• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२० अशोज २०८३,
0
नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असोज : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक सङ्कटको अग्रपंक्तिमा रहेको बताउनुभएको छ ।

फिजीमा आज आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’ अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित ‘हिमालयन सुनामी’ ले ठूलो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो ।

उहाँले हिमालयका हिमनदी पग्लिँदा समुद्री सतह वृद्धि हुनुका साथै प्रशान्त क्षेत्रमा थप शक्तिशाली चक्रवातलगायत जलवायुजन्य जोखिम बढ्ने उल्लेख गर्नुभयो । ‘हिमाल र महासागर एउटै ग्रहका विभाजन गर्न नसकिने भागको निरन्तरता हुन्, जुन साझा जलचक्र र मानवताको साझा भविष्यबाट जोडिएका छन्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यानाकर्षण गराउनुभयो । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका कमजोर तथा विकासशील मुलुकहरूले मानवीय जीवन, महत्त्वपूर्ण पूर्वाधार र विकासका उपलब्धि गुमाएर जलवायु सङ्कटको असमान मूल्य चुकाइरहेको उहाँको भनाइ थियो ।

“जलवायु जोखिममा रहेका मुलुकको अवस्थालाई विश्वव्यापी न्यायपूर्ण जिम्मेवारीमार्फत तत्काल सम्बोधन गरिनुपर्छ”, उहाँले भन्नुभयो । आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र कायम राख्ने लक्ष्यप्रति दृढ प्रतिबद्धता, ऋणको बोझ नथपिने गरी पूर्वानुमानयोग्य तथा अनुदानमा आधारित अनुकूलन वित्त, हानी तथा क्षति कोषको शीघ्र कार्यान्वयन तथा हिमाल र महासागरमा आधारित राष्ट्रहरूबीच औपचारिक ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण समान जोखिममा रहेका हिमाली तथा टापु राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो । मन्त्री खनालले फिजीको ‘सोलेसोलेवाकी’ र नेपालको ‘श्रमदान’ जस्ता सामुदायिक सहकार्यका सांस्कृतिक अभ्यासलाई स्मरण गर्दै जलवायु सङ्कट सामना गर्न विश्वव्यापी ऐक्यबद्धता र एकीकृत नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले कोप–३१ सम्मको यात्रामा साझा जोखिमलाई कार्यान्वयनयोग्य जलवायु न्यायमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

Previous Post

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै
आर्थिक

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

२० अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In