• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

    प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याद सकियो, पूरा भएन अस्पताल भवन

by
१९ साउन २०८१,
0
म्याद सकियो, पूरा भएन अस्पताल भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट (बागलुङ)। निर्माण व्यवसायीले समयमै काम गरेका भए बागलुङ नगर अस्पताल भवन निर्माण भइसकेर सेवा दिन थाल्थ्यो । पन्ध्र शय्याको बागलुङ नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा निर्माणाधीन छ । २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्ने गरी अस्पताल भवनको जिम्मा पाएको निर्माण व्यवसायीले दुई पटक म्याद थप्दा समेत ५० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिकाको १५ शय्याको अस्पतालको दोस्रो ढलान मात्रै सम्पन्न भएको छ । दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको अस्पतालको तीन वर्ष बित्दासमेत जम्मा ५० प्रतिशत काम सकिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

निर्माण व्यवसायीले भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको जनाउँदै आए पनि दुई पटक मिति थप्दासमेत भवन निर्माण आधा मात्रै सकिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले बताए । ‘१५ शय्याको नगर अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ, २०८० असारमा म्याद सकिएको थियो, एक वर्षलाई थपेको म्याद सकियो, पुनः एक वर्षलाई दोस्रोपटक म्याद थपिएको छ, काम बल्ल ५० प्रतिशत भएको छ, एकतला अझै ढलान गर्न बाँकी छ,’ घर्तीले भने, ‘सार्वजनिक खरिद नियमावली २०६४ को १२औँ र १३औँ संशोधनअन्तर्गत दोस्रो पटक म्याद थपिएको छ, एक वर्षमा काम गरे अस्पताल भवन निर्माण गरेर हस्तान्तरण गर्न सकिन्छ, निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा दुई पटक म्याद थपिएको छ ।’

नगर अस्पताल पुरानो स्वास्थ्य चौकीको भवनबाट सेवा दिन सुरु गरेकै तीन वर्ष बितिसक्दा अस्पताल भवन निर्माण हुन नसकेको हो ।

स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको स्थानीय बालकृष्ण शर्माले बताए । लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैँयुपाटामा १५ शय्याको नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको चरम लापरबाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

निर्माण व्यवसायीलाई ताकेता गरिरहेको बताउँदै वडा नं १३ का वडाध्यक्ष नारायण पौडेलले असारभित्रै अन्तिम तला ढलानको तयारी गरे पनि सडक मार्ग अवरुद्ध भएपछि कामदारले अस्पताल निर्माणको काम छाडेर घर गएको बताए । अस्पतालबाट अहिले मेडिकल अधिकृतसहितको सेवा प्रदान भइरहेको उनले बताए ।

बागलुङ–१३ पैँयुपाटा स्वास्थ्य चौकीलाई नै नगर अस्पतालका रुपमा नामकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको वडाध्यक्ष पौडेलले बताए ।

‘बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सदरमुकामको पहुँचबाट टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी काम थालेको थियो, तीन वर्षमा आधा काम हुँदा अझै कति वर्ष लाग्छ भन्ने जनतालाई आशङ्का छ,’ वडाध्यक्ष पौडेलले भने, ‘सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भए पनि अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा दिँदा समस्या भएको छ ।

पन्ध्र शय्याको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते रु १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भर्याङसहितको अस्पताल निर्माण हुने भए पनि समयमै भुक्तानी नहुँदा र सडक बन्द हुँदा निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि नरेश ओझाले बताए । साढे दुई करोड भुक्तानी गर्न राज्यले बाँकी रहेको बताउँदै भुक्तानी पाउनासाथ काम गरेर सक्ने ओझाको भनाइ छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैँयुपाटा, अमलाचौर र नारायणस्थानका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने गरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

Previous Post

प्राधिकरणले पटक-पटक लाइन अवरुद्ध गरेकाे भन्दै पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

Next Post

नेपाली श्रमिकलाई सचेत रहन आग्रह

सम्बन्धित खबर

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता
समाचार

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

१९ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

१९ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

१९ साउन २०८३,
प्रतिनिधिसभाको बैठक बस्दै
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

१९ साउन २०८३,
पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध
समाचार

पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न प्रहरीको अनुरोध

१९ साउन २०८३,
भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित
समाचार

भाजपाको गढमा जन सुराजका संस्थापक प्रशान्त किशोर विजयी, मध्य प्रदेशमा कांग्रेसको जित

१९ साउन २०८३,
Load More
Next Post
नेपाली श्रमिकलाई सचेत रहन आग्रह

नेपाली श्रमिकलाई सचेत रहन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In