• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !

by
१ मंसिर २०७९,
0
सिन्धुपाल्चोक १ को प्रदेश सभा १ मा मसिना खड्का भण्डारी संकटमा !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक – यतिबेला देशमा चुनावी माहोल तातेको छ । उम्मेद्वारहरु आफ्नो पक्षमा मत बटुल्न हरप्रहर खटिएका छन् । तर योग्य भन्दा धनी उम्मेद्वारलाई स्थान दिईंदा कतिपय स्थानमा पार्टीको जनमत भएपनि उम्मेद्वारलाई भने संकट परेको छ । यही मध्यको एउटा उदाहारण हो सिन्धुपाल्चोक क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा–१ । जहाँ नेपाली काँग्रेसले वर्षौं देखि पार्टीमा संघर्ष गरेर राजनीतिक छवी बनाएका व्यक्तिलाई पाखा लगाएर नयाँ व्यक्ति उम्मेद्वार बनाएपछि उनलाई चुनाव जित्न संकट परेको हो ।

अहिले प्रदेश सभा –१ मा गठबन्धनकी साझा उमेद्वार सर्जीकल व्यवसायी मसिना खड्का भण्डारीसँग एमालेका युवा नेता युद्धविक्रम लामा (डिबी) प्रतिस्पर्धामा छन् । मसिना पहिलो पटक निर्वाचनमा सहभागी हुँदैछिन् भने डिबी २०७४ को स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिका–४ बाट वडाध्यक्षका प्रत्यासी भएका थिए । सर्जीकल पेशाबाट राजनीतिमा प्रवेश गरेकी मसिना र विगत १० वर्षदेखि एमालेमा क्रियाशिल रहँदै आएका डिबीबीच कडा प्रतिस्पर्धा छ । तर मसिनालाई अहिले स्थानिय मतदाताले ‘पाहुना’ उम्मेद्वारको संज्ञा दिएर अप्ठेरोमा पारेका छन् । तर मसिना भने आफू महिला उम्मेदवार भएकाले सबै मतदाताहरुले आफुलाई सहयोग गर्नेमा ढुक्क छिन् ।

यता लामा आफु जनजाति र एमालेमा लामो समयदेखि क्रियाशिल रहेकाले आफुले जित्नेमा ढुक्क छन् । २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यो प्रदेशबाट एमालेका अरुण नेपाल विजयी भएका थिए । कांग्रेसबाट यो निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोक काँग्रेस जिल्ला उपसभापति दोर्जे लामा, नेता भोला बराल, विष्णु खत्रीलगायत प्रमुख आंकाक्षी भएपनि अन्तिम समयमा आएर कांग्रेस नेता (केन्द्रीय सदस्य) मोहनबहादुर बस्नेतले मसिनालाई अघि सारेका थिए । मसिनाको पार्टी र स्थानियस्तरमा योगदान र हैसियत नभएपनि बस्नेतले आर्थिक चलखेलमा भण्डारीलाई टिकट दिएको स्रोतको भनाई छ ।

भर्खरै राजनीतिमा क्रियाशिललाई उम्मेदवार बनाएकोमा कांग्रेस भित्र चरम असन्तुष्टि देखिएको छ । मसिना डिभी परेर लामो समय अमेरिका बसेर फर्किएकी व्यक्ति हुन् । स्रोतका अनुसार अहिले पनि अमेरिकामा उनको व्यवसाय रहेको छ । यतिमात्र होइन मसिनाको जन्म मिति २०२४–१२–२८ रहेको नागरिकता नम्बर ३९०४० जारि मिति २०४२–१०–२४ भएको पासपोर्ट नम्बर ०८८६३७७५ भएको अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र समेत रहेको स्रोतको दाबी छ । कानून अनुसार हेर्ने हो भने यदि उनको स्थायी आवासीय प्रमाणपत्र भएको खण्डमा उनको उम्मेद्वारी नै खारेजी हुन्छ । उनको कमजोरी थाहापाएका एमाले उम्मेदवार डिबी अहिले कांग्रेसभित्रका असन्तुष्टहरुलाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेका छन् ।

के छ अवस्था ? कसको पल्ला भारी ?
स्थानीय निर्वाचनको मत विश्लेषण गर्ने हो भने मसिना बलियो उम्मेद्वार हुन् । बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका यो प्रदेश भित्र पर्दछन् । यो चारै स्थानीय तह मध्ये बाह्रविसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा कांग्रेसले जितेको थियो भने लिसंखुपाखरमा अध्यक्ष माओवादी र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका थिए ।

स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा नेपाली कांग्रेस १८ हजार १६९, माओवादी केन्द्र ७हजार ९२६ र एमालेको १३ हजार ७०९ मत रहेको छ । यो मत हेर्दा गठबन्धको पक्षमा २७ हजार १९२ मत रहेको छ । तर अहिले माहोल स्थानीय तह भन्दा फरक छ ।

स्थानिय तह निर्वाचनमा भोटेकोशी गाउँपालिकामा नेकपा एमालेका तर्फका उम्मेद्वार अमृत खड्काले आन्तिरक रुपमा आफ्नो पार्टीलाई छाडेर मसिनालाई सहयोग गर्ने बुझिएको छ । योसँगै नेकपा एमाले भित्र विवाद हुने देखिन्छ । तर एकाएक राजनीतिमा आएर पहिलो पटक उम्मेद्वार बनेकी मसिनालाई मतदाताले पत्याउने आधार देखिदैन ।

उनि भन्दा वरिष्ठ, वर्षौं सम्म नेपाली काँग्रेसको राजनीतिमा संघर्ष गरेका व्यक्तिहरु टिकट नपाएपछि खुसी छैनन् । उनिहरुका समर्थकले भण्डारीलाई सहयोग गर्लान् नगर्लान टुंगो छैन । राजनीतिमा नयाँ, प्रदेश भित्र चिनजान कम र कांग्रेसको असन्तुष्ट पक्षहरुलाई आफुतिर आकर्षित गरेर चुनाव जित्ने रणनीतिमा एमाले उमेदवार डिबी तामाङ छन् । अधिंकाश जनजाति मध्ये पनि तामाङ समुदायको बसोबास रहेको यो प्रदेशमा आफुलाई जनजाति समुदायबाट मत आउनेमा डिबी आशाबादी छन् ।

योग्य लाई टिकट नदिंदा समस्या
चुनावी गठबन्धनका कारण सिन्धुपाल्चोक–१ माओवादीको भागमा परेपछि काँग्रेस नेता मोहनबहादुर बस्नेत माथि अन्तिम समयमा क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउँदै प्रदेश सभा सदस्यको टिकट भने आफुले भनेको मान्ने व्यक्तीलाई दिएको आरोप लागेको छ । स्रोतका अनुसार बस्नेतले आर्थिक चलखेलकै कारण पार्टीमा वर्षौ संघर्ष गरेका व्यक्तिलाई पाखा लगाएर मसिनालाई टिकट दिएका हुन् ।

अहिले कतिपय काँग्रेसीहरू नै टुरिष्ट उम्मेदवारलाई भोट नहाल्ने भन्दै जिल्ला नेतृत्वलाई खुला चुनौती दिइरहेका छन् । यो क्षेत्रका अधिकांश नेता–कार्यकर्ता बस्नेतसँग चिढिएका छन् । काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा, इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष बंशलाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, राजेन्द्रमान ताल्चाभँडेललगायत अधिकांश चिनिएका र स्थापित काँग्रेसीहरू बस्नेतसँग खुसी छैनन् ।

पैसामा पद बाँडफाँड हुँदा कांग्रेसले आफ्नो अस्तित्व नै संकटमा पार्न खोजेको भन्दै कांग्रेस कार्यकर्ताहरु नेतृत्वसँग रुष्ट बनेका छन् ।

Previous Post

मन्त्रीबाट हटाइनुको कारण नखुलाए मुख्यमन्त्री पोखरेलको सनसनीपूर्ण अडियो सार्वजनिक गर्छु– निवर्तमान मन्त्री खड्का

Next Post

निर्वाचन आयोगले भन्यो – ‘रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ’

सम्बन्धित खबर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो
फिचर-ब्यानर

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
Load More
Next Post
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?

निर्वाचन आयोगले भन्यो – ‘रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय हुन्छ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In