• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्नस् नेपालका प्रधानन्यायाधीशसहित सहभागी

by
१४ मंसिर २०८०,
0
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्नस् नेपालका प्रधानन्यायाधीशसहित सहभागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कानुनी सहायता सम्बन्धमा विश्वका करिब ५० देशका प्रतिनिधि र १७ देशका प्रधानन्यायाधीश, कानुनमन्त्री, न्यायाधीश तथा कानुनी सहायता उपलब्ध गराउने संस्थाका प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन भारतको दिल्लीमा यही मङ्सिर ११ र १२ गते (नोभेम्बर २७ र २८गते ) सम्पन्न भएको छ ।

उक्त सम्मेलनमा नेपालका तर्फबाट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त सम्मेलनबाट कानुनी सहायतासम्बन्धमा दिल्ली घोषणापत्र जारी गरिएको थियो । सम्मेलनमा प्रधानन्यायाधीश श्रेष्ठ, सर्वोच्च अदालतका न्यायाधीश फुयाल, बारका महासचिव अञ्जिता खनाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, सहरजिष्ट्रार विमल पौडेल पनि सहभागी भएका थिए ।

उक्त सम्मेलनमा प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश फुयालले भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा डिवाइ चन्द्रचुडसँग उहाँको निवासमा मङ्गलबार शिष्टाचार भेटवार्ता गरेका थिए । शिष्टचार भेटमा नेपाल र भारतबीच कानुन तथा न्यायका क्षेत्रमा ज्ञान र सीप आदानप्रदान गर्ने विषयमा छलफल भएको सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडलले जानकारी दिए ।

प्रधानन्यायाधीश श्रेष्ठले भारतका प्रधानन्यायाधीशलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए। भारतका प्रधानन्यायाधीशले उक्त निमन्त्रणालाई स्वीकार गरेका छन् ।

यसैबीच, आज भारतका प्रधानन्यायाधीश चन्द्रचुँडको अनुरोधमा भारतको प्रधानन्यायाधीशसहित संवैधानिक इजलासमा नेपालका प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश फुयाललाई राखी मुद्दाको सुनुवाइ गरिएको थियो । उक्त मुद्दाको सुनुवाइका क्रममा भारतका वरिष्ठ अधिवक्ता केके भेनु गोपाल र महान्यायाधिवक्ता वेङ्कट रमणीले बहस गरेका थिए ।

यसअघि नेपालका पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहलाई संवैधानिक बेञ्चमा सहभागी हुने अवसर मिलेको थियो । नेपालका न्यायाधीशहरुमध्ये सर्वोच्च अदालतका न्यायाधीश फुयाललाई पहिलोपटक संवैधानिक इजलासमा सहभागी हुने अवसर मिलेको हो । भेटका क्रममा भारतका प्रधानन्यायाधीश चन्द्रचुँडले नेपालका प्रधानन्यायाधीश श्रेष्ठ र सर्वोच्च अदालतका न्यायाधीश फुयाललाई भारतको सबै न्यायाधीशको पूर्ण बैठकमा परिचय गराएका थिए ।

संवैधानिक इजलासमा सहभागी भएलगत्तै न्यायाधीश फुयालले भारतको सर्वोच्च अदालतका कानुन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए । अन्तक्र्रियामा नेपाल भारतबीचमा कानुन र न्यायको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । छलफलमा ठूलो सङ्ख्यामा कानुन व्यवसायीको सहभागिता रहेको थियो ।

त्यस्तै, न्यायाधीश फुयालले भारतका महान्यायाधिवक्तासँग शिष्टाचार भेट गरी नेपाल भारतका बीचमा न्याय र कानुनको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा थप छलफलसमेत गरेका थिए। प्रधानन्यायाधीश श्रेष्ठ आजै स्वदेश फिर्ता भएका छन्।

Previous Post

मौसमः चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने

Next Post

युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

सम्बन्धित खबर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता
समाचार

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

१३ बैशाख २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ बैशाख २०८३,
खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
आर्थिक

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

१३ बैशाख २०८३,
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
समाचार

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

१३ बैशाख २०८३,
Load More
Next Post
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In