• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आरन पेसाले घर व्यवहार धान्न मुश्किल

by
२२ भदौ २०८१,
0
आरन पेसाले घर व्यवहार धान्न मुश्किल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला। पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ ।

शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउछन् । “यसबाट आय आर्जन खासै छैन”, उनले भने, “यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन ।”

दिनरात काम गरे पनि आरन पेसा गर्नेले उचित पारिश्रमिक पाउँदैनन । उनीहरुलाई स्थानीय सरकारको पनि कुनै सहयोग छैन । “सरकारले आधुनिक आरन उपलब्ध गराएको भए सहज हुने थियो”, लुहार भन्छन् । नयाँ पुस्ताले चासो नदिँदा आरन पेसा हराउँदै गएको स्थनीय तेजुवा लुहारले भने । राज्यले अन्य पेसा व्यवसायीलाई जस्तै आरन पेसा गर्नेलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाइदिए यस पेसामा अडिरहन सहयोग पुग्ने उनको भनाइ छ ।

पर्याप्त आम्दानी नहुने र झन्झटिलो हुने हुँदा युवाले आरन पेसा छाड्दै गएको मालिकार्जुन गाउँपालिका–३ का फगिर टमाटा बताउँछन् । पछिल्लो समय युवाहरू पम्परागत पेसाभन्दा पनि वैदेशिक रोजगारका लागि बढी आकर्षित बन्न थालेको उनको भनाइ छ । दिनभर फलाम पिटेर सामग्री निर्माण गरेअनुसारको ज्याला नपाउने हुँदा आरन पेसा लोप हुन थालेको टमाटा बताउछन् । औजार बनाएबापत थोरै अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उनको भनाइ छ ।

आरन पेसा व्यावसायिक बन्न नसक्नु, पेसालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नु जस्ता कारणले यो पेसा ओझेलमा परेको हो । विभिन्न किसिमका औजार उत्पादन गरे पनि बजारको समस्या भएको स्थानीय गोकर्ण लोहारको भनाइ छ । गाउँगाउँ पुगेर बिक्री गरे पनि परिश्रम गरे अनुसारको पैसा नउठ्ने उनी बताउछन्।

सोह्र वर्षको उमेरदेखि आरन पेसा सम्हाल्दै आएका लोहार ७५ वर्ष हुँदासम्म यही पेसामा सक्रिय छन् । परम्परागत रुपमा गर्दै आएको आरन पेसाबाट परिवारको खर्च धान्न समस्या भएको उनको भनाइ छ । यो पेसामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक मेसिन र बजारीकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने लोहारको माग छ ।

समाजले हेर्न दृष्टिकोण र पेसाको सम्मान नहुँदा युवामा परम्परागत पेसाप्रति आकर्षण घट्न थालेको छ । युवाहरु पुरानो पेसाभन्दा अरू नै व्यवसाय गर्न र विदेश जान मन पराउन थालेपछि परम्परागत आरन पेसा लोप हुने अवस्थामा पुगेको छ ।

Previous Post

डिडिसीलाई एक अर्ब २५ करोड ऋणको भार

Next Post

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमणमा पर्दा माछापालनमा समस्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In