• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

    चेल्सी एफएकपको फाइनलमा

    चेल्सी एफएकपको फाइनलमा

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन् ? कुन–कुन एपमाथि निगरानी

by
१४ मंसिर २०८०,
0
टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन् ? कुन–कुन एपमाथि निगरानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सामाजिक सञ्जाल टिकटक प्रतिबन्धपछि कतै आलोचना र कतै प्रशंसा पाइरहेको सरकारले थप सामाजिक सञ्जाल प्रतिबन्धको तयारी गरिरहेको एकजना अधिकारीले बताएका छन्।

टिकटकजस्तै प्रयोगकर्ताहरू लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालमाथि पनि निगरानी सुरु गरिएको प्रधानमन्त्री कार्यालयका एकजना अधिकारीले बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा सूचना प्रविधि विज्ञको रूपमा कार्यरत प्रकाश रायमाझीले बिगो लाइभ, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य केही एपहरूमाथि पनि निगरानी भइरहेको बताए।

“म तीनलाई सोसल होइन एन्टी सोसल मिडिया भन्छु। तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन्,” रायमाझीले भने।

“हामी यसको प्राविधिक पक्ष र समाजमा पारेका सकारात्मक नकारात्मक प्रभावहरूबारे अध्ययन गरिरहेका छौँ।”

उनले प्रधानमन्त्री कार्यालयले विज्ञहरूसहितको एउटा टोली नै बनाएर ती एपहरूको निगरानी गरिरहेको बताए।

टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दर्ता भएका एक दर्जन बढी मुद्दा विचाराधीन छन्।

अदालतले उक्त निर्णयको कानुनी आधारबारे सरकारसँग मङ्सिर २१ गतेभित्र जवाफ माग गरेको छ।

कुन(कुन एपमाथि निगरानी

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले निगरानीमा राखेका एपहरूमा बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायत छन्।

बिगो लाइभ र लाइकी सिङ्गापुरमा रहेको बिगो टेक्नोलोजीजका लाइभ स्ट्रिमिङ र छोटा भिडिओ राख्न मिल्ने एपहरू हुन्।

टिकटकजस्तै यी एपहरू पनि चिनियाँ कम्पनीले सञ्चालन गर्छन्।

भारतले समेत टिकटकसँगै बिगो लाइभ, लाइकीसहित ५९ वटा चिनियाँ एपहहरूमाथि सन् २०२० मा प्रतिबन्ध लगाएको थियो।

टेलिग्राम रुसी म्यासेजिङ एप हो।

यो पनि फेसबुकको म्यासेन्जरजस्तै समूहमा कल र म्यासेज गर्न मिल्नेगरी बनाइएको छ।

अनलाइन डेटिङ एप टिन्डर र म्यासेजिङ एप स्न्यापच्याट भने अमेरिकी हुन्।

स्न्यापच्याटमा पठाइएका तस्बिर र भिडिओहरू प्रापकले हेरिसकेपछि वा त्यसको केही समयपछि नै स्वतस् डिलिट हुने सुविधाका कारण यो किशोर किशोरीहरूमाझ लोकप्रिय रहेको बताइन्छ।

यस्ता अधिकांश एपहरू यौनसम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदानका लागि प्रयोग भइरहेको र त्यसले धेरै नेपाली नागरिकहरूलाई असर पारेको आफूहरूको प्रारम्भिक अध्ययनबाट पाइएको रायमाझीले बताए।

प्रधानमन्त्री कार्यालयले त्यसबाहेक थप एपहरूबारे पनि निगरानी भइरहेको जनाएको छ।

टिकटकपछि अरु एपहरू पनि बन्द हुँदैछन् ?

यमाझी यी एपहरू अहिल्यै बन्द गर्न सिफारिस गर्ने भन्दा पनि निगरानीमा राखिएको बताउँछन्।

“अहिले हामीले नजिकबाट निगरानी गरिरहेका छौँ। यसका सबै पक्षहरूको अध्ययनपछि प्रतिवेदन नै बनाएर सार्वजनिक गर्छौँ,” उनले भने।

“यसबाट के निष्कर्ष आउँछ। अहिलेसम्मको अध्ययनले के देखाउँछ भने यी गलत छन्, बन्द हुनुपर्छ भन्ने नै लागेको छ।”

कतिपय यस्ता एपहरूबाट आर्थिक अपराधसमेत भएको दाबी प्रधानमन्त्रीको सचिवालयको छ।

“प्रारम्भिक रूपमा हामीले सकारात्मक पक्ष दुई प्रतिशत भेट्टायौँ भने नकारात्मक ९८ प्रतिशत भेट्टाएका छौँ। त्यसका आधारमा हामीले सिफारिस गर्ने त बन्द गर्ने भन्ने नै हुन्छ,” रायमाझीले भने।

उनका अनुसार यसअघि नै सरकारले बन्द गर्ने प्रयास गरेका पब्जी र फ्री फायर जस्ता एपहरू पनि निगरानीमा छन्।

प्रहरीले के गर्दैछ ?
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख नविन्द अर्यालले टिकटकपछि अरू एपहरू बन्द गर्नेबारे आफूहरूलाई कुनै जानकारी नआएको बताए।“हामी अहिले भीपीएन प्रयोगबाट हुने असुरक्षा कम गर्नेतिर केन्द्रित भएका छौँ। अरू एप बन्द गर्नेबारे हामीलाई अहिलेसम्म कुनै जानकारी आइसकेको छैन,” अर्यालले मङ्गलवार भने।

प्रहरीले कात्तिक १७ गते सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालमा सबैभन्दा धेरै साइबर अपराधका उजुरी फेसबुक र फेसबुककै म्यासेजिङ एप म्यासेन्जरमार्फत भएका देखिन्छन्।

नेपाल प्रहरीका अनुसार साउनदेखि कात्तिकबीचको अवधिमा म्यासेन्जर प्रयोग गरेर भएका साइबर अपराधका उजुरी ३,७७८ वटा छन्।यो अवधिमा दोस्रो धेरै उजुरी टिकटकसँग सम्बन्धित छन्। टिकटकको माध्यम प्रयोग भएर अपराध भएको दाबी गर्दै ५४८ वटा उजुरी प्रहरीमा परेको छ।

– बीबीसीको सहयोगमा

Previous Post

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

Next Post

आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा

सम्बन्धित खबर

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
समाचार

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

१४ बैशाख २०८३,
चेल्सी एफएकपको फाइनलमा
खेलमैदान

चेल्सी एफएकपको फाइनलमा

१४ बैशाख २०८३,
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
समाचार

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

१४ बैशाख २०८३,
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
समाचार

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै: कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

१४ बैशाख २०८३,
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
समाचार

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

१४ बैशाख २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

१४ बैशाख २०८३,
Load More
Next Post
आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा

आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In