• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

by
८ अशोज २०८१,
0
चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुगेका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गरेका छन् ।

प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो ।

चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन ।

पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् । प्रमुख रेग्मीले भने, “पहिला बाँझो रहने पाखो बारीमा अहिले सिँचाइको व्यवस्था भएसँगै धानका बाला झुलेका छन्, लोपोन्मुख चेपाङ बस्तीमा यस्तो देख्दा आनन्दको अनुभव हुन्छ ।”

कालिका नगरपालिका–९, १० र ११ मा चेपाङ समुदायको उल्लेख्य बस्ती छ । ती बस्तीमा यदाकदा धान देखिए पनि धेरै बारी बाँझो हुन्थे । पछिल्ला दिनमा पानीको व्यवस्था गरी ती बारीमा धान बाली लगाउन थालेपछि स्थानीय जनताको जीवनस्तर सुधार भएको पाइन्छ ।

कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा गाउँमा खेती किसानीमा ध्यान दिने बढेको बताउँछन् । नगरपालिकाले विभिन्न किसिमका तालिमसँगै बीउ, मल, सिँचाइलगायतका शीर्षकमा सहयोग गर्ने गरेको छ । बाली संरक्षणका कार्यक्रम अघि बढेको छ । उनले भने, “पहिला धान नलगाएका ठाउँमा पनि धान रोप्न थालिएको छ ।”

पहिलेको भन्दा खेतीपाती लाउने चेपाङ दाजभाइ–दिदीबहिनीको सङ्ख्या बढेको वडाध्यक्ष प्रजा बताउँछन् । यद्यपि बाढीले बर्सेनि माटो तथा जमिन बगाउने समस्या देखिएको उनी बताउँछन्। नगरपालिकाले अनुदानमा उन्नत बोकासँगै बाख्रा वितरण गर्ने गरेको छ । मौरीका घार वितरण गरेर आत्मनिर्भर बनाउन लागिएको उनी बताउँछन् ।

उनले भने, “चेपाङ समुदायले अर्काको लिने होइन, दिने हो, उनीहरूलाई नै सहभागी गराइदिन सक्ने हैसियत बनाउन आवश्यक कार्यक्रम सञ्चालन गरेका छौँ ।” तीनवटा वडामा यकिन तथ्याङ्क नभए पनि १५ हजार हाराहारीमा चेपाङ जातिका मानिस रहेको उनको भनाइ छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम पौडेल बागमती प्रदेशले चेपाङ समुदायको उथानका लागि ‘चिउरी–चमेरो संरक्षण’ कार्यक्रम सञ्चालन गरेको बताउँछन् । नगरपालिकाले छ सय बिरुवा चिउरी र रातो फूलसहित चमेरो रमाउने ‘बोटल ब्रस’ जातका एक सय बिरुवा वितरण गरेको छ ।

यसैगरी, चिउरीलगायत बिरुवाको नर्सरी, टनेल निर्माण, अदुवा, हलेदोजस्ता नगदे बालीका बीउ र बिरुवा वितरण गरेको छ । धान र मकैको बीउ वितरण गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने, रैथाने बाली संरक्षण गर्ने, पोषण र करेसाबारी निर्माणसम्बन्धी तालिम दिएको कृषि शाखा प्रमुख पौडेल बताउँछन् । स्थानीयलाई तालिम र सहयोग उपलब्ध गराएसँगै कृषि पेसातर्पm आकर्षण बढेको छ । आफूहरु जनप्रतिनिधि भएपछि चेपाङ समुदायलाई आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख रेग्मी बताउँछन् ।

नगरपालिकाले पोषणका लागि पशु–चौपाया उपलब्ध गराउँदै आएको छ । जुन ठाउँमा चेपाङ समुदायको बसोबास छ त्यही ठाउँमा उत्पादनमूलक कार्यक्रममा लाग्न सहयोग गरिएको प्रमुख रेग्मीको भनाइ छ । बाँदरको समस्या हुने भएकाले तिनीहरुले नखाने खेती प्रणालीमा जोड दिइएको छ । नगरपालिकाले बाख्रासँगै मौरीका घार वितरण गर्दै आएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

उनले थपे “अहिले चेपाङ बस्तीमा जानुभयो भने लहलह झुलेका धानबाली देख्न सक्नुहुन्छ, त्यो हामी सबैको उपलब्धि हो ।” धानखेतीका लागि बीउमा अनुदान, सुलभ मूल्यमा मलको व्यवस्थापन गरेर उत्साह थपेको उनी बताउँछन् । पहिला पहाडी क्षेत्रमा जग्गा बाँझै बस्ने गरेको पाखो जग्गा अहिले सुन्दर देखिने तरेली परेका खेतका गराका रुपमा देख्न सकिने प्रमुख रेग्मीले बताए ।

उनले भने, “लोभलाग्दा गाँजसहित धानका बालाहरु झुलिरहेका मज्जासँग देख्न सकिन्छ ।” उत्पादन बढेको छ । रेग्मी भन्छन्, “आगामी दिनमा चेपाङ समुदायलाई माग्ने होइन दिने गरी कृषि क्षेत्रमा संलग्न हुने गरी कार्यक्रम ल्याउँदैछौं ।”

Previous Post

सभापति देउवाले गरे कांग्रेसको थारू विभागमा १० जना सदस्य मनोनीत

Next Post

कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

सम्बन्धित खबर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक
फिचर-ब्यानर

जेनजी आन्दोलनपछि इन्धनको मूल्य पुनरावलोकन, सवारी चालकको मुहारमा चमक

१७ असार २०८३,
Load More
Next Post
कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

कार्यवाहक प्रधानमन्त्री र सचिव गेलालबीच कार्य सम्पादन सम्झौता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In