• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

    महालक्ष्मीको १६ दिने व्रत समापन

    महालक्ष्मीको १६ दिने व्रत समापन

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

    भारतमाथि ब्राजिलको सहज जित

    भारतमाथि ब्राजिलको सहज जित

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

metakhabar by metakhabar
१ भदौ २०८३,
0
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ। धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ ।

क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालयको सहयोगमा रु तीन करोड ५० लाखको लागतमा ७० जना विद्यार्थी बस्न मिल्ने पुरुष छात्रावास निर्माण भइरहेको छ । भवनको तेस्रो तलाको ढलान भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।

क्याम्पसले बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा विस्तार गरेको हो । बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीले क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् ।

क्याम्पस प्रमुख सिलवालका अनुसार तीन वर्षअघि रु तीन करोडको लागतमा निर्माण गरिएको छात्रा छात्रावासमा हाल ४२ विद्यार्थीले सुविधा लिइरहेका छन् । नयाँ पुरुष छात्रावास निर्माण सम्पन्न भएपछि थप ७० विद्यार्थीलाई आवासीय सुविधा दिन सकिनेछ ।

उहाँले भन्नुभयो, “कोठा भाडामा लिएर अध्ययन गर्न नसक्ने दुर्गम क्षेत्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार त्यसका लागि विद्यार्थी छनोट गरी निःशुल्क आवासीय सुविधा दिने व्यवस्था छ ।”

क्याम्पसले छात्रावासमा बस्ने विद्यार्थीबाट सरसफाइ शुल्क मात्र लिँदै आएको छ । छात्रावासको सुविधा नहुँदा केही विद्यार्थी अध्ययनका लागि पोखरा तथा काठमाडौँ जाने गरेका थिए । छात्रावासको सुविधासँगै दुर्गम तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बन्ने छात्रावास संयोजक हिरालाल रेग्मीले बताए ।

धवलागिरि बहुमुखी क्याम्पसमा हाल करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । विगतका वर्षको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गए पनि क्याम्पसले बिबीए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ ।

क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

Previous Post

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

Next Post

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
समाचार

गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

१८ अशोज २०८३,
महालक्ष्मीको १६ दिने व्रत समापन
समाचार

महालक्ष्मीको १६ दिने व्रत समापन

१८ अशोज २०८३,
पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

१८ अशोज २०८३,
भारतमाथि ब्राजिलको सहज जित
खेलमैदान

भारतमाथि ब्राजिलको सहज जित

१८ अशोज २०८३,
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था
समाचार

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

१८ अशोज २०८३,
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त
फिचर-ब्यानर

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

१८ अशोज २०८३,
Load More
Next Post
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In