• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनास्लु आरोहणमा धेरैको आकर्षण

by
१७ अशोज २०८१,
0
मनास्लु आरोहणमा धेरैको आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा आरोहीको आकर्षण बढेको छ । विश्वको आठौं अग्लो र नेपालको सातौं मनास्लु आरोहणका लागि विगत वर्षझैं मनास्लु आरोहणमा यस वर्षको शरद ऋतु (अटम सिजन) को हिमाल आरोहणमा पनि आरोहीको आकर्षण देखिएको हो ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो सिजनमा मनास्लु आरोहणका लागि २८ आरोही समूहका तीन सय आठ जनाले अनुमति लिएकामा अधिकांशले आरोहण गरेका छन् । यसमा ८२ महिला र दुई सय २६ पुरुष छन् । ‘मनास्लु आरोहणमा आरोहीको आकर्षण देखिएको छ’, उनले भने, ‘मनास्लु आरोहण करिब सकिन लागेको छ, अनुमति लिएका अधिकांशले सफल आरोहण गरेका छन्, अब एक–दुई दिनमा मनास्लु आरोहण सकिन्छ ।’

दुई साताअघि यहाँ आरोहण सुरु भएको थियो । विभागका अनुसार अघिल्लो वर्षको यही सिजनको मनास्लु आरोहणमा २६ आरोही समूहका तीन सय एक जनाले आरोहण अनुमति लिएका थिए । हाल अमादब्लम र हिम्लुङको आरोहण पनि चलिरहेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाले मुलुकमा बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका घटनाका बाबजुद पर्वतारोहण उत्साहजनक रहेको विभागले उल्लेख गरेको छ । पर्वतारोहणमा त्यति धेरै क्षति नपुगे पनि पदयात्रामा भने केही समस्या भएको विभागले जनाएको छ ।

यस सिजनमा मनास्लुसहित ३४ हिमाल तथा ‘पिक’ आरोहणका लागि ६१ आरोही समूहका एक सय १३ महिला र तीन सय ७९ पुरुष गरी पाँच सय १० आरोहीले अनुमति लिएका विभागको पर्वतारोहण शाखाले जनाएको छ । विभिन्न हिमाल आरोहणका लागि नेपालसहित ५८ देशका आरोहीले अनुमति लिएका छन् । यो सिजनमा हिमाल आरोहणबापत चार करोड ९७ लाख ३३ हजार ५८ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । अमादब्लम आरोहणका लागि दुई आरोही समूहका १८, धवलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् ।

शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइमा पर्छ । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको तथ्याङ्क छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङफुर्वा शेर्पाले आफ्नो कम्पनीबाट ८० भन्दा धेरै आरोही मनास्लु आरोहणमा गएको जानकारी दिए । अब करिब १० प्रतिशत मात्र आरोहीले मनास्लु आरोहण गर्न बाँकी रहेको उनले बताए ।

लामो आरोहण इतिहास रहेको गोरखामा अवस्थित मनास्लु हिमालको २०७३ सालमा ६० वर्षे हीरक महोत्सव मनाइएको थियो । यस हिमाललाई कुताङ र हृदयको हिमाल पनि भन्ने गरिन्छ । मानसिरी पर्वतशृङ्खलामा रहेको यो संसारको आठौँ अग्लो हिमाल हो । विसं २०७७ असोज २९ गते बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको २१ जनाको टोली मनास्लु आरोहण गरेपछि विश्वभर यस हिमालको चर्चा भएको थियो । उक्त आरोहणले नेपालको पर्वतारोहणलाई विश्वबजारमा थप प्रवर्द्धन गर्न सघाउ पुगेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

Previous Post

पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

Next Post

गृह मन्त्रालयद्धारा देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार,घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु

सम्बन्धित खबर

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
समाचार

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

३१ बैशाख २०८३,
मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण
फिचर-ब्यानर

मनास्लु हिमाल आरोहणको ७० वर्ष : तीन हजार ६४३ जनाद्वारा आरोहण

३१ बैशाख २०८३,
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फिचर-ब्यानर

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

३१ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

३१ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

३१ बैशाख २०८३,
Load More
Next Post
‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

गृह मन्त्रालयद्धारा देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार,घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In