• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दसैँ बजार : वारि सुनसान, पारि भीडभाड

by
२१ अशोज २०८१,
0
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज (पर्सा)।नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दसैँको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेकोे हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।

सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने बताउँछन् ।

“वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छौँ, यहाँ त गाह्रोसारो परेका बेलामात्र हो किनमेल गर्ने त”, उनले भने । वीरगञ्जमा भन्दा सीमावर्ती बजार रक्सोलमा खाद्यान्न र लत्ताकपडालगायत सामान सस्तो मूल्यमा पाइने भएकाले पनि यहाँको बजारमा खासै चहलपहल देखिन्न ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा रक्सोलको सीमावर्ती बजारमा नै भीडभाड हुने बताउँछन् । “यहाँका अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडालगायत सामान खरिद गर्न रक्सोल जाने गर्छन्”, उनले भने, “वीरगञ्जमा भन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि रक्सोल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसानजस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको छ ।”

केन्द्रीय सदस्य गुप्ता सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक मात्रामा कर लगाउँदा पनि अवैध ढङ्गले चोरी, तस्करी गरेर सामान भित्रिने प्रवृत्ति बढेको बताउँछन् । “खुला सीमाको कारणले एकातर्फ क्यारिङ गरेर भन्सार छली गरेर सामान भित्र्याउने प्रवृत्ति पनि रोकिएको छैन । अर्कातर्फ सीमावर्ती बजारबाट सर्वसाधारणले दैनिक उपभोग्य सामान पनि खरिद गर्दै आइरहेका छन्”, उनले भने, “सरकारले भन्सार महसुलदर सीमावर्ती बजारभन्दा १०–१५ प्रतिशतमात्र फरक गराउने हो भने अवैध रूपमा भित्रिने वस्तु तथा सामानको आयात रोक्न सकिन्थ्यो ।”

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामानबाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गरे । “पहिलाभन्दा अहिले धेरै सुधार भइसकेको छ”, उनले भने, “पछिल्लो डेढ महिना क्यारिङबाट सामान ओसारपसार गर्नेमा कमी आएको छ ।”

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ । असोजभरिमा १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा असोज १५ गतेसम्मको अवधिमा भने छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई असोजका लागि मात्र चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । तर असोजका १५ दिनका अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दसैँमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व सङ्कलन उत्साहजनक रहेको बताए ।

Previous Post

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

Next Post

खुर्कोटमा बेलिब्रिज जडान शुरू, एक सातामै तयार हुने

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
खुर्कोटमा बेलिब्रिज जडान शुरू, एक सातामै तयार हुने

खुर्कोटमा बेलिब्रिज जडान शुरू, एक सातामै तयार हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In