काठमाडौं : मुस्ताङको घरपझोङ गाउँपालिकामा साढे ८ लाख रुपैयाँसहित १२ जना पक्राउ परेका छन्। आइतबार राति घरपझोङ २ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट आठ लाख ५२ हजार ८०० रुपैयाँसहित आठ बुक ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गर्ने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।













