• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चेलीको विवाह गर्दा दाईजोमा गाउँ !

by
१९ कार्तिक २०८१,
0
चेलीको विवाह गर्दा दाईजोमा गाउँ !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तराई-मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी समुदायका व्यक्तिले पनि शक्तिअनुसार फर्निचर, गरगहना तथा अन्य सामग्री दिनु सामान्य नै हो । हुन त हिन्दू नेपाली समाजमा देशभरि नै यस्तो प्रचलन छ ।

आज हामी तपाईहरूलाई योभन्दा फरक प्रचलन सुनाउँदै छौँ, जो सुन्दा धेरैलाई आश्चर्य लाग्नसक्छ । यस्तो आश्चर्य लाग्ने प्रथा हो यहाँका मरिक समुदायको, जहाँ आजपर्यन्त छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गाउँनै दिने गरिएको छ । सुनसरीका विभिन्न क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका व्यक्तिले अहिले पनि छोरीको बिहेमा गच्छेअनुसार गाउँ नै दाईजोको रूपमा दिने प्रचलन रहेको सुनसरी हरिनगर–२ का अगुवा भट्टाई मरिकले जानकारी दिए । शनिबार मरिक समुदायले छठका लागि बाँसका सामग्री बनाइरहेका बारे रिपोर्टिङ्ग गर्न गएका हामीलाई उनले त्यो कुरा सुनाउँदा हामीलाई पनि त्यस्तै आश्चर्य लागेको थियो ।

मरिक समुदायका व्यक्तिले छोरीको बिहे गर्दा ज्वाइँ गाउँमा नै बसोबासका लागि राजी भएमा एउटा गाउँ नै दाईजो स्वरुप दिने गरेको भट्टाईले सुनाए । उनको कुरा सुनेपछि हामीले हरिनगर–३ का चन्दन मरिकलाई यसबारे जिज्ञासा राख्यौँ । जवाफमा नले भने, ‘हो नि हजुर ज्वाइँ राजी भएमा गाउँ नै दाइजोमा दिने चलन छ । यसको उद्देश्य भनेको छोरीचेली र भोलि जन्मिने सन्ततीलाई सहज होस् भन्ने हो ।’

मरिक समुदायको मुख्य पेसा सरसफाइ गर्ने, बिहेबारीमा आफ्नो गाउँका यजमानलाई बाँसको सामग्री पुर्याउने, चाडबाडका बेलामा बाँसका सामग्री बनाएर बिक्रीवितरण गर्नु हो । चाडपर्व, व्रतबन्धलगायत अवसरमा बाँसको सामग्री प्रयोग अनिर्वाय भएकाले एक जनाको गाउँमा अर्को मरिक समुदायका व्यक्तिले बिक्रिवितरण गर्न नपाइने आन्तरिक सहमति हुने गरेको छ । विशेष गरेर ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले तोकिएका व्यक्तिबाटै विभिन्न सामग्री लिने गरिन्छ । यजमानले लिएको सामग्रीवापत मरिक समुदायका व्यक्तिले चामल, धान, गहुँ, नगद र बाँस लिने गरेका छन् ।

विभिन्न किसिमका सामग्री बिक्रीका लागि बजारमा जानुपर्ने वा गाउँघरमै पसल गरेर बिक्री गर्नुपर्ने बाध्यता भए पनि मरिक समुदायका व्यक्तिले आफूले बनाएको सामग्री बिक्री गर्नका लागि गाउँ नै बाँडफाँट गरेको हुन्छ । कुन गाउँ वा टोलमा कुन परिवारले कारोबारको जिम्मा लिने भनेर आपसी समझदारी हुन्छ । एकले अर्काको गाउँमा सामग्री बिक्री गरेमा समाजले जरिवानासमेत गर्ने गरिएको छ ।

आफ्नो क्षेत्र बेच्न चाहनेले कारोबार अनुसारको रकम लिई बेच्नसमेत सक्ने चलन रहेको छ ।

एक गाउँ बेच्दा रु तीन लाखदेखि चार लाख वा सामाजिक मूल्याङकनअनुसार रकम लिने दिने गरिन्छ । सोही गाउँ मरिक समुदायका व्यक्तिले छोरी–ज्वाइँलाई गाउँमै बस्ने सर्तमा दाइजो स्वरुप दिने गरिउको हरिनगर–२ का वीरेन्द्र मरिकले बताए । दाईजोमा दिएको गाउँमा उनीहरूले कारोबार गर्ने अनुमतिसमेत पाउने र मरिक समाजले त्यसलाई स्वीकार गर्ने चलन रहेको उनले सुनाए ।

Previous Post

स्पेनिस ला– लिगामा बार्सिलोनाको अर्को जित

Next Post

मुस्ताङमा साढे ८ लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
मुस्ताङमा साढे ८ लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

मुस्ताङमा साढे ८ लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In