• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

metakhabar by metakhabar
१४ अशोज २०८३,
0
मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ, १५ असोजः केही वर्षअघिसम्म गाउँ घुम्न जाने पर्यटकले गन्तव्यबारे आफन्त, साथीभाइ वा चिनजानका मानिसबाट सुन्थे । कुन ठाउँ जाने, कसरी पुग्ने र कहाँ बस्ने भन्ने जानकारी लिन मानिससँगै सोधपुछ गर्नुपथ्र्यो । कुनै गाउँको पर्यटनबारे अर्को गाउँ वा सहरमा जानकारी पुग्नु नै त्यस ठाउँका लागि ठूलो प्रचार मानिन्थ्यो । अहिले समय फेरिएको छ । मोबाइलको स्क्रिनमा देखिने तस्बिर, भिडियो र सामाजिक सञ्जालका सामग्रीले पर्यटकलाई नयाँ गन्तव्य चिनाउन थालेका छन् ।

इन्टरनेटमा उपलब्ध सूचनासँगै कृत्रिम बौद्धिकता (एआई)को प्रयोगले समेत गन्तव्य छनोट गर्न, त्यहाँ पुग्ने बाटो बुझ्न, बसाइका विकल्प खोज्न र भ्रमणको योजना बनाउन सहज बनाएको छ तर लमजुङको ग्रामीण पर्यटन मोबाइलबाट सुरु भएको होइन । गाउँको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य, स्थानीय खानपान, परम्परा र मानिसको आतिथ्यलाई पर्यटनसँग जोड्ने स्थानीय प्रयासबाट यसको आधार तयार भएको हो । प्रविधिले अहिले ती गाउँलाई पर्यटकसम्म पु¥याउने माध्यम भने बदलिदिएको छ ।

लमजुङको ग्रामीण पर्यटनको चर्चा गर्दा क्होलासोथार गाउँपालिका–३ घलेगाउँको नाम अगाडि आउँछ । गाउँमा पर्यटनको सम्भावना खोज्दै स्थानीयस्तरबाट सुरु भएको अभियानले पछि घरबासलाई आम्दानीको माध्यम बनायो । विसं २०५७ देखि १२ घरबाट घरबास सुरु भएको घलेगाउँको पर्यटन यात्रा अहिले धेरै घर र हजारौँ पर्यटकसम्म पुगेको छ । यस अभियानका अगुवा हुनुहुन्छ– प्रेमबहादुर घले । गाउँमा रोजगारी र आम्दानीका अवसर सीमित हुनु तथा मानिस बाहिरिने क्रम बढ्दै गएको देखेपछि उहाँले गाउँमै सम्भावना खोज्न थाल्नुभयो ।

स्याङ्जाको सिरुबारीमा घरबास सञ्चालनबाट स्थानीयले आम्दानी गरिरहेको जानकारी पाएपछि उहाँ त्यहाँ पुगेर अनुभव लिएर घलेगाउँमा पनि त्यस्तै अभ्यास सुरु गर्ने योजना बनाउनुभयो । त्यतिबेला साविक उत्तरकन्या गाविसका अध्यक्ष उहाँले स्थानीयलाई सङ्गठित गर्दै घरबासको अवधारणा अघि बढाउनुभयो । स्थानीय स्रोत, सामूहिक सहभागिता र नेतृत्वको पहलमा ती घरमा आवश्यक सुधार गर्दै पाहुना राख्ने वातावरण तयार पारियो । “त्यतिबेला गाउँलेलाई आफ्नो संस्कृति र मौलिकता पनि आम्दानीको आधार बन्नसक्छ भन्ने थाहा थिएन”, प्रेमबहादुर घलेले भन्नुभयो, “पाहुना आएपछि राम्रोसँग राख्ने र खुवाउनेबाट सुरु भएको घरबास विस्तारै व्यवस्थित हुँदै गयो ।”

सुरुआती दिनमा गाउँमा आउने पाहुनालाई ‘प्रेम घलेको पाहुना’ भन्ने गरिन्थ्यो । विस्तारै गाउँलेले पाहुनाको स्वागत, सत्कार, स्थानीय संस्कृति प्रस्तुत गर्ने र घरबास सञ्चालन गर्ने तौरतरिका सिक्दै गए । घरबाससँगै गाउँको सरसफाइ, बाटोघाटो, खानेपानी, विद्युत्, सञ्चार र अन्य आधारभूत सुविधा सुधार हुँदै गए । घलेगाउँले क्रमशः आफ्नो पहिचान विस्तार गर्यो । गाउँमा गुरुङ संस्कृति, परम्परागत जीवनशैली, स्थानीय खानपान, प्राकृतिक सौन्दर्य तथा हिमाली दृश्य पर्यटकका आकर्षण बने । पर्यटन बढेसँगै स्थानीय उत्पादनको प्रयोग, सांस्कृतिक कार्यक्रम र गाउँको सरसफाइमा समेत चासो बढ्दै गयो । अहिले घलेगाउँमा ४२ घरमा घरबास सञ्चालनमा रहेको र गत वर्ष करिब २५ हजार पर्यटक पुगेको घले बताउनुहुन्छ । एकैपटक धेरै पाहुना आउँदा एउटै घरको क्षमताले धान्न कठिन हुने अवस्था पनि छ । सडक पहुँचमा सुधार भइरहेको छ भने घरबासका संरचना, शय्या, कम्बल, गद्दालगायत सामग्रीलाई थप व्यवस्थित गर्ने प्रयास भइरहेको छ ।

घलेगाउँबाट फैलिएको घरबासको अभ्यास अहिले लमजुङका विभिन्न गाउँमा पुगेको छ । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ पनि त्यसैको अर्को उदाहरण हो । सुरुका दिनमा आफन्त तथा साथीभाइबाट जानकारी पाएर पर्यटक आउने गरेकामा अहिले सामाजिक सञ्जालमार्फत गन्तव्यबारे जानकारी लिएर आफैँ सम्पर्क गर्ने पर्यटक बढेका छन् । सिउरुङका पर्यटनकर्मीहरू युट्युब, फेसबुक, टिकटकजस्ता माध्यमबाट गाउँको संस्कृति, वातावरण, घरबास र पर्यटकीय गतिविधिबारे जानकारी दिन थालेका छन् । अहिले त्यहाँ १८ घरमा घरबास सञ्चालनमा छन् । पदमार्ग, पर्यटन पूर्वाधार तथा स्थानीय संस्कृति र परम्पराको संरक्षणलाई सँगसँगै अघि बढाउने प्रयास भइरहेको होमस्टे सञ्चालक परकाशी गुरुङले भन्नुभयो ।

क्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार पर्यटनबाट स्थानीयस्तरमा आम्दानीका अवसर बढेका छन् र ग्रामीण महिलाको सहभागिता पनि बढिरहेको छ । “पर्यटनबाट स्थानीयस्तरमा आम्दानीका अवसर बढेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी ग्रामीण महिलाको पर्यटन गतिविधिमा सहभागिता बढेको छ ।” घलेगाउँ र भुजुङ आउने धेरै पर्यटक एक रात बसेर फर्कने गरेको उहाँ बताउनुहुन्छ ।

पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग विकास, गुरुङ सांस्कृतिक पदमार्गको प्रवर्द्धन तथा नयाँ पर्यटकीयस्थलमा लगानी आवश्यक रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जाल र श्रव्यदृश्य सामग्रीमार्फत प्रचारप्रसार, मेला, महोत्सव तथा मौसमी कार्यक्रमले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँ बताउनुहुन्छ । पर्यटनलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रयास पनि भइरहेको छ । कोदो, गुन्द्रुक, स्थानीय तरकारी तथा अन्य उत्पादन घरबासमा प्रयोग हुँदा किसानले बजार पाउने र पर्यटकले स्थानीय स्वाद लिन पाउने अवस्था बनेसँगै पर्यटन र कृषिबीचको सम्बन्ध बलियो भएको छ ।

क्होलासोथार–३ घालेगाउँका घरबास सञ्चालक दीर्घराज घलेका अनुसार पर्यटकले गन्तव्य खोज्ने र छनोट गर्ने तरिका निकै बदलिएको छ । “अहिले टिकटक, फेसबुक, युट्युब र एआईबाट जानकारी लिएर पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “तर मोबाइलमा देखेको गाउँ प्रत्यक्ष आएर संस्कृति, परम्परा, जीवनशैली र वातावरण अनुभव गर्ने चाहना भने उस्तै छ ।”

उहाँका अनुसार पर्यटकीय मौसममा एकैपटक चारदेखि पाँच सयसम्म पर्यटक आउने अवस्था हुँदा कतिपय घरबासको क्षमताले धान्न कठिन हुन्छ । घरबास तथा पर्यटनबाट मासिक रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । पर्यटकबाट प्राप्त आम्दानी सबै घरमा समान रूपमा पुगोस् भनेर घरबास सञ्चालकले पालैपालो पाहुना बाँड्ने व्यवस्था मिलाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका कार्यसमिति सदस्य रामकुमार श्रेष्ठका अनुसार लमजुङमा पदमार्ग र घरबास पर्यटनको सम्भावना राम्रो भए पनि पर्यटकलाई लामो समय रोक्ने पर्याप्त पर्यटन उत्पादन र गन्तव्यको विविधता विकास हुनसकेको छैन । ग्रामीण घरबासतर्फ विदेशीभन्दा आन्तरिक पर्यटकको आकर्षण बढिरहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार लमजुङ हुँदै मनाङतर्फ जाने पदयात्री तथा हिमालचुली क्षेत्रतर्फ जाने पर्यटकलाई जिल्लामै केही दिन रोक्न सकिने सम्भावना छ । त्यसका लागि पदमार्ग, सडक, आवास तथा अन्य पर्यटन सेवा सुविधालाई व्यवस्थित गर्नुका साथै नयाँ पर्यटन उत्पादन विकास गर्न आवश्यक छ ।

डिजिटल युगमा पर्यटकले सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गन्तव्यबारे जानकारी लिएर यात्रा तय गर्ने भएकाले लमजुङले पनि सोहीअनुसार पर्यटन प्रवर्द्धन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । व्यवस्थित प्रचारप्रसार र पर्यटन व्यवस्थापन गर्नसके अहिले कम चर्चामा रहेका स्थानमा समेत पर्यटक पुर्याउन सकिने उहाँ बताउनुहुन्छ । पर्यटकको सङ्ख्या बढाउनेसँगै गुणस्तरीय सेवा र बढी खर्च गर्ने पर्यटक आकर्षित गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

होमस्टे सञ्चालकहरूका अनुसार लमजुङमा भुजुङ, राइनासकोट, पसगाउँ, नरुवाल, भुस्मेगाउँ, सीङ्दी गाउँ, तुर्लुङकोट, घेर्मुलगायत हाल करिब दुई दर्जन होमस्टे सञ्चालनमा छन् । जिल्लामा गुरुङ, नेवार, तामाङ, मगर, दुरा जातिको घरबास सञ्चालनमा रहेका छन् । जिल्लाका विभिन्न ग्रामीण बस्तीमा घरबाससँगै स्थानीय संस्कृति, पदमार्ग, कृषि उत्पादन र प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने प्रयास भइरहेका छन् । पर्यटकको अनुभवले पनि पर्यटनमा आएको परिवर्तनलाई नजिकबाट देखाउँछ ।

दोर्दी गाउँपालिका–४ नौथरसेराका लक्ष्मण गुरुङका अनुसार साथीभाइ तथा आफन्तबाट लमजुङका पर्यटकीय गाउँ र घरबासबारे जानकारी पाएपछि उहाँ पहिलोपटक घुम्न आउनुभएको हो । यहाँ आएपछि स्थानीयको स्वागत, सत्कार, बिदाइमा गाइने गीत, संस्कृति तथा स्थानीय परिकारले आफूलाई प्रभावित बनाएको उहाँ बताउनुहुन्छ । कोदोको रोटी, गुन्द्रुक, स्थानीय कुखुरालगायत परिकार र स्थानीय उत्पादनको स्वाद लिन पाएको उहाँको भनाइ छ । गाउँसम्म पुग्ने सडकमा सुधार भइरहेको र यातायात सहज हुँदै गएकाले आगामी दिनमा पर्यटकको आगमन अझ बढ्न सक्ने उहाँ बताउनुहुन्छ । “यहाँको संस्कृति, वातावरण, हिमालको दृश्य र स्थानीय खानपान निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “साथीभाइलाई पनि यहाँ घुम्न आउन सुझाउनेछु ।”

काठमाडौंँबाट घलेगाउँ आउनुभएका अर्का पर्यटक एरिना महर्जनका लागि भने सामाजिक सञ्जाल नै गन्तव्यसम्म पुग्ने पहिलो माध्यम बन्यो । सामाजिक सञ्जालमा घलेगाउँका तस्बिर तथा भिडियो देखेपछि उहाँले त्यहाँको घरबास, पुग्ने बाटो, बसाइ, स्थानीय संस्कृति र खानपानबारे थप जानकारी लिनुभयो र भ्रमणको योजना बनाउनुभयो । “सामाजिक सञ्जालमा देखेको गाउँ प्रत्यक्ष हेर्ने इच्छा भयो”, उहाँले भन्नुभयो । यहाँ आएपछि हिमाल, गुराँस, गुरुङ संस्कृति, परम्परागत घर तथा स्थानीय परिकारले आफूलाई आकर्षित गरेको उहाँ बताउनुहुन्छ । गाउँसम्म पुग्ने सडक केही असहज रहेकाले त्यसमा थप सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

डिजिटल प्रविधि र सामाजिक सञ्जालको पहुँच बढ्दै गएकाले यस्ता ग्रामीण गन्तव्यबारे युवापुस्ता तथा नयाँ पर्यटकले जानकारी पाउने सम्भावना पनि बढेको उहाँ बताउनुहुन्छ । लमजुङको पर्यटन यात्रा हेर्दा सूचना पाउने माध्यम परिवर्तन भएको देखिन्छ । पहिले आफन्त र साथीभाइले गाउँको परिचय गराउँथे । अहिले मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट र एआईले त्यही काम गरिरहेका छन् तर माध्यम बदलिए पनि पर्यटकले खोज्ने अनुभव भने उस्तै छ– स्थानीय मानिसको आत्मीयता, मौलिक संस्कृति, स्थानीय खाना, प्रकृति र गाउँको जीवनशैली । यही कारण अबको पर्यटन प्रवर्द्धन केवल गन्तव्यको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पुर्याउने विषयमा सीमित हुन सक्दैन ।

पर्यटकलाई गाउँसम्म पुर्याएपछि केही दिन बढी बस्ने वातावरण बनाउनु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु, पदमार्ग र पूर्वाधार सुधार गर्नु तथा पर्यटनबाट प्राप्त आम्दानी गाउँकै उत्पादन र जीवनसँग जोड्नु पनि उत्तिकै आवश्यक छ । गाउँको आँगनमा सुरु भएको पर्यटन अहिले मोबाइलको स्क्रिन हुँदै पर्यटकको प्रत्यक्ष अनुभवसम्म पुगेको छ । प्रविधिले पर्यटकलाई गाउँ चिनाउने माध्यम बदलिदिए पनि गाउँको मौलिकता, स्थानीय संस्कृति, खानपान, प्रकृति र मानिसको आतिथ्य नै ग्रामीण पर्यटनको मूल आधारका रूपमा कायम छन् । अबको चुनौती यही मौलिकतालाई जोगाउँदै प्रविधिबाट सिर्जित पहुँचलाई स्थानीय अवसर र आम्दानीमा रूपान्तरण गर्नु हो ।

Previous Post

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

metakhabar

metakhabar

सम्बन्धित खबर

आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
आर्थिक

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता

१४ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In