• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

by
२४ बैशाख २०८१,
0
बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सब डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सब डिभिजनअन्तर्गतका नौ, सिक्टा सब डिभिजनका १८, राप्तीसोनारी सब डिभिजजनका चार, कोहलपुर सब डिभिजनका २२ र शम्शेरगञ्ज सब डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ। बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन्।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए। उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए।

डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ। लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ।

राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन्। शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो  १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो। आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो। शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ।

शम्शेरगञ्ज सब डिभिजन कार्यालयका वन अधिकृत सुशील सुवेदीले फाट्टफुट्ट घटनाबाहेक बाँकेमा डढेलो नियन्त्रणमा आएको उल्लेख गरे।

बाँकेमा एक सय पाँच आगलागीका घटना
बाँकेका विभिन्न स्थानीय तहमा आगलागीका एक सय पाँच घटना भएका छन्। विसं २०८० साउनदेखि वैशाखसम्म भएका उक्त घटनामा एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी  जोरासिंह माझीले जानकारी दिए।

ती आगलागीका घटनामा एक सय चार पशु चौपाया मरेका छन्। आगलागीका घटनाबाट रु एक करोड ७७ लाख ५९ हजार बराबरको क्षति भएको छ। जिल्लाको नरैनापुर, राप्तीसोनारी, जानकी गाउँपालिका र नेपालगञ्जमा आगलागीका घटना भएका हुन्।

Previous Post

सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानाडाको ‘राजनीतिक बाध्यता’: नयाँदिल्ली

Next Post

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

२६ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरपालिकाको अधिवेशन सम्पन्न

२६ असार २०८३,
वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
आवाज

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

२६ असार २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

२६ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
अन्तर्राष्ट्रिय

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

२६ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
Load More
Next Post
विदेशबाट कति सुन ल्याउन पाइन्छ ? महिला र पुरुषलाई फरक नियम

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In