• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    ‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
८ अशोज २०८३,
0
पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी । अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरु भएको थियो ।

फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेपछि पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुको बिदाइका लागि आफन्तको भीड देखिन्थ्यो ।

कोही घर फर्कदाँको खुसी साटिरहेका थिए, कोही परिवार र आफन्तसँग छुट्टिएर जानुपर्दाको क्षणले भावुक देखिन्थे ।

पहिलोपटक दुबईदेखि सिधा उडानबाट पोखरा आउने यात्रुको स्वागतका लागि स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायीलगायत विमानस्थल पुगेका थिए ।

फ्लाई दुबईको जहाज हेर्नकै लागि कतिपय जनसाधारण विमानस्थल परिसरमा झुम्मिएका थिए । यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित उडान हुन सकेको थिएन ।

फ्लाई दुबईले दैनिक उडान तालिकासहित बुधबारदेखि व्यावसायिक उडान सुरु गरेपछि पोखरेलीमाझ उत्साह छाएको छ ।

पाँच दशकअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ‘सपना’ देखेका पोखरेली आफ्नो गृहसहर अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएकामा खुसी छन् ।

दुबईबाट पहिलो उडानमा आएका पोखरा महानगरपालिका–३२ का कृष्णबहादुर खड्काले जहाजबाट आफ्नो गाउँ र रूपाताल हेर्दै पोखरा ओर्लदाँको क्षणले रमाइलो अनुभूति दिलाएको बताए । ‘विदेशबाट आउँदा सिधै पोखरा आएर घर जान पाइने योभन्दा खुसीको कुरा अरू के हुन सक्छ ? !’, उनले भने, ‘लामो समयपछि हामी पोखरेलीको सपना पूरा भएको छ ।’

पोखरा पर्यटन परिषद्का पूर्वध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले गरेको सङ्घर्ष स्मरण गरे । ‘पचास वर्षदेखिको हाम्रो सपना पूरा भएको छ, विमानस्थल बनाउन धेरै सङ्घर्ष गर्यौं, अनसन बस्यौँ’, उनले भने, ‘अन्ततः पोखरादेखि दुबई नियमित उडान सुरु भएको छ, यो हाम्रा लागि गर्वको क्षण हो, यसलाई दिगो र प्रभावकारी गराउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।’

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा दुबईसँग मात्र नभएर अन्य अन्तर्राष्ट्रिय सहरहरसँग पनि जोडिएको बताए । ‘दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट अब सजिलै पोखरा आउन सकिने भएको छ, यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गरेको छ’, उनले भने, ‘यो उडान सफल हुनेमा हामी ढुक्क छौँ, यात्रु र पर्यटकलाई आकर्षित गर्न पर्यटन बोर्डले दुबईलगायत अन्तर्राष्ट्रिय सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई सिधा उडान हुनु पोखरेलीका लागि खुसी र गौरवको विषय रहेको बताए । ‘पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि यो महत्त्वपूर्ण अवसर हो’, उनले भने, ‘यो उडान एउटा जहाज उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुआत पनि हो ।’

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे चार घण्टाको उडान अवधि पार गरेर फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो ।

एक सय १३ जना यात्रु लिएर आएको उक्त जहाजलाई पानीको फोहराले स्वागत गरिएको थियो । पोखराबाट साँझ ७ः५५ बजे १५२ जना यात्रु लिएर जहाज दुबई फर्केको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

यो उडानसँगै पोखरासहित सिङ्गो गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्धन र यात्रु आवागमन सहज हुने उनको भनाइ । यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उनले बताए ।

पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने उनको भनाइ छ ।

पहिलो उडानबाट आएका यात्रुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी, कर्मचारी पोखरेली पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए । पोखराबाट दुबई जाने यात्रलाई बिदाइ गरिएको थियो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुलाई विशेष उपहार प्रदान गरिएको बताइन् । ‘नाट्टामा आबद्ध व्यवसायी, होटल तथा रेष्टुराँ व्यवसायीले पनि उपहारसहित यात्रुलाई आफ्नो व्यवसायको प्रवद्र्धनात्मक सामग्री प्रदान गर्नुभयो’, अध्यक्ष पौडेलले भनिन्, ‘सो अवसरमा फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षितगरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको छ ।’

पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुककै सिङ्गो पर्यटन क्षेत्रलाई लाभ पु¥याउने उनको भनाइ छ । फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको थियो ।

पोखरा–दुबई उडान सुरु भएसँगै पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन् ।

वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ ।

वि.सं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ । यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ ।

फ्लाई दुबईको उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । ‘छुट योजनामा अहिलेसम्म ५० वटा होटल समावेश गरिएको छ, यो सङ्ख्या अझै थपिन्छ’, उनले भने, ‘छुट दिनेमा पोखराका पर्यटकस्तरीय होटल रहेका छन्, कतिपय तारे होटल पनि छन् ।’

पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको थियो । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ ।

फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ ।

विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सिधा उडान गर्दै आएको छ ।

पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरमा पुग्ने यात्रुले एउटै टिकटबाट यात्रा गर्नसक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नहुने बताइएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक ‘कोडसेयर’ साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन गरिएको हो ।

Previous Post

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

Next Post

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
समाचार

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

८ अशोज २०८३,
१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो
समाचार

१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो

८ अशोज २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
आर्थिक

नयाँ डिजाइनको १ हजार रुपैयाँको बैंकनोट आजदेखि चलनचल्तीमा

८ अशोज २०८३,
‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री
समाचार

‘जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ’: परराष्ट्रमन्त्री

८ अशोज २०८३,
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन
फिचर-ब्यानर

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

८ अशोज २०८३,
बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट
समाचार

बीमा प्राधिकरणमा साउनमै १४ उजुरी, २१ वटा फछ्र्योट

८ अशोज २०८३,
Load More
Next Post
मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

मकवानपुरमा सतर्कताः कुलेखानी जलाशयको स्थलगत अनुमगन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In