• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि कर्मबाट चिनिएका गुप्तप्रसाद

by
१४ मंसिर २०८०,
0
कृषि कर्मबाट चिनिएका गुप्तप्रसाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित भए । त्यसपछि उनले राजनीतिमा मन लगाएनन् । रेग्मीको मन वैदेशिक रोजगारतर्फ मोडियो । उता पनि खासै जम्न नसकेपछि उनी स्वदेश नै फर्किए ।

रेग्मी अहिले व्यावसायिक किसानको रुपमा स्थापित भएका छन् । वडा सदस्य रहँदै गर्दा २०७५ मा गैँडाकोट–१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे । रेग्मी व्यावसायिक किसान बन्नुका पछाडि उनले विदेशमा सिकेको कुरा नै मुख्य हो ।

‘दुईपटक कतार गएँ, त्यहाँ पुग्दा एभोकाडो खाएँ । तर, त्यसको स्वाद पाइनँ’, रेग्मीले भने, ‘त्यसपछि अष्ट्रेलिया गएँ, त्यहाँ पुग्दा छोरीहरुबाट एभोकाडोको बारेमा र गुणको बारेमा जान्ने अवसर पाएँ ।’

एभोकाडो चिसो ठाउँमा हुन्छ भन्ने थाहा पाएपछि नेपाल फर्किएर गैँडाकोट–१८ मा जग्गा किनेको रेग्मीले सुनाए । ‘चिसो हावापानी भएको ठाउँ हो, १३ रोपनी १४ आना जग्गा खरिद गरेँ ।’, उनले भने ।’

विसं २०७५ मा १० बोट सुन्तला लगाएका रेग्मीको फार्ममा अहिले १५ सय सुन्तलाका बोट छन् । उनले फलफूल खेती गर्न सुरु गर्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे ।

धनकुटाको पारी पात्ले पुगेर कागतीको बिरुवा लिएर आएको भन्दै रेग्मीले कागतीको बिरुवासँगै १० ठूला सुन्तलाको बिरुवा पनि लिएर आएको अनुभव सुनाए ।

‘सुरुमा १० सुन्तला र चार सय कागतीबाट फलफूल खेती सुरु गरेँ’, उनले भने, ‘विसं २०७६ बाट सुन्तला थप्न सुरु गरिएको हो, अहिले डाँडाभरि सुन्तला छन् ।’

अहिले रेग्मीको फार्ममा सुन्तलाको एक हजार पाँच सय बोटबिरुवा, कागतीका नौ सय, निबुवाका तीन सय, मौसमका दुई सय, आँखे टिमुरका एक सय, लप्सीका ६० बोटबिरुवाका साथै स्याउ, किबी, आँप, लिची र एभोकाडोसहितका फलफूलका बोटबिरुवा छन् । उनको फार्ममा सुरुआती समयबाट अहिलेसम्म सबै गरी दुई करोड ५० लाख बढी लगानी भइसकेको बताए ।

रेग्मीले फार्ममा लगाएका फलफूलका बोटबिरुवाले गत वर्षदेखि आम्दानी दिन सुरु गरेका छन् । ‘गत वर्ष फलफूल बिक्रीबाट दुई लाख जति आम्दानी गरेकामा अहिले १० लाख जति आम्दानी होला’, उनले भने, ‘अझै केही फलफूल टिप्न बाँकी छन्’, फलफूलका बिरुवाबाट अर्को साल २० लाखभन्दा बढीको आम्दानी हुने अपेक्षा गरेको भन्दै रेग्मीले भने, ‘अब फलफूलबाट हुने आम्दानी बढ्दै जान्छ ।’

यस वर्ष सुन्तलाको चार सय बोटबाट मात्रै आम्दानी भएको भन्दै उनले आगामी वर्षबाट करिब एक हजार सुन्तलाको बोटले आम्दानी दिन सुरु गर्ने बताए ।
‘अब करिब पाँच सय बोट कागतीले आम्दानी दिन सुरु गर्ला कागतीले पनि अहिलेको भन्दा दोब्बर आम्दानी हुन्छ’, उनले भने । यस वर्ष सुन्तला, कागती, निबुवा, टिमुरलगायतका बोटबाट आम्दानी लिन सुरु भएको छ ।

रेग्मीले पाँच वर्ष अगाडि १३ रोपनी १४ आना जग्गाबाट सुरु गरेको फलफूल खेतीको क्षेत्रफल अहिले ८२ रोपनी क्षेत्रफलमा फलफूल खेती गरेका छन् । उनले सुरुमा ५० हजार प्रतिरोपनीका दरले जग्गा किनेको बताए ।

गाउँमा पानीको समस्या भएका कारण रेग्मीले पाँच सय मिटर तल खोलाबाट लिफ्टिङ गरेर पानी तानेका छन् । ‘जेनेरेटरबाट बिजुली निकाली पम्पबाट लिफ्टिङ गरेर पानी तानेर थोपा सिँचाइ गरेको छु’, उनले भने, ‘लिफ्टिङ गरेर माथि तानेको पानी जम्मा गर्न एक लाख २५ हजार लिटरको ट्याङ्की निर्माण गरेको छु ।’ सबै ठाउँमा पानी पुग्ने गरी ब्लक निर्माण गरेर थोपा सिँचाइमार्फत फलफूलका बोटबिरुवा सिँचाइ गर्दै आएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँ (नवलपुरमा कृषि ज्ञान केन्द्र स्थापना भएको थिएन) बाट १३ रोपनीमा थोपा सिँचाइका लागि ५० प्रतिशत अनुदानमा दुई लाख ५० हजार पाएको बताए ।

जग्गा बिस्तारपछि बाँकी जमिनमा सिँचाइ गर्न थोपा सिँचाइका लागि सुन्तला जोनबाट ८५ प्रतिशत अनुदान पाएको उनको भनाइ छ । फलफूलका बिरुवामा ५० प्रतिशत अनुदान, औषधि छर्ने ट्याङ्की तथा औजारमा ५० प्रतिशत अनुदान पाएको रेग्मीले बताए ।

Previous Post

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

Next Post

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुने

२२ भदौ २०८३,
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता
समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

२२ भदौ २०८३,
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
समाचार

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

२२ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

२२ भदौ २०८३,
विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान
समाचार

विपद्को घडीमा राजनीतिक मतभेद् त्यागेर एकजुट हुन विमलेन्द्र निधिको आह्वान

२२ भदौ २०८३,
अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

२२ भदौ २०८३,
Load More
Next Post
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In