• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

by
४ माघ २०८०,
0
क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत। कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगमा बालुवा र गिट्टीको रास बढिरहेको देखिन्छ तर त्यही नदी किनारमा निर्माण भइरहेको राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा—बेनी सडकको निर्माण कार्य भने बालुवा र गिट्टीको अभावमा ठप्प छ ।

उता क्रसर व्यवसायीले लुकीछिपी रातिमा समेत अवैध रुपमा उत्खनन गरेर आफ्नो उद्योग निरन्तर सञ्चालन गरिरहेका छन् ।

मालढुङ्गा–बेनी सडक आयोजनाका निर्माण व्यवसायीले सम्झौताअनुसार नदी किनारमा उत्खनन गर्दा प्रहरीले उपकरण नियन्त्रणमा लिने, चालकलाई पक्राउ गर्ने र थुन्ने गरेका कारण सडक निर्माणले गति लिन नसकेको हो । पटक–पटक थपिएको सम्झौता अवधि पूरा भइसक्दासमेत उक्त आयोजनाको काम ४५ प्रतिशत भन्दा हुनसकेको छैन । पुस मसान्तपछि सम्झौता अवधिसमेत सकिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदरमुकाम बेनीबजारसम्म जोड्ने यो १३ किलोमिटर सडक निर्माण सामग्रीकै अभावले पूरा हुन नसकेको निर्माण कम्पनी र आयोजनाको भनाइ छ ।

गत दसँअघिसम्म छिमेकी जिल्ला म्याग्दीबाट आवश्यक निर्माण सामग्री ल्याएर काम गरेको भए पनि अहिले ठप्प जस्तै बनेको कालीगण्डकी करिडोर आयोजना कार्यालय जोमसोमका इन्जिनियर तथा साइड इन्चार्ज अच्युत विलास पन्तले जानकारी दिए ।

सम्झौता अवधि नाघिसक्दासमेत जम्मा ४५ प्रतिशतमात्र प्रगति भएको उक्त सडक खण्डमा निर्माण सामग्रीको अभाव मुख्य समस्या रहेको पन्तले जानाकारी दिए ।

“अधिकांश काम सकेर बेस बिच्छ्याउने बेला भएको छ सबैभन्दा बढी चाहिने बालुवा र गिट्टीको अभावमा कालोपत्रको काम गर्न सकेका छैनौँ,” पन्तले भने, “छेउछाउका क्रसर उद्योगका बालुवाका थुप्रा चुलिँदै छन् तर हामीलाई सामग्री अभाव छ ।” राष्ट्रिय गौरवको आयोजना जिल्लामा सञ्चालन हुँदा प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायबाट सहयोग नपाएको गुनासो उनको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले प्रहरीको गस्तीका क्रममा अवैध रुपमा उत्खनन गरेको देखेपछि उपकरण नियन्त्रणमा लिइएको बताए ।

उनले प्रक्रियाअनुसार नगरपालिकामा जरिवाना बुझाएर लैजान भनिए पनि उपकरण लिन आयोजनाका कुनै प्रतिनिधि नआएकोले टिपर अझै नियन्त्रणमा रहेको बताए । आयोजनाले समन्वय नगरेको उनको आरोप छ ।

सम्झौताअनुसार समयमै काम हुन नसक्दा यो सडक हुँदै आउजाउ गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म ४५ प्रतिशतभन्दा बढी प्रगति हुनसकेको छैन ।

कालीगण्डकी करिडोर आयोजना जोमसोमका इञ्जिनियर तथा साइड इन्चार्ज पन्तका अनुसार हालसम्म मालढुङ्गा–बेनी सडकको ४५ प्रतिशत काम सम्पन्न भएको बताए ।

उनका अनुसार पुस मसान्तपछि सडक निर्माण सम्झौताका लागि तेस्रोपटक थपिएको म्यादसमेत सकिएको छ । थप गरिएको अवधि सकिएकाले पुनः म्याद थप गरेर सडक निर्माणलाई गति दिने प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

गत वर्षको माघदेखि ठप्प बनेको काम असारदेखि सुरु भएको भए पनि फेरि दसँैलगत्तै काम रोकिएको इञ्जिनीयर पन्तले बताए ।

निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले पटक–पटक बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पत्र लेख्दै निर्माण सामग्रीको व्यवस्थापन गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि निर्माणले गति लिन नसकेको हो ।

असारदेखि सुरु भए पनि निर्माण सामग्री नहुँदा फेरि काम रोक्नुपरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए ।

Previous Post

अन्ततः फिल्म खेलेरै छाडिन् नीति शाहले

Next Post

वन्यजन्तु पीडितले क्षति वापतको पाएनन् राहत

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
वन्यजन्तु पीडितले क्षति वापतको पाएनन् राहत

वन्यजन्तु पीडितले क्षति वापतको पाएनन् राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In