सुर्खेत। आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौं खेलको लागि प्रदेश सरकार अन्र्तगतको कर्णाली प्रदेश खेलकुद परिषदले जिल्लाबाट छानिएर प्रदेश आउने खेदलाडीको टुंगो लगाउने भएको छ ।
परिषदको प्रदेश सचिव रविन्द्र चन्दका अनुसार आगामी असोज २२ गतेसम्म कर्णालीका दशै जिल्लालाई खेलाडीको केटा तोकेर प्रतिस्पर्धा आयोजना गर्न निर्देशन दिएको हो ।
जसअनुसार एथ्लेटिक्स विधामा दशै जिल्लाबाट १२ महिला तथा १२ पुरुष गरी २४० जनालाई प्रदेशस्तरीय छदौट खेलमा प्रतिस्पर्धा गराउन खोजेको हो ।
यस्तै, व्याडमिन्टनतर्फै दश जिल्लाबाट महिला तथा पुरुष गरी जम्मा ६२ जनाकोकोटा निर्धाण गरिएको छ । यो शीर्षकमा अधिकांश जिल्लाबाट तीन पुरुष तथा तीन महिलाको कोटा निर्धाण गरिएको सदस्य सचिव चन्दले जानकारी दिए ।
उनका अनुसार बक्सिमा दशा जिल्लाबाट जम्मा ४२ जना महिला र पुरुष छनाेट भई आउनेछन् भने बुद्धिचालमा ५३ जना सहभागि भइ आउनेछन् ।
कराँतेमा १३० जना दशा जिल्लाबाट सहभागि बन्दा टुबेलटेनिसमा ६० जना, तेक्वान्दोमा १४० जना दश जिल्लाबाट छनौट भई आउनुपर्नेछ ।
आईटिएफ तेक्वान्दोमा ८६ जना, उसुमा ८३ जना, सहभागि हुँदा बास्केटबलमा २४० जना छनौट भई आउनेछन् ।
यस्तै, फूटबलमा सबैभन्दा धेरै ३६० जना सहभागि भई आउँदा ह्याण्डबलमा भने ७२ जना मात्रै सहभागिहुनेछन् ।
कबड्डी प्रतियोगिताबाट दशै जिल्लाबाट छानिएर २४०जना आउँदा भलिबल तर्फबाट भने १८० जना खेलाडी छनौट भई आउनेछन् ।














