काठमाडौं । नेपाल बीमा प्राधिकरणमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा बीमासम्बन्धी १४ वटा उजुरी दर्ता भएका छन्।
प्राधिकरणले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकअनुसार केन्द्रीय कार्यालयमा १२ वटा र प्रदेश कार्यालयमा २ वटा गरी १४ वटा उजुरी दर्ता भएका हुन्।
यस्तै, सो अवधिमा प्राधिकरणले १५ वटा उजुरी फैसला र ६ वटा उजुरी सहमतिमार्फत समाधान गरेको छ। फैसला र सहमतिसहित साउनमा २१ वटा उजुरी फछ्र्योट भएको प्राधिकरणले जनाएको छ।
बीमा सेवा लिने क्रममा बीमा कम्पनी र बीमितबीच उत्पन्न हुने विवाद तथा गुनासो लिएर सेवाग्राहीले प्राधिकरणमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ। विशेषगरी दाबी भुक्तानी, बीमा सम्झौता तथा अन्य बीमा सेवासँग सम्बन्धित गुनासो प्राधिकरणले हेर्दै आएको छ।












