पढाउनु, सिकाउनु अलग कुरा हो । कोही जतिसुकै पढाउँदा पनि हत्तपत्त सम्झिँदैनन्, कोही हेर्दाबित्तिकै सम्झिन्छन् । बालबालिकालाई पढाएको कुरा सम्झीराखुन् भन्नका लागि सिकाउँदा रमाईलो वातावरण बनाउनुपर्छ । जसका कारण बालबालिकाले सिकाएको कुरालाई सजिलोसँग सम्झन सक्छ ।
– बालबालिकालाई भिडियो या पिक्चर देखाएर सिकाउनुपर्र्छ ।
– बालबालिकालाई केही समयको लागि शिक्षक बनाई आफू विद्यार्थी बन्नुपर्छ ।
– बालबालिकालाई पढ्दा र पढाउँदा ठूलो स्वरमा भन्न लगाउनुपर्छ ।
– बालबालिकालाई हरेक दिन प्रश्न गर्नेर नजानेको कुरा कारण खुलाएर राम्रोसँग बताइदिनुपर्छ ।
– बालबालिकाहरुलाई हरेक नयाँ कुराहरुलाई खण्ड खण्डमा विभाजन गरेर बिस्तारै सिकाउनुपर्छ ।













