• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

    रुसले बनायो नयाँ इबोला खोप

    रुसले बनायो नयाँ इबोला खोप

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    ‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कृषिकर्मबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका प्यूठानका सन्तोष

by
२९ साउन २०८१,
0
कृषिकर्मबाट स्वदेशमै मनग्य आम्दानी गरिरहेका प्यूठानका सन्तोष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान । जिल्लामा अधिकांश किसान व्यावसायिक कृषिकर्ममा टिकेको पाइँदैन। केही त सरकारसँग अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिने गरेका छन्।

तर पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका- ८ तल्लो गेजवाङका सन्तोष जिसी गाउँमै कृषिकर्म गरेर मनग्य आम्दानी लिइरहेका छन्। ‘मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ’, उनी भन्छन्, ‘यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ।’

जिसी आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती गर्छन्। यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएको छ। टमाटरबाट एक याममा तीन लाख रुपैयाँ आम्दानी भएको उनले सुनाए। श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत विद्यालयमा शिक्षण गर्छिन्। बिहान बेलुका श्रीमानलाई सघाउँछिन्। जिसीको फार्ममा स्थानीय चार महिलाले रोजगारी पनि पाएका छन्।

जिसीले ५० हजार रुपैयाँबाट तरकारीखेती शुरु गरेका थिए। तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछन्।

जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ। ‘गत वर्ष सबै खर्च कटाएर वार्षिक ६ लाख रुपैयाँ नाफा भएको छ’, जिसीले भने, ‘काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्छ।’

विदेशमा जति कमाइ भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए। उनी संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किएका हुन्। हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुनेका थिए।

२०७९ सालमा साढे चार लाख रुपैयाँ नाफा भएकामा यो वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ। जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडे खुसार्नी लगाउन ब्याड तयार गरेका छन्।

जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ। गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यो वर्ष टनेलका लागि दुई लाख ७० हजार अनुदान पाएका थिए।

जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन। प्यूठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ। तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ।

स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहन गरी स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उनको भनाइ छ।

Previous Post

आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

Next Post

बंगलादेशी चलचित्र अश्लीलता र नक्कलले भरिपूर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

सम्बन्धित खबर

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
मनोरञ्जन

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

१३ जेष्ठ २०८३,
तनहुँमा धानबालीमा मरुवा रोगको समस्या
आर्थिक

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

१३ जेष्ठ २०८३,
रुसले बनायो नयाँ इबोला खोप
फिचर-ब्यानर

रुसले बनायो नयाँ इबोला खोप

१३ जेष्ठ २०८३,
इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम
फिचर-ब्यानर

इजरायलमा अमेरिकी सैन्य विमान तैनाथ, इरानसँग तनाव कायम

१३ जेष्ठ २०८३,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

१३ जेष्ठ २०८३,
दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’
फिचर-ब्यानर

दुर्लभ प्याराकिटका ‘सुपर अभिभावक’

१३ जेष्ठ २०८३,
Load More
Next Post
बंगलादेशी चलचित्र अश्लीलता र नक्कलले भरिपूर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

बंगलादेशी चलचित्र अश्लीलता र नक्कलले भरिपूर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In