• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बेनीको खुला मञ्च विस्तार

by
३ असार २०८१,
0
बेनीको खुला मञ्च विस्तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको खुला मञ्च खेल मैदानलाई फराकिलो बनाउन क्षेत्रफल विस्तार गरिएको छ । खेल मैदान परिसरमा रहेको बेनी भगवती मन्दिरको पर्खाललाई स्थानान्तरण गरेर खेल मैदानको लम्बाई बढाएर मापदण्डअनुसारको बनाइएको हो ।

एघार-एघार जना फुटबल खेलाउन मिल्ने बनाउन मन्दिरको पर्खाललाई तीन मिटरपछि सारेर खैल मैदानको लम्बाइ सय मिटर बनाइएको बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए । ‘यसअघि ९७ मिटर भएको बेनी खुला मञ्चको खेल मैदानको लम्बाइ विस्तार गरेर सय मिटर बनाएका छौँ’, उनले भने, ‘३८ मिटर चौडाइ भएको खेल मैदानलाई ४५ मिटर चाक्लो बनाउन म्याग्दी नदीको किनारमा पर्खाल उठाएर प्याराफिट बनाइसकिएको छ ।’ कालीगण्डकी नदीतर्फ खेल मैदान विस्तार गर्न पिल्लर उठाइएको र प्यारापिट बनाउन प्रदेश, सङ्घीय सरकारसँग बजेट प्रस्ताव गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । खेल मैदानको क्षेत्रफल विस्तार गर्न बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको थियो ।

सो बजेटबाट खेल मैदानमुनि कालीगण्डकी र म्याग्दी नदीको दोभानमा दुई कोठे मलामी घर र मन्दिर परिसरको पर्खाल सार्ने काम अन्तिम चरणमा पुगेको वडाध्यक्ष श्रेष्ठले बताए । मलामीघरको माथिल्लो भागमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीमार्फत ११ वटा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ । ‘बेनी मिनी रङ्गशाला’ म्याग्दी जिल्लाको प्राथमिकता प्राप्त र बेनी नगरपालिकाको गौरवको आयोजना हो । यसअघि म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाएर त्यसमाथि करिब सय मिटर लामो प्यारापिट बनाइएको थियो ।

दर्शक बसेर खेल अवलोकन गर्ने प्यारापिटको बाहिरी भागमा बल बाहिर जान नदिन र अग्लो तारजाली लगाइएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्यारापिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । आव २०७७/७८ र ०७८/७९ मा बजेटविहीन हुँदा अलपत्र बनेको बेनी खेल मैदान योजनालाई पूर्णता दिन पछिल्लो दुई आवमा रु ५०/५० लाख बजेट व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए ।

Previous Post

६ किलो सुनसहित कपनबाट चीनीया पक्राउ

Next Post

कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In