काठमाडौंको कपनबाट ६ किलो अवैध सुनसहित एक चिनीया नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले चिनीया नागरिकलाई कपनबाट पक्राउ गरेको हो।
पक्राउ परेका नागरिकको पहिचान खुलाइएको छैन। सुनको परीक्षण हुन बाँकी रहेको र ती नागरिकबाट अन्य तथ्य पनि खुल्न बाँकी रहेकाले पहिचान गोप्य राखिएको सिआइबीले जनाएको छ।
सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा चिनिया नागरिकसम्म सिआइबी पुगेको हो।













