त्रिलोचन ढकाल
धत्तेरि ! बिहानै आउँछु भनेको दुष्ट अहिलेसम्म आउँदैन । आँगनको ओल्लो छेउ र पल्लो छेउ गर्दै रामबहादुर फतफताउन थाले ।
‘गाली नगर ! पाप लाग्छ !! आउँदै होलान् नि !’ रामबहादुरकी पत्नीले धैर्य हुन सल्लाह दिन खोजिन् ।
सकेर साहूको काममा जानु थियो । बर्बाद भयो ।’
‘के गर्नु हो ! मेलामा जान त मैले पनि बोलेकी थिएँ ।’
दश र एघार मात्र होइन चार बजिसक्यो । आइपुगेनन् । रामबहादुरका पति पत्नीको धैर्यताले सीमा नाघ्न खोजे पो के गरुन् ? उनीहरूले विकल्पतिर ध्यान दिएकै थिएनन् ।
दुर्घटनामा परे कि !
गाडीमा हिँड्ने भए पो दुर्घटनामा पर्छ । दुइटा छेस्का नचाउँदै हिँडने हो ।’
बेलुका साँझ पर्नै लाग्दा पुस्तकका पाना पल्टाउँदै पल्टाउँदै आइपुगे र भने— ‘ल यजमान ! श्राद्ध समाप्त भयो, दानदक्षिणा मात्र बाँकी छ ।’
साभारः लघुकथा कुनोबाट













