• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

    पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

    गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानाडाको ‘राजनीतिक बाध्यता’: नयाँदिल्ली

by
२४ बैशाख २०८१,
0
सिख हत्याका लागि भारतलाई दोष दिनु क्यानाडाको ‘राजनीतिक बाध्यता’: नयाँदिल्ली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नयाँदिल्ली। भारतका विदेशमन्त्रीले गत वर्ष भ्यानकुभरमा एक सिख पृथकतावादीको हत्यामा कथित भारतीय संलग्नतामा क्यानाडाको अनुसन्धान ‘राजनीतिक बाध्यता’ भएको बताउनुभएको छ । हत्या मामिलामा तीन भारतीय नागरिक पक्राउ परेपछि उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

क्यानाडाली प्रहरीले शुक्रबार हरदीप सिंह निज्जरको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत सरकारसँग उनीहरूको सम्बन्ध छ वा ‘अन्य कोही हुनसक्छ’ भन्नेबारे अनुसन्धान गरिरहेको बताएको छ ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचरलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोपहरू’ थिए भन्नुभएपछि उक्त हत्याले गत शरद ऋतुमा ओटावा र नयाँदिल्लीबीचको कूटनीतिक सम्बन्धमा चिसोपन ल्याएको छ ।

भारतले आरोपहरूलाई ‘अर्थहीन’ भन्दै अस्वीकार गर्यो र कडा प्रतिक्रिया दियो । साथै क्यानाडाली नागरिकका लागि भिसामा केही समयका लागि रोक लगायो भने ओटावालाई आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता ल्याउन बाध्य पार्यो ।

“क्यानाडामा भारतलाई दोष दिनु उनीहरूको राजनीतिक बाध्यता हो”, शनिबार विदेशमन्त्री एस. जयशङ्करलाई उद्धृत गर्दै प्रेस ट्रस्ट अफ इन्डिया समाचार समिति (पिटिआई) ले भनेको छ ।

सन् १९८० को दशकमा खालिस्तान नामक सिख मातृभूमि निर्माण गर्ने उद्देश्यले भएको पृथकतावादी विद्रोहका क्रममा हजारौँ मानिस मारिएका थिए । उक्त आन्दोलन भारतभित्र धेरै हदसम्म कम भएको छ तर क्यानाडामा रहेका करिब सात लाख ७० हजारसहितको सबैभन्दा ठूलो सिख आप्रवासीको समुदायले अल्पसङ्ख्यक स्वरको समर्थनलाई कायम राखेको छ ।

“नयाँदिल्लीले ओटावासँग सिख पृथकतावादीहरूलाई भिसा वा राजनीतिक वैधता नदिनका लागि मनाउन खोजेको छ किनकी तिनीहरूले क्यानाडा, हाम्रा लागि तथा हाम्रो सम्बन्धका लागि समस्या निम्त्याउँदै छन्”, विदेशमन्त्री जयशङ्करले भन्नुभयो, “क्यानाडाले केही मामिलामा हामीसँग कुनै प्रमाण साझा गर्दैन र प्रहरी एजेन्सीहरूले हामीलाई सहयोग गर्दैन ।”

सन् १९९७ मा क्यानाडा बसाइँ सरेका निज्जरले १८ वर्षपछि त्यहाँको नागरिकता लिएका थिए । उनी कथित आतङ्कवाद र हत्याको षड्यन्त्र गरेको आरोपमा भारतीय अधिकारीहरूको खोजीमा थिए ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक २० वर्षको आसपासका थिए र उनीहरूमाथि ‘फर्स्ट डिग्री’ हत्या तथा षड्यन्त्रको आरोप लगाइएको थियो । उनीहरूमाथि गत जुनमा निज्जरको हत्यामा गोली चलाउने, चालक र जासुस भएको आरोप लगाइएको थियो । क्यानाडाली प्रहरीले हत्यामा ‘अन्य मानिसले पनि भूमिका निर्वाह गरेको’ थाहा भएको बताएको छ ।

नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक गणतन्त्रमा बस्ने एक भारतीय नागरिकमाथि कथितरूपमा अमेरिकी भूमिमा अर्का सिख पृथकतावादी नेतामाथि यस्तै प्रकारको हत्या प्रयासको योजना बनाएको आरोप लगाएको थियो । भारतीय विदेशी गुप्तचर अधिकारी उक्त योजनामा संलग्न रहेको वासिङ्टन पोस्टको अनुसन्धानले गत साता रिपोर्ट गरेको थियो तर नयाँदिल्लीले उक्त दाबीलाई खारेज गरेको छ ।

Previous Post

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

Next Post

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

सम्बन्धित खबर

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
आवाज

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

२६ असार २०८३,
पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने
आवाज

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

२६ असार २०८३,
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
अन्तर्राष्ट्रिय

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

२६ असार २०८३,
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
कृषि

गण्डकी प्रदेशसभाः गाँजाखेतीसम्बन्धी विधेयक पारित

२५ असार २०८३,
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
आवाज

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न

२५ असार २०८३,
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
आर्थिक

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक

२५ असार २०८३,
Load More
Next Post
बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In