• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरामा तरबुजा खेती फस्टाउँदो, चार महिनामै १५ लाख आम्दानी

metakhabar by metakhabar
३ जेष्ठ २०८२,
0
पोखरामा तरबुजा खेती फस्टाउँदो, चार महिनामै १५ लाख आम्दानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी। पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा होस् वा पोखरा–१३ ढाँडबेसी र आसपासका फाँट, यतिखेर धेरै ठाउँमा तरबुजा लटरम्म फलेको देख्न सकिन्छ।

विगतमा तराई र भारतबाट आएका तरबुजा मात्र खाएका पोखरेलीहरू अहिले आफ्नै गाउँठाउँमा फलेका स्वादिष्ट तरबुजाको स्वाद लिन पाउँदा खुसी छन्।

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषक रमेश आचार्य र ज्ञानबहादुर कार्कीले संयुक्त रूपमा गरेको तरबुजा खेती होस् वा आर्वाको ढाँडबेसीमा ई. विक्रम बरालसहित युवा रवि, अर्जुन, मनिशलगायतले संयुक्त रूपमा लगाएको तरबुजा, यो सबै रोजगारीको खोजीमा विदेशिएका युवाहरूका लागि पनि एक प्रेरणादायी उदाहरण बनेको छ।

रुद्रगङ्गा कृषि बहुउद्देश्यीय कृषि फर्ममार्फत ढाँडबेसीको १५ रोपनी क्षेत्रफलमा गरिएको तरबुजा खेतीबाट लगाएको चार महिनाको अवधिमा नै १५ लाख रुपैयाँ आम्दानी गरिसकिएको ई. बरालले जानकारी दिए।

विगतमा तराई र भारतबाट मात्रै तरबुजा आउने र खाने गरिएकोमा यही क्षेत्रमा पनि राम्रो फल्छ भन्ने कुरा चरितार्थ पार्न सफल भएको उनले बताए। “हामीले लगाएको तरबुजा लटरम्म फलेको छ,” उनले भने, “हामीले तीन हजार पाँच सय किलोग्राम तरबुजा उत्पादन गरिसकेका छौँ।”

पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुङ्गामा अगुवा कृषक ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाएका छन्। उहाँहरूले लगाएको तरबुजा अबको केही दिनमा नै बजारमा आउने कृषक रमेश आचार्यले बताए। उहाँहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका तरबुजा फलाएका छन्।

पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाएकामा झण्डै ६०० किलोग्राम बिक्री गरिसकेका छन्। उनको लक्ष्मी बराल एग्रोफर्ममा फलेको तरबुजाको बजारमा माग अत्यधिक रहेको उनले जानकारी दिए।

पोखराकै हेमजामा द अम्मट बिचमा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाएको तरबुजा पनि राम्रो फलेको छ। उत्पादन हेर्दा यस क्षेत्रमा राम्रै तरबुजा फलाउन सकिने देखिएको कार्कीले बताए।

विगतका वर्षमा सामान्य परीक्षणको रूपमा १०/१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको तरबुजा खेती यस वर्ष भने २०० रोपनी क्षेत्रमा विस्तार गरिएको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। तरबुजा खेतीका लागि महानगरपालिकाले बीउ तथा मलचिङमा सहयोग गरेको उनले बताए। महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको जानकारी दिँदै उनले स्थानीय रूपमा उत्पादित तरबुजाको स्वाद पनि निकै मीठो रहेको बताए। पोखरामा यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रुपैयाँ बराबर) को तरबुजा उत्पादन भएको उनले जानकारी दिए। महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिए।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ पोखरामा बिहीबार तरबुजा मेला २०८२ आयोजना गरिएको थियो। वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापन र पोखरा महानगरपालिकाको कृषि विकास शाखाको सहकार्यमा सञ्चालित मेलामा तरबुजा प्रदर्शनी, निःशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी आदान–प्रदान, सफल किसानका अनुभव साझा, परिकार प्रदर्शनी तथा बाली उपचार शिविरसमेत सञ्चालन गरिएको पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए। कृषकको मेहनत र पसिनाको फललाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको बताउँदै उनले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य राखिएको बताए।

पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा

मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा–३३ सुरौदीको तिखेढुङ्गामा लगाइएको तरबुजा एउटैको सात किलो ८६० ग्राम तौलको पाइएको छ। प्रदर्शनीमा कृषि फर्म तथा व्यक्तिगत रूपमा तरबुजा खेती गर्नेहरूका उत्पादनलाई तौल गरिएकोमा रमेश आचार्य र ज्ञानबहादुर कार्कीले तिखेढुङ्गामा लगाएको तरबुजा सबैभन्दा बढी तौलको प्रमाणित गरिएको हो। मेलाका अवसरमा ठूलो तौलको तरबुजा फलाएबापत उहाँहरूलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो।

त्यस्तै मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो भएका छन्। उहाँहरूलाई पुरस्कारस्वरूप नौ किलोग्राम र छ किलोग्राम तरबुजा प्रदान गरिएको थियो।

त्यस्तै प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्म पोखरा १३ आर्वाका श्रीधरलाल बराल र रोशन बराल प्रथम भए भने पिपलडाली पशु तथा कृषक समूह पोखरा २८ का शोवितबहादुर अधिकारी दोस्रो भए। त्यस्तै सूर्यचन्द्र कृषक समूह पोखरा १३ दुईकुलाको मुहानका विश्वराज सापकोटा तेस्रो र चण्डेश्वरी कृषि सहकारी संस्था लिमिटेड पोखरा १३ साझाका रामकाजी बरालले सान्त्वना स्थान प्राप्त गरे। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने फर्मलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको थियो।

Previous Post

युद्ध विरामको घोषणासँगै पाकिस्तानको सम्पूर्ण हवाई क्षेत्र खुला

Next Post

संघीय संरचनाभित्रको धमिरा : भ्रष्टाचारको जरा सिंहदरबारदेखि गाउँगाउँसम्म

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
संघीय संरचनाभित्रको धमिरा : भ्रष्टाचारको जरा सिंहदरबारदेखि गाउँगाउँसम्म

संघीय संरचनाभित्रको धमिरा : भ्रष्टाचारको जरा सिंहदरबारदेखि गाउँगाउँसम्म

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In