कालीगण्डकीको महत्वलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताए । गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले तल्लो तटिय क्षेत्रका पानीका स्रोतहरु कालीगण्डकी नदीमा निर्भर रहेको बताउँदै डाइभर्सन रोक्नुपर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले डाइभर्सनले लाखौँ श्रद्धालुको आस्थाको केन्द्र देवघाटलगायत धार्मिकस्थलका सन्त महन्तहरु चिन्तित रहेको बताए । बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले कालीगण्डकी डाइभर्सनको विरुद्धमा एक्यबद्धता जनाउँदै आएको र कालीगण्डकी सभ्यताका लागि अन्तिमसम्म लड्ने धारणा राखे ।

कालीगण्डकी डाइभर्सनको चर्चा २०६४ सालमै चले विसं २०७१ को नीति तथा कार्यक्रममा समावेश भएपछि चौतर्फी आलोचना भएको हो । विसं २०७८ मा डाइभर्सन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भयो । उक्त रिट सर्वोच्चले खारेज गरिदिएपछि भने पुनः विवाद सुरु भएको हो । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गरी बुटवलको तिनाउ नदीमा झार्ने सरकारको योजना छ ।

रिटमा नेपालको सभ्यता र संस्कृतिसँग जोडिएको गण्डकी नदीको अस्तित्वसमाप्त पार्ने गरी कालीगण्डकीको पानी डाइभर्सन गर्ने सरकारको निर्णयले सनातन हिन्दूहरूको आस्थामाथि प्रहार भएको दाबी गरिएको थियो । सर्वोच्चले रिट खारेज गरेपनि यस भेगका स्थानीय सरकार भने आयोजनाअघि बढाउन नदिनेमा प्रतिबद्ध छन् ।

Previous Post

जलवायु परिवर्तनको प्रभाव : पाल्पाको रिमिघा लेकमा भेटिएको यार्सागुम्बा नै भएको पुष्टि

Next Post

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

metakhabar

metakhabar

सम्बन्धित खबर

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
आर्थिक

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

२ असार २०८२,
आर्थिक

एघार महिनामा बयालिस हजार पर्यटकले गरे रसुवाको भ्रमण

२ असार २०८२,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आवाज

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

२ असार २०८२,
समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान
आवाज

समयमा पहिचान, समयमै उपचारः क्यान्सर रोगको निदान

२ असार २०८२,
१० तस्बिरमा मौनी राय
मनोरञ्जन

१० तस्बिरमा मौनी राय

२ असार २०८२,
गुणात्मक पूर्वाधार निर्माणमा संसदीय निगरानी बढाउनुपर्नेमा जोड
आवाज

उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी

२ असार २०८२,
Load More
Next Post
पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

पोर्चुगलले जित्यो दोस्रो नेसन्स लिगको उपाधी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In