पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नवीन बराल विजयी भएका छन्।
मंगलबार भएको निर्वाचनमा बरालले १४९ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। सभापतिका अन्य उम्मेदवार सुभाष सिग्देलले १४२, देवराज आचार्यले १३१ र देवकृष्ण पराजुलीले ९४ मत प्राप्त गरे।
कास्की–२ मा ५५४ जना प्रतिनिधि रहेकामा ५४० मत खसेको थियो।
प्रदेशसभा क्षेत्रतर्फ कास्की–२ ‘क’ मा २५६ र ‘ख’ मा २८४ मत खसेको थियो।
कास्की–२ ‘क’ को सभापतिमा भोजराज आचार्य विजयी भएका छन्। उनले १३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले १२३ मत पाए।
यस्तै, कास्की–२ ‘ख’ को सभापतिमा अमृत शर्मा तिमिल्सिना विजयी भएका छन्। उनले १४८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी दीपेन्द्र मर्सानीले १०० र सुवर्ण केसीले ३३ मत प्राप्त गरेका छन्।













