• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका व्रतालु

by
१८ माघ २०८१,
0
परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका व्रतालु

काठमाडौँ, १६ माघ : माधवनारायण शालिनदी मेलामा भक्तजन काठमाडौँको शंखरापुर नगरपालिका-७ स्थित साँखुमा माधवनारायण शालिनदी मेलामा बुधबार दिउँसो आएका भक्तजन।तस्बिर : हरिराम भेटुवाल/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् ।

बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्के दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ । माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन बर्तालुलाई खीर ९तस्मी० खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

परदेशमा भोजन गर्ने स्थान

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पि¬ङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउनुभयो । परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको छ ।

परदेश यात्रा विघ्नबाधाबिना नै सम्पन्न भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले पनि सहयोग गरेको उनले बताए । पनौतीतिरको परदेश यात्रा शनिबार गरिने समितिले जनाएको छ । माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । कठोर व्रत भए पनि बर्तालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।

श्रीस्वस्थानी व्रतकथा गौरीमाताको स्वरूपमा

माघमा गरिने श्रीस्वस्थानी व्रत र पूजा आराधनाको विशेष महत्व छ । श्रीस्वस्थानी भनेको को हो भन्ने प्रश्न पनि उठ्ने गरेकामा गौरीमाताकै अर्को स्वरूप भएको धर्मशास्त्रविद्ले बताएका छन् । स्वस्थानीमा वर्णन गरिएका तीर्थस्थल नेपालकै छन् ।

धर्मशास्त्रविद् तोयराजका अनुसार नेपाल स्वस्थानी परमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप हो । त्यसैकारण सदाशिवका साथमा स्वस्थानीको पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि विभिन्न ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ । कालिकापुराण, बृहद्धर्मपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एकमात्र हुनुहुन्थ्यो । परमेश्वरलाई क्रीडा गर्ने इच्छाशक्ति प्रकट भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग हुनुभयो ।

परमपुरूष शिव र प्रकृतिस्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्यरूपमा उत्पन्न हुनुभएको थियो । अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै रहनुभएको थियो । कालान्तरमा दक्षप्रजापतिले भगवती गौरीको तपस्या आराधना गर्न लागे । त्यसैबेला परमपुरूष शिव अन्तर्धान हुनुभयो । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाशस्वरूपिणी भएर रहनुभयो । यस विषयलाई शास्त्रीय ग्रन्थमा यसरी उल्लेख गरिएको छ–

अथ गौरी महादेवं मृगयित्वा तु सर्वतः।
वियुक्ता देवदेवेन दुःखेनात्यन्तभूयसा ।
देहं विलोपितवती गगनैकस्वरूपिणी ।
दक्षप्रजापतिर्देवीं तपसातोषयच्छिवाम् ।
तदा गौरी देहहीना गगनैकस्वरूपिणी ।
तुष्टा तं छन्दयामास वरेण वरवर्णिनी ।
स वव्रे तनया भूत्वा गृहे मे वस शङ्करि ।
समुत्पन्ना ततो गौरी सती दक्षात् प्रजापतेः ।।

दक्षप्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठूलो तपस्या गरे । तपस्याबाट खुसी भएकी गगनस्वरूपा गौरीले वर माग भन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदान दिनुभयो । गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गर्नुभएको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गर्नुभयो ।

दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्राण त्याग गर्नुभयो । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गर्नुभएको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित बनेको धर्मशास्त्रविद् नेपाल बताउँछन् ।

सती जानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो । यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी छोरी पार्वती भएर जन्म लिनुभयो र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गर्नुभयो । परमपुरूष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, काहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीला गर्नुभएको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

श्रीस्वस्थानीको नाममन्त्रले श्रद्धा एवं भक्तिपूर्वक पूजा गर्दा मनुष्यका विभिन्न पापनाश भई सम्पूर्ण मनोकामना पूर्ण हुने व्याख्या पनि शास्त्रीय ग्रन्थमा गरिएको छ । सबैले आफ्ना शक्तिअनुसार स्वस्थानीको व्रत गरी पूजा आराधना गर्दा सबैको कल्याण हुने विषय पनि धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

Previous Post

इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना

Next Post

बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरु

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरु

बेनी-दरवाङ सडक : रणवाङ-दरवाङ खण्डमा कालोपत्र सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In