• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१ कार्तिक २०८३,
0
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३१ असोजः दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लामो लाम लागेको छ ।

सामान्य अवस्थामा पनि शनिबार परेका दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भएकाले लामो लाम लागेको हो । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम लागेको हो ।

देशभरका मुख्य शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल एवं मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ ।

यसैगरी, नक्साल भगवती मन्दिर परिसरलाई पनि आकर्षक रूपमा बनाइएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जानेगरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् ।

यसैगरी, उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

शारदीय नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

दसैँको महत्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् ।

यसैगरी दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।

सार्वजनिक यातायातमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दशैँमा घर फर्कन लागेका यात्रुले दुःख पाएका हुन् । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता धेरै यात्रुले चाडपर्वमा धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको गुनासो आममानिसले गर्ने गरेका छन् । यस वर्ष बाढीले रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लामा सडक एवं पुल संरचनाले गर्दा पनि समस्या भएको छ । तीमध्ये धेरै स्थानमा वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ ।

Previous Post

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

Next Post

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

metakhabar

metakhabar

सम्बन्धित खबर

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
आवाज

मनसुनजन्य विपद्बाट बेनीमा करोडौँको क्षति

१ कार्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

१ कार्तिक २०८३,
Load More
Next Post
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In