• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    केपिलासगढीमा ‘मह सिकार महोत्सव’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    सोलेडाँडामा ‘जडीबुटी पार्क’

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कन्सर्ट हल आक्रमणकारीलाई ‘नाजीहरू’सँग तुलना : पुटिनले भने- तिनीहरु युक्रेनतर्फ भाग्दैथिए

by
११ चैत्र २०८०,
0
कन्सर्ट हल आक्रमणकारीलाई ‘नाजीहरू’सँग तुलना : पुटिनले भने- तिनीहरु युक्रेनतर्फ भाग्दैथिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा १३३ जनाको ज्यान जानेगरी भएको ‘बर्बर आतंकवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन् । उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ ।

किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेबारीको दाबीको सन्दर्भलाई जोडेनन् । शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, ‘इस्लामसँग लड्ने मुलुकहरू’सँग ‘भयानक युद्ध’को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।’

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको संख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधनमा भने, ‘आतङ्कवादी, हत्यारा, गैर–मानवहरूको दुर्भाग्यशाली भाग्य मात्र हुन्छ : प्रतिशोध र विस्मृति ।’

‘सबै चार प्रत्यक्ष अपराधी गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ’, आक्रमणलाई ‘बर्बर आतङ्कवादी काम’ उल्लेख गर्दै उनले भने, ‘उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।’

पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भनेका छन् । उनले आइतबार राष्ट्रिय शोक दिवस हुने बताए ।

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । ‘सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ’, पुटिनले भने ।

यसअघि एफएसबीले शनिबार थप विवरण नदिई आक्रमणकारीहरूको युक्रेनमा ‘सम्पर्क’ भएको बताएको थियो । विगत दुई वर्षदेखि रुसी सैन्य हमलाको सामना गर्दै आएको किएभले आक्रमणमा उसको सरोकार नभएको राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले एक विज्ञप्तिमा बताए ।

ठूला अपराधहरूको अनुसन्धान गर्ने रुसको अनुसन्धान समितिले उद्धारकर्मीहरूले शनिबार घटनास्थलमा काम गरिरहेको र जलेका भवनबाट शव निकालिरहेको बताएको छ । आपत्कालीन सेवाहरूलाई भग्नावशेष हटाउँदा शव प्राप्त भएको छ, टेलिग्राममा एक विज्ञप्तिमा भनिएको छ, ‘आतङ्कवादी आक्रमणमा मारिएका मानिसको सङ्ख्या बढेर एक सय ३३ पुगेको छ, खोजी अभियान जारी छ ।’

मस्को क्षेत्रका गभर्नरले उद्धारकर्मीले ‘धेरै दिन’सम्म घटनास्थलको खोजबिन जारी राख्ने बताए । रुसको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार करिब एक सय सात मानिस अस्पतालमा छन् र तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

इस्लामिक स्टेट समूहले शुक्रबार जिम्मेबारी लिँदै आफ्ना लडाकूहरूले मस्कोको बाहिरी क्षेत्रमा ‘एउटा ठूलो सभा’मा आक्रमण गरेको र ‘सुरक्षितरूपमा आफ्नो ठेगानामा फर्केको’ बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा केही प्रत्यक्षदर्शीहरूले माथिल्लो तलाबाट बन्दुकधारीहरूलाई गोली हानेर स्टलहरूबाट जाँदै गरेको खिचेका थिए ।

अनुसन्धान समितिले भनेको छ, ‘त्यसपछि आतङ्कवादीहरूले दर्शक रहेको कन्सर्ट हलको परिसरमा आगो लगाउन ज्वलनशील तरल पदार्थको प्रयोग गरे, त्यहाँ घाइतेहरू पनि थिए ।’ छ हजार सिट क्षमताको आयोजना स्थलमा आगो लागेपछि मानिसहरूको मृत्यु बन्दुकको गोली र धुवाँका कारण भएको अनुसन्धान समितिले बताएको छ । शुक्रबार तीव्रताका साथ आयोजना स्थलमा आगो फैलियो र कन्सर्टमा आएका मानिस चिच्याउँदै आपत्कालीन निकासतर्फ भागे ।

आक्रमण भएको १८ घन्टाभन्दा बढी समयपछि राष्ट्रपति पुटिनले शनिबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटको जिम्मेबारीको दाबीलाई सम्बोधन गरेनन् । आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन् । यसमा रुस र पाराग्वेबीच सोमबार मस्कोमा हुने मैत्रिपूर्ण फुटबल प्रतियोगिता पनि थियो । रुसमा आज शोक घोषणा गरिएको छ ।

Previous Post

पाल्पामा बन्दुकसहित एक जना पक्राउ

Next Post

डा. स्याम्युअल जोनसनको सफलता

सम्बन्धित खबर

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
आवाज

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

९ जेष्ठ २०८३,
केपिलासगढीमा ‘मह सिकार महोत्सव’
आवाज

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

९ जेष्ठ २०८३,
सोलेडाँडामा ‘जडीबुटी पार्क’
आर्थिक

सोलेडाँडामा ‘जडीबुटी पार्क’

९ जेष्ठ २०८३,
आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत
फिचर-ब्यानर

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दैै कुवेत

९ जेष्ठ २०८३,
दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
आर्थिक

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

९ जेष्ठ २०८३,
अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा

९ जेष्ठ २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ

डा. स्याम्युअल जोनसनको सफलता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In