• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानडाको नयाँ नीतिले नेपाली विद्यार्थीलाई कस्तो असर ?

by
१२ माघ २०८०,
0
क्यानाडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। क्यानडाले आगामी दुई वर्षसम्मका लागि आफ्नो देशमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने जनाएपछि यसको असर क्यानडा जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका एक जना अधिकारीले बताएका छन्।

आवास र स्वास्थ्य सुविधा पुर्‍याउन समस्या भएको उल्लेख गर्दै क्यानडाले अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने जनाएको छ।

सन् २०२२ मा क्यानडामा अध्ययनका लागि ८,००,००० विदेशी विद्यार्थीहरू पुगेका थिए। यस्तो सङ्ख्या त्यसको एक दशकअघि २,१४,००० मात्रै थियो।

क्यानडाका अध्यागमन मन्त्री मार्क मिलरले यो वर्ष स्नातक अध्ययनका लागि ३,६०,००० अनुमति मात्रै वितरण गरिने बताएका छन्।

यसको प्रत्यक्ष असर पछिल्लो समय प्रमुख शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूमा पर्ने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए।

“कुनै किसिमको आप्रवासन नीतिमा प्रतिबन्धहरू थपिए भने अरू देशका जस्तै नेपालका विद्यार्थीहरूलाई पनि असर त पार्ने नै भयो,” सापकोटाले भने।

“अहिलेको सूचना प्रविधिको जमानामा अलिकति सजय भएर मात्रै पढ्न जाने देश र विश्वविद्यालय रोज्न हाम्रो विद्यार्थीहरूलाई अनुरोध छ।”

अहिले क्यानडाका विभिन्न प्रान्तमा रहेका विदेशी विद्यार्थीहरूको चापलाई ध्यान पुर्‍याएर सबै प्रान्तमा निश्चित सङ्ख्यामा विद्यार्थी जान पाउने गरी सरकारले त्यस्तो अनुमति दिने बताइएको छ। त्यसका आधारमा प्रान्तहरूले आफ्नो क्षेत्रमा रहेका विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नाको कोटा तोक्ने छन्।

यो सीमा स्नातक वा अन्डरग्राजुएट विद्यार्थीहरूका लागि मात्रै तोकिएको उल्लेख गरिएको छ। नेपालका शैक्षिक परामर्श दाताहरूले स्नातकोत्तर तह अध्ययनका लागि जाने विद्यार्थीका लागि यो नीतिले असर नपुग्ने ठानिएको बताएका छन्। त्यसै गरी अध्ययन अनुमति नवीकरण गर्ने विद्यार्थीहरूका लागि पनि यो लागू नहुने बताइएको छ।

मुख्य परिवर्तन के के हुन्

पछिल्लो नीतिगत परिवर्तनसँगै क्यानडा सरकारले आगामी सेप्टेम्बरसम्म कलेजहरूमा स्नातक पढ्दै गरेका विद्यार्थीहरूका लागि वर्क पर्मिट अर्थात् श्रम स्वीकृति जारी नगर्ने भएको छ। यस्तो स्वीकृति सार्वजनिक निजी साझेदारीका आधारमा दिइने गरिएको थियो।

अध्यागमन मन्त्रीले कुनै निश्चित देशका विद्यार्थीप्रति नयाँ नीति लक्षित नरहेको र सबैका हकमा यो लागु हुने बताएका छन्।

केही कलेजहरूले चर्को शुल्क लिएर उच्च सङ्ख्यामा विदेशी विद्यार्थीहरूको भर्ना लिएको तर विद्यार्थीहरूका लागि आवश्यक सहयोग नगरेको त्यहाँका मन्त्रीको दाबी छ। शिक्षामा गुणस्तर कायम गर्नका लागि यस्तो नीति लिइएको क्यानडाले जनाएको छ।

जस्टिन ट्रूडो नेतृत्वको सरकारमाथि क्यानडामा आवास समस्या सम्बोधनका लागि दबाव बढिरहेका बेला नयाँ नीति घोषणा गरिएको बताइएको छ। पछिल्लो दुई वर्षमा क्यानडामा घर भाडा २२ प्रतिशतसम्म बढेको विवरण सार्वजनिक भएका छन्। कतिपयले बढ्दो आप्रवासीहरूको सङ्ख्यालाई यसको कारक ठानेका छन्।

क्यानडामा जनसङ्ख्या वृद्धिदर उच्च छ। केही महिनाअघि मात्रै यो देशको जनसङ्ख्या ४ करोड पुगेको थियो।

पाको उमेरका मानिसहरूको सङ्ख्या बढिरहेको क्यानडाले कामदारहरूको आवश्यकता पुर्‍याउन यसअघि आफ्नो आप्रवासन नीति खुकुलो बनाएको थियो।

नेपाली विद्यार्थीलाई कस्तो असर पर्छरु

क्यानडाको नयाँ नीतिले त्यहाँ जाने योजनामा रहेका नेपाली विद्यार्थीहरूलाई असर गर्ने शैक्षिक परामर्शदाताहरू बताउँछन्।

शैक्षिक परामर्शदाताहरूको संस्था ईक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार नेपालबाट क्यानडा जाने विद्यार्थीहरूमध्ये अधिकांश स्नातक तहको पढाइका लागि जाने गरेका छन्।

“क्यानडा पनि काम पाइने ठाउँको रूपमा जाने गन्तव्य थियो। तर २०२४ को सेप्टेम्बरसम्म भर्ना हुने विद्यार्थीहरूलाई पीजीडब्लूपी (श्रम स्वीकृति) को अधिकार दिएको छैन त्यसले गर्दा अब क्यानडा जाने सङ्ख्या घट्ने देखिन्छ,” उनले भने।

भट्टराई नयाँ नीति र त्यहाँ देखिएको आवास र रोजगारीको समस्याका कारण क्यानडा जान धेरै कुरा विचार गर्नुपर्ने बताउँछन्।

“अझ बढी ध्यान दिनुपर्ने र परामर्श लिनुपर्ने देखिन्छ। त्यहाँ गइहाल्ने र काम पाइहाल्छ भन्ने अवस्था अहिले क्यानडामा छैन,” उनले भने।

“क्यानडा शैक्षिक गन्तव्य बन्न सक्ला तर त्यहीँ काम गर्छु र कमाउँछु भन्ने अपेक्षा बोकेर जाने विद्यार्थीहरूको लागि गन्तव्य बन्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।”

सन् २०२३ मा क्यानडा गएका विद्यार्थीहरूको सङ्ख्याले त्यहाँ कामसँगै पढ्न पाइने अपेक्षा राखेरै नेपाली विद्यार्थीहरू गएको देखाउने शैक्षिक परामर्शदाताहरू बताउँछन्।

क्यानडा किन प्रमुखमध्येको गन्तव्य बन्योरु

शिक्षा मन्त्रालयका अनुसार पछिल्लो समय क्यानडा नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य बनिरहेको छ।

गत साउनदेखि पुस मसान्तसम्म मात्रै १२,०४९ जना नेपालीहरूले क्यानडामा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएका छन्। उक्त अवधिमा नेपाली विद्यार्थीहरूले अस्ट्रेलिया र जापानका लागि भन्दा धेरै अनुमति क्यानडा पढ्नका लागि लिएका छन्।

गत आर्थिक वर्षमा मात्रै २१ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थीहरूले क्यानडामा अध्ययनका लागि मन्त्रालयबाट अनुमति लिएका थिए। यो सङ्ख्या अस्ट्रेलियापछि दोस्रो धेरै हो। गत वर्ष अस्ट्रेलियाका लागि अनुमति लिने विद्यार्थीहरूको सङ्ख्या ३१ हजारभन्दा धेरै थियो। तेस्रो धेरै अनुमति जापान पढ्नका लागि लिइएको छ।

आर्थिक वर्ष २०७८(७९ मा भने क्यानडा जाने विद्यार्थीहरूको सङ्ख्या अस्ट्रेलिया, जापान र अमेरिकाभन्दा कम थियो। उक्त अवधिमा पाँच हजार जनाले क्यानडा जान अनुमति लिएका थिए।

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७७(७८ मा भने २,४७५ जनाले मात्रै क्यानडामा अध्ययनका अनुमति लिएका थिए।

मन्त्रालयका प्रवक्ता सापकोटा भिसा नीति सहज भएका कारण नेपाली विद्यार्थीहरूको रोजाइ क्यानडा बनेको बताउँछन्।

“विश्वविद्यालयहरूले दिने सुविधा र भिसा लगायतका अध्यागमनबारे जारी गरेका उदार नीति र अध्ययनका साथसाथै वा अध्ययनपश्चात् रोजगारीका सम्भावनाहरूका कारण हाम्रा विद्यार्थीहरूले क्यानडालाई गन्तव्य बनाएको हुनुपर्छ,” सापकोटाले भने।

ईक्यानका अध्यक्ष भट्टराईका अनुसार अस्ट्रेलियाले आप्रवासी विद्यार्थीमा गरेको कडाइ र सहजै भिसा पाउने अवस्थाका कारण क्यानडामा नेपाली विद्यार्थीको आकर्षण बढेको हो।

“क्यानडा नयाँ प्रिमिअम गन्तव्य बन्यो। यो स्तरमा विद्यार्थीहरू गएको रेकर्ड थिएन,” उनले भने।

तर क्यानडामा अस्ट्रेलियाजस्तो विदेशी विद्यार्थीका लागि सबै कुरा अनुकूल नभएको र त्यहाँ काम गर्दै पढ्ने सुविधाका लागि सरकारले पनि पूर्वाधारहरू व्यवस्था गरी नसकेको उनले बताए।

“क्यानडा भिसा पाउन सजिलो हो। लागत चाहिँ क्यानडा जान पनि अस्ट्रेलिया जति नै हो,” उनले भने। अहिले क्यानडा जाने नेपाली विद्यार्थीहरूले २०(२५ लाख रुपैयाँको हाराहारी खर्च गरिरहेको उनले बताए।

क्यानडामा कस्तो समस्या छ

क्यानडामा रोजगारी नपाएको लगायतका कारणबाट डिप्रेसनमा परेको भनिएका एक जना नेपाली विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काइएको गैर आवासीय नेपाली सङ्घ ‘एनआरएनए’का प्रतिनिधिहरूले बताएका थिए।

एनआरएनए एनसीसी क्यानडाले नयाँ विद्यार्थीहरूका लागि गत नोभेम्बरमा आयोजना गरेको अनलाइन वेबिनारमा त्यहाँ पढ्न जाने नेपाली विद्यार्थीहरूका लागि देखिएका चुनौतीबारे छलफल आयोजना गरेको थियो।

एनआरएनए क्यानडाको फेसबुक पेजमा राखिएको उक्त भिडिओमा आफू पूर्व विद्यार्थी भएको बताउने विजय अधिकारीले क्यानडामा अहिले कोठा खोज्ने र रोजगारीको समस्या रहेको बताएका छन्।

“कोभिडभन्दा अगाडि काम पाउन र कोठा पाउन स्थिर थियो। अहिले त्यस्तो छैन। अहिले खराब मन्दी चलिरहेको छ,” आफू आउँदा काम पाउन समस्या नै नभएको र न्यूनतम ज्यालाभन्दा पनि धेरै तलब पाउने गरी समेत जागिर पाइने गरेको विजयले बताएका छन्।

“तीनदेखि छ महिनासम्म आफूलाई यहाँ सेटल गर्न गाह्रो छ अहिले,” उनले भनेका छन्।

कतिपयले जागिर र बस्ने ठाउँ खोजिदिने नाममा पनि ठगी हुने गरेको भन्दै एनआरएनएले सचेत गराएको छ।

बीबीसी उर्दूले क्यानडामा कोठा नपाएर एअर बीएनबीमा बस्न बाध्य भएको र दैनिक ८० देखि १०० डलर तिरेर बस्नुपर्दा आफ्नो पैसा सकिएपछि समस्यामा परेका एक जना पाकिस्तानी विद्यार्थीको कथाबारे समाचार बनाएको छ।

क्यानडामा स्नातक अध्यापन गर्ने क्याम्पसहरूको सङ्गठन युनिभर्सिटिज् क्यानडाले सरकारको नीतिलाई स्वागत गर्ने तर त्यसले यसअघि नै दबावमा रहेको प्रणालीमाथि थप चाप पर्ने बताएको छ। उक्त संस्थाले यस्तो नीतिले क्यानडा अध्ययनका लागि जाने तयारी गरिरहेका विद्यार्थीहरू अन्यत्र जानसक्ने बताएको छ।

बीबीसी

Previous Post

सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि….

Next Post

आर्थिक मन्दीः कालोसूचीमा पर्नेहरूको अनपेक्षित वृद्धि

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
आर्थिक मन्दीः कालोसूचीमा पर्नेहरूको अनपेक्षित वृद्धि

आर्थिक मन्दीः कालोसूचीमा पर्नेहरूको अनपेक्षित वृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In