• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’

by
२० कार्तिक २०८०,
0
भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँके । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो’, ओठ कपाउँदै अनि आँखभरि आँशु बनाउँदै आफ्ना पीडा सुनाइन् भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।

२६ वर्षीया यमुनाको भनाइअनुसार शुक्रबार राति भूकम्प जाँदा माथिल्लो दुई कोठामा आमा र ठूल्दाइ सुत्नु भएको थियो भने तल उनतदद्धको तीन जना परिवार । भूकम्पले घर हल्लाउँदा यमुनालाई भने सपनामा आफू काँपेकोझै लागेको थियो । जब अचानक घरको माथिल्लो भाग खस्यो त्यसपछि सबै घर भत्कियो ।

भाग्न नपाउँदै घरले उनको परिवारका सबै सदस्यलाई पुरिसकेको थियो । उनले थरथर ओठ कमाउँदै आफ्ना पीडा सुनाइन्, ‘हामी भाग्नै पाएनौं । म, मेरो श्रीमान र छोरालाई त माथिबाट खसेर तेर्सिएको काठले बचाएको हो ।’ शनिबार दिउँसो अस्पतालको प्राङ्गडमा बिरामी श्रीमानलाई खाना बोकेर जाँदै गरेकी यमुनाले श्रीमानको दाँहिने कोखामा काठले चोट लागेको बताइन् । भूकम्पमा परेर उनको दाँहिने टाउकोमा र दाहिने खुट्टामा पनि चोट लागेको छ ।

यमुना विस्तारै हिँडडुल गर्न सक्छिन् भने उनको श्रीमानलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ । छोरालाई खासै चोट नलागेको हुनाले यमुनाले छिमेकीको भरमा जाजरकोट नै छाडेकी छन् । एउटै घरमा साँझको खाना खाएर सँगै सुतेका आमा र दाइलाई गुमाउनु पर्दाको पीडाले सताएको त छ नै । नसोंचेको घटना भयो । आमा र दाइलाई गुमाउनु पर्दा असैह्य पीडा भएको यमुनाले रुँदै बताइन् ।

उनी भन्छिन्, ‘अस्पतालसम्म श्रीमानलाई ल्याएर उपचार गराउन पाएकोमा उहाँलाई केही हलुको भएको छ । अब त उहाँलाई केही हुँदैन जस्तो लागेको छ । छोरालाई अरुको जिम्मा लाएर आफू नेपालगञ्ज श्रीमान्को उपचारमा आएकी यमुनालाई भूूकम्पले अझै तर्साइरहेको बताउँछिन् । उनी बेलाबेलामा एकोहोरो हुने, डराइरहेको जस्तो देखिन्छिन् ।

नलगाड नगरपालिका–१ जाजरकोटका यादव महराको अवस्था पनि उस्तै छ । भूकम्पले गाउँमा धेरैको ज्यान गए पनि उनका परिवारका सबै सदस्य सकुशल नै छन् । छोराको टाउकोमा भने चोट भने लागेको छ । ‘भूकम्प जाँदा होश नै भएन । बचाउन त सबै परिवारलाई बचाएँ तर छोरालाई टाउकोमा चोट लाग्न पुग्यो । अस्पतालसम्म आइपुगेका छौँ । केही दिनमा ठीक होला भन्ने विश्वास छ’, उनी भन्छन् ।

छोरालाई पीडामा छट्पटाएको देख्न सकिरहेको छैन भन्छन् यादव । सानो छोरालाई चोट लाग्नुभन्दा बरु आफूलाई किन लागेन भन्दै अस्पतालको सिंढी बसेर रोइरहेका यादवले उपचारमा खटिएका चिकित्सकसँग जसरी भए पनि छोरालाई निको बनाइदिन आग्रह गर्दै गरेको दृश्यले सबैलाई भावुक बनाइरहेको हुन्छ । ‘भूकम्प जाँदा हामी सबैजना घरमै सुते पनि निदाएका भने थिएनौं । एक्कासी भूकम्प गएको क्षणभरमै घर भत्कियो । मैले चनाखो भएर भत्किएको घरबाट आफना बच्चाहरु र श्रीमतीलाई निकाल्न सफल भएँ । तर मेरा साढे तीन वर्षको छोरोलाई भत्किएको घरको ढुङ्गाले टाउकोमा चोट लाग्यो’, यादवले रुँदै छोरालाई लागेको चोटको कथा सुनाए ।

यादव जस्तै भूकम्पमा परी घाइते भएकाहरु अस्पतालभित्र अर्धचेत अवस्थामा शैंयामा छन् भने उनीहरुका आफन्तजन र परिवारका सदस्यहरु बाहिर घाइतेहरुको शिघ्र उपचारको आशामा पर्खाइमा छन् । यमुना र यादव जस्तै सुवर्णा शाह पनि आफ्नो २१ वर्षीया छोरी ईशा शाह पनि चाँडै निको भएर घर फर्कने पर्खाइमा छिन् । ईशालाई भूकम्पले टाउको, घाँटी र हात खुट्टामा चोट लागेको छ ।

दसैँ मनाउन आमा सुवर्णासँगै जाजरकोट मामाघरमा गएकी ईशा आफ्नो सानी आमाका दुई दिदीबहीनीहरुसँगै रातिको खाना खाएर सुतेकी थिइन् । आफ्नो छोरी ईशासँगै बहिनीहरुका दुई छोरी पनि भूकम्पमा परी मृत्यु भएको सुवर्णाले भावविभोर हुँदै सुनाइन् । ‘हामी दसैँ मनाउन माइती गाउँ जाजरकोट गएका थियौँ । यही आइतबार फर्कने हाम्रो तयारी थियो । तर भूकम्पले हाम्रो परिवारको मुटु चुँडालेर गयो’, सुवर्णाले रुँदै पीडा पनि सुनाइन् ।

उनका एक छोरी र एक छोरी छन् । सपरिवार नै दसैँ मनाउन जाजरकोट गएकी सुवर्णा र छोरालाई चोट लागे पनि छोरी ईशा भने गम्भीर घाईते भएको उनले बताइन् । ‘चोट त हामीलाई पनि लागेको छ तर धेरै चोट मेरी छोरीलाई लागेको छ । भगवानसँगै छोरीलाई केही पनि नहोस्, उनलाई चाँडै निको भइदियोस् भनेर प्राथना गरिरहेको छु । भाग्यले उनलाई बचाएको छ । अब डाक्टरले पनि बचाई दिनु हुनेछ भन्ने आशा छ’, सुवर्णाले छोरीको मायमा रुँदै भनिन् ।

चन्दा शाह पनि भूकम्पमा परी घाइते भएका श्रीमान् चाँडै नै निको हुने आशामा छिन् । भेरी नगरपालिका–३ खलङ्गा जाजरकोटका ४८ वर्षीय चन्दाका श्रीमान् विमलकुमार कार्कीको पनि दाहिने खुट्टा भाँचिएको छ । विमल शनिबार बिहान भेरी अस्पतालमा उपचारका लागि पुगेका पहिलो बिरामी हुन् । परिवारबाट १० वर्षदेखि अलग बस्दै आएका कार्कीलाई उनकी पत्नी चन्दा शाह कार्कीले अस्पताल पु¥याएकी थिइन् । चन्दालाई पनि यमुनालाई जस्तै श्रीमानको रेखदेख गर्न र खानाको जोहो गर्न भ्याइनभ्याइ भएको छ । ‘भूकम्पले मेरो श्रीमानलाई घाइते बनाए पनि त्यसको पीडा मलाई र मेरो चार सन्तानलाई अझ बढी भएको छ’, श्रीमती चन्दाले रुँदै भनिन् ।

विमल खलङ्गाको पीपलडाँडामा एक्लै बस्दै आएका थिए भने चन्दा चार छोरीसँगै १० मिनेटको दूरीमा बस्ने गर्थिन् । आफ्नो परिवारको सहारा नै श्रीमान् भएको हुनाले भूकम्पमा परेर उनै श्रीमान् नै घाइते भएको हुँदा चन्दालाई आफ्नो परिवारमा ग्रहण लागे जस्तै भएको छ ।

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएका जाजरकोटबाट ३८ जनाको अहिले नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । प्रजिअ पोखरेलका अनुसार शनिबार राति साढे बाह्र बजेसम्म थप छ जनालाई उपचारका लागि अस्पताल ल्याइएको छ । उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको पनि उनले जानकारी दिए ।

प्रजिअ पोखरेलले हिजो शुक्रबार नै नौ जना डाक्टरको टोलीसहित आवश्यकीय औषधिहरु रुकुमको चौरझारीमा पठाइसकेको पनि बताए । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालमा एक सय पाँच वटा शैंया तयारी अवस्थामा राखिएको छ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र अन्य आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ । हेलिकप्टरबाट आउने बिरामीका लागि राझा बिमानस्थल र सैनिक ब्यारेकको हेलिप्याडमा दुई(दुई वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

बिरामीलाई रगतको अभाव हुन नदिन केही पिन्ट रगत मौज्दात रहेको छ । अपुग भएमा ताजा रगत आपूर्तिको लागि रक्तदाताको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । समितिका अध्यक्ष शाहले अस्पतालको नयाँ भवनको भूइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए । जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म डेढ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

Previous Post

कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

Next Post

भूकम्प पीडित भन्छन्- ‘अहिलेसम्म राहत पाइएन ’

सम्बन्धित खबर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
Load More
Next Post
भूकम्प पीडित भन्छन्- ‘अहिलेसम्म राहत पाइएन ’

भूकम्प पीडित भन्छन्- ‘अहिलेसम्म राहत पाइएन ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In