• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

by
१६ मंसिर २०८०,
0
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुकुम पश्चिम – आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउँछिन्। उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास माध्यामिक विद्यालय ।

विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही मङ्सिर ४ गते विद्यालय सञ्चालन भएदेखि नै उनी नियमित विद्यालय आएको बताउँछिन् । तर उनलाई न घर न विद्यालय जहाँ भए पनि भूकम्पको त्रास भने अझै हटिसकेको छैन ।

गत कात्तिक १७ गते राति गएको भूकम्पको झलझली याद आउने गरेको सिन्दु सुनाउँछिन् । पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको विद्यार्थीले बताउँदै आएका छन् । कक्षा ५ मा अध्यनरत विपीन मल्लको पनि समस्या सिन्दुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्नलेख्न मन नलाग्ने, विद्यालयमै अध्यनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिँदा झन् चिन्ता लाग्ने गरेको विपीन बताउँछन् ।

अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि जाडोको समस्या हुने गरेको कक्षा ८ मा अध्यनरत पुस्तक चन्दको गुनासो छ । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्यन गर्न पनि असज हुने गरेको विद्यार्थी बताउँछन् । जनविकास माध्यमिक विद्यायमामा हाल सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ ।

अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्राधानाध्यपक दीपकसङ्गम थापाले बताए । उनका अनुसार गत कात्तिक १७ गते राति गएको भूकम्पले दुई वटा विद्यालयका आठ वटा कोठा पूर्ण रुपमा ध्वस्त बनाएको छ । बाँकी तीन वटा विद्यालयका भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् ।

हाल विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही विद्यालयमा अध्यनरत तीन जनाले ज्यान गुमाउनु पर्‍यो । विद्यालयले मानवीय क्षतिसँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउँछन् । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्यरत १४ वर्षीया प्रेमा मल्ल, सोही कक्षामा अध्यनरत १४ वर्षकै विराज मल्ला र कक्षा ५ मा अध्यनरत ११ वर्षीया चन्द्रकला खड्काको मृत्यु भयो ।

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थीे झन् एकहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको प्रअ थापाको भनाइ छ । विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ । विद्यार्थी पुरानैलयमा फर्किन करिब अझै एक पहिना लाग्ने उनको भनाइ छ ।

पाठ्यक्रमको विषयवस्तुभन्दा पनि विद्यार्थीको मनोवल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका विषेशज्ञबाट मनोसामाजिक परापर्श आवश्यक रहेका प्रअ थापाले बताए । विद्यायलमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ । विद्यालयलाई केही सङ्घ संस्थाले सहयोग गरे पनि विद्यार्थीका शैक्षिक साम्रग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुुनिल मल्लले जानकारी दिए ।

उनका अनुसार विद्यालमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उनको भनाइ छ । भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरेको छ ।

भूकम्पपछि विद्यालमा पनि अस्तव्यस्त भएकाले विद्यार्थीलाई पुरानैलयमा ल्याउको लागि अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

भूकम्पले विद्यालयमा क्षति पुर्‍याएपछि तत्कालको लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न नसकिएको र बहुकक्षामार्फत विद्यार्थीलाई सिकाइ सहज बनाएको उनको भनाइ छ । विद्यार्थीलाई पूर्णरुपमा पुरानैलयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने उनले बताए ।

‘यही मङ्सिर ४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि पठनपाठन प्रभावकारी हुनसकेको छैन, प्रभावकारी बनाउनेतर्फ लागि परेका छौँ, पुरानैलयमा विद्यार्थी फर्किसकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थी पुरानैलयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । जाडो तथा अन्य मेलापर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्ष पूरा गर्ने योजना बनाएका छौँ’, नगर प्रमुख केसीले भने।

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए । उनका अनुसार जिल्लाभर एक सय आठ विद्यालयका पाँच सय ४४ कक्षा कोठामा क्षति पुगेको छ । त्यस्तै ३८ वटा शौचालमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिए । सामाजिक विकास कार्यालका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका छन् ।

भूकम्पका कारण एघार हजार नौ सय ५२ विद्यार्थी प्रभावित भएका छन् । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण विद्यालय भवन क्षति पुर्‍याएपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा बसेरै पठनपाठन गर्न बाध्य छन् ।

Previous Post

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

Next Post

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

अर्जुनधारा जलेश्वर धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In