• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषकलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

by
२० कार्तिक २०८०,
0
किसानलाई अनुदानमा आलुको बीउ वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दमौली – तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न सुरु गरेको छ ।

विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्थामार्फत नगरपालिकाले बीउ वितरण सुरु गरेको हो ।

नगरपालिकाले जनकदेव र एमएस ४२।३ उन्नत जातका करिब ४० टन आलुको बीउ वितरण सुरु गरेको छ । उन्नत जातको बीउ वितरण गर्न नगरपालिकाले २० टन एक सय ७७ केजी जनकदेव रातो र १८ टन नौ सय ५५ केजी एमएस निलो गरी कुल ३९ टन पाँच सय ७ केजी उन्नत जातका आलुको बीउ ल्याएको कृषि, पशुपंक्षी तथा सहकारी विकास शाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए ।

नगरपालिकाका १४ वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई टोल विकास संस्थाबाट आलुको बीउ वितरण गरिने शाखा प्रमुख विश्वकर्माले जानकारी दिए । उनले भने, “प्रत्येक वडाबाट सिफारिस भइ आएका मागका आधारमा सम्बन्धी टोल विकास संस्थालाई बीउ उपलब्ध गराएका छौँ, टोल संस्थाबाट नै किसानलाई बीउ वितरण हुनेछ ।”

उन्नत जातको जनकदेव आलुको बीउको मूल्य प्रतिकिलो ३२ रुपैँया ५ पैसा कायम गरिएको छ भने एमएस उन्नत जातको आलुको बीउको मूल्य प्रतिकिलो २७ रुपैँया ५ पैसा कायम गरिएको छ । आजदेखि देखि १४ वटै वडाका टोल विकास संस्थालाई आलुको बीउ वितरण गर्न सुरु गरिएको छ । जस अनुसार वडा नम्बर १ मा सात सय केजी जनकदेव, वडा नम्बर ३ मा तीन सय ६५ केजी एम एस, वडा नम्बर ४ मा छ सय ९५ केजी एमएस, वडा नम्बर ५ मा तीन हजार सात सय ४० केजी एमएस र तीन हजार एक सय ४५ केजी जनकदेव आलुको बीउ वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ६ मा तीन सय ७० केजी एमएस र तीन हजार आठ सय ५० केजी जनकदेव, वडा नम्बर ७ मा दुई सय ६० केजी एमएस र एक हजार एक सय १० केजी जनकदेव, वडा नम्बर ८ मा दुई हजार छ सय ३५ केजी एमएस र एक हजार नौ सय ३० केजी जनकदेव, वडा नम्बर ९ मा एक हजार पाँच सय ८० केजी एमएस र दुई हजार छ सय ५५ केजी जनकदेव, वडा नम्बर १० मा तीन हजार छ सय ८५ एमएस र दुई हजार पाँच सय ३२ जनकदेव, वडा नम्बर ११ मा चार हजार चार सय ५७ केजी एमएस र दुई हजार तीन सय ५५ जनकदेव, वडा नम्बर १२ मा तीन १२ केजी एमएस र छ सय २० जनकदेव, वडा नम्बर १३ मा पाँच सय ४५ केजी एमएस र तीन सय ४० केजी जनकदेव, वडा नम्बर १४ मा दुई सय ९० केजी एमएस र नौ सय ५० केजी जनकदेव आलुको बीउ वितरण गरिनेछ ।

नगरपालिकामा करिब छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

किसानलाई आलुको बीउ वितरण

इलाम स् इलाम नगरपालका चार वडा कार्यालयले किसानलाई आलुको बीउ वितरण गरेको छ । आइतबार एक कार्यक्रमबीच किसानलाई प्रति परिवार १० किलोका दरले आलुको बीउ बितरण गरेको हो ।

इलाम नगपालिकाका प्रमुख केदार थापाले किसानलाई आलुको बीउ वितरण गरे । उनले बीउ वितरण गर्दै कृषिमा इलाम नगपालिकालाई आत्मनिर्भर बनाउन किसानलाई सहयोग गर्दै आएको बताए । उनले बाहिरबाट आयातित तरकारीमा रसायनिक तथा विषादीको प्रयोगले रोगको सिकार बन्नुपर्ने भएकाले पनि स्थानीय उत्पादनमा जोड दिइएको बताए।

किसानको २० प्रतिशत लागत साझेदारीमा वडाले उन्नत जातको आलुको बीउ वितरण गरेको वडाध्यक्ष नुतनदेव दुलालले बताए । उनले आर्थिक विकास कार्यक्रमअन्तर्गत किसानलाई जनकदेव जातको आलु वितरण गरेको बताए।

राम्रो उत्पादन होस् भनेर किसानलाई उन्नत जातका बीउ वितरण गरिएको छ । कृषि अनुसन्धान परिषद् जौबारीमा उत्पादन भएका जनकदेव आलुको विउ वितरण गरिएको जनाइएको छ । वडाध्यक्ष दुलालका अनुसार वडाले व्यावसायिक फर्मलाई २० किलो र व्यक्तिलाई १० किलो ग्रामका दरले बीउ वितरण गरिएको छ । कृषि अनुसन्धान परिषद् जौबारीबाट किसानलाई थोरै बीउ ल्याउन समस्या भइरहेका बेला वडा कार्यालयले नै बीउ वितरण गरेपछि स्थानीय किसान खुसी भएका छन् ।

वडा कार्यालयका अनुसार अनुसन्धान परिषद्बाट खरिद गरी वडाका साढे पाँच सय परिवार र ३० वटा फारमलाई बीउ वितरण गरिने छ । स्थानीय हावापानीमा राम्रो मानिने साथै थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले यो जातको आलुलाई सिफारिस गरिएको वडाध्यक्ष दुलालको भनाइ छ । आलु विशेष गरेर हिउँदे र बर्से गरेर दुई याममा उत्पादन गर्ने गरिएको छ । हिउँदे आलु फागुन चैत्र महिनामा उत्पादन हुन्छ भने बर्से आलु जेठ, असारमा उत्पादन हुन्छ । आलु रोपेको चारदेखि पाँच महिनामा उत्पादन हुने गरेको छ ।

वडाले हरेक वर्ष किसानलाई उन्नत जातको आलुको बीउ, मकै, जै घाँस, तोरीको बीउ, सागसब्जीको बीउ विजन, टनेललगायत सामग्री वितरण गर्दै आएको छ । यसअघि सो वडाले उन्नत जातका गाई, बाख्रा र सुँगुरका पाठा किसानलाई वितरण गर्दै आएको छ ।

Previous Post

बैकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

Next Post

भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’

सम्बन्धित खबर

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
Load More
Next Post
भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’

भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In