• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

by
१३ पुस २०७९,
0
सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ। दाङ शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई विसं २०६० मा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति गरे । परियारको नाममा कुनै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमतिपछि उनी त्यहाँ घर बनाएर बसे । अहिलेसम्म पनि उनको नाममा जग्गा छैन । जग्गा भनेको त्यही गाउँको भेलाले दिएको वन समुदायको जग्गा हो । तर अहिले त्यही जग्गालाई खाली गर्न भनी वन समूहले ताकेता गर्दै आएको छ ।

परियारसहित सात जना सुकुम्बासी सामुदायिक वनको जग्गामा बस्दै आएका छन् भने केही गैरसुकुम्बासी पनि बस्दै आएका छन् । तर उनीहरूलाई वन समिति तथा स्थानीयवासीले पटक–पटक घरटहरा हटाउनेसम्मको धम्की दिँदै आएका छन् । “पहिले हामीलाई बस्न भनेर अनुमति दिए, अहिलेसम्म पनि मेरो नाममा जग्गा छैन”, परियारले भने, “तर केही वर्षदेखि यहाँ घरबारी छाड्न भन्दै कहिले वन समूह, कहिले स्थानीयवासी आएर धम्की दिन्छन् ।”

केही दिनअघि आफूले लगाएको तोरीसमेत किचिदिएको उनले गुनासो गरे । परियारसहित त्यहाँ बस्ने जितबहादुर विक, मोती नेपाली, वसन्ती परियार, चन्द्रबहादुर सुनार, भीमबहादुर दमाइ, सुन्तली विक रातो फाराम भरेका सकुम्बासी रहेको शान्तिनगर गाउँपालिकाले बताएको छ । तर डिभिजन वन कार्यालय श्रीगाउँले गएको भदौ २१ गते सूचना प्रकाशन गरी सात दिनभित्र टहरा हटाउन भनेको थियो । यदि टहरा नहटाए बल प्रयोग गरेर पनि हटाइने र कारबाही गरिने सूचनामा उल्लेख थियो । त्यसभन्दा अघि १० दिने सूचना पनि निकालिएको थियो ।

त्यसपछि पीडितले उच्च अदालत तुलसीपुरमा निवेदन दिएपछि भदौ २९ गते अल्पकालीन अन्तरिम आदेश गरी वन कार्यालयको सूचना कार्यान्वयन नगर्नू भनेको छ । राष्ट्रिय भूमि आयोगले पनि वैकल्पिक व्यवस्था नहुँदासम्म कसैलाई पनि हटाउने काम नगर्नू भनेर वन कार्यालयलाई अनुरोध गरेको छ । तर पनि अहिले विभिन्न समयमा हटाउन भन्दै धम्की आउने गरेको परियारले गुनासो गरे।

त्यस्तै सोही ठाउँका सुकुम्वासी चन्द्रबहादुर सुनारले पनि अहिले मुद्दा अदालतमा रहेकाले जस्तो अवस्था आउँछ, त्यसैलाई टार्ने बताए । “जग्गा छैन, उमेर पनि बूढो भइसक्यो”, उनले भने, “कसैले हट्न भन्छन्, कसैले के भन्छन्, जस्तो परिस्थिति आउँछ, त्यस्तै गर्ने हो ।”

वन समितिका अध्यक्ष प्रताप दाहालले भने आफूहरूले उठाउन नखोजेको बताए । “हामीले उठाउन खोजेको होइन, उहाँलाई समाजले नै पहिले बस्न दिएको हो”, उनले भने, “उहाँहरूले रातो फाराम भर्नुभएको छ, व्यवस्थापन सरकारले गर्ला ।”

Previous Post

निरन्तर पेट दुखेपछि अपरेशन गरेर हेर्दा १८७ वटा सिक्का फेला

Next Post

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In