• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिमलताल घटना : राहतका लागि आवश्यक कागजात पेस गर्न प्रशासनको अनुरोध

by
२९ साउन २०८१,
0
सिमलताल दुर्घटना अध्ययन कार्यदलको समय ७ दिन थपियो

चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दूइृ वटा बस खोजीगर्दा आज भेटिएका कपडा र फर्किदै गरेका सुरक्षाकर्मी । साँझसम्म बस नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको छ । तस्बिर :कृष्ण आचार्य / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको छ ।

गत असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्बाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेअनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ ।

एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना परेका थिए । जसमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका रहेका छन् ।

एञ्जल बसमा पर्सा जिल्लाबाट सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, सैनफ खातुनसहित १० जना रहेका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम लिन चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरिएको जानकारी दिए ।

कार्यालयले राहतका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारका तर्फबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ । यस्तैगरी मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाणपत्रको छायाँप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकामा सो को किटानी वडा सिफारिसको कागजात आवश्यक पर्नेछ ।

यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने छ । नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बसमा चालकसहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । सो बस गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ । हराइरहेका केही व्यक्तिको शव भेटिए पनि अधिकांशको अझै बेपत्ता छन् ।

Previous Post

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

Next Post

ग्रिसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
ग्रिसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

ग्रिसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In