आयुर्वेदले सख्खरभन्दा पनि मिश्री प्रयोग गर्नु फाइदाजनक भनेको छ । मिश्रीले तौललाई सन्तुलित राख्छ । यसबाहेक स्तनपान गराउने आमाले मिश्रीको सेवन गर्दा उनीहरूको स्वास्थ्य पनि राम्रो हुन्छ र बच्चामा कुनै नराम्रो प्रभाव पर्दैन ।
खासगरी पेट, खोकी र दमको औषधिमा मिश्री प्रयोग गरिन्छ । त्यस्तै घरको भान्छामै पनि सजिलै मिश्रीलाई प्रयोग गरेर धेरै स्वास्थ्य समस्याबाट राहत पाउन सकिन्छ ।
१. अमलाको धूलोमा चिनी मिसाएर खाँदा टाउको दुख्ने समस्यामा धेरै राहत मिल्छ ।
२. मिश्रीको सानो टुक्रा मुखमा राख्दा घाँटी दुख्ने र खोकीमा धेरै आराम मिल्छ ।
३. मिश्री र अलैंची मिसाएर खाँदा पनि मुखको अल्सरको समस्यामा धेरै राहत मिल्छ ।
४. राति दूधमा मिश्री मिसाएर पिउँदा राम्रो निद्रा दिन्छ र तनाव पनि कम गर्छ ।
५. दूधमा केसर र मिश्री मिसाएर पिउनाले ऊर्जा र क्रियाशीलता प्राप्त हुनुको साथै रक्तसञ्चार पनि राम्रो हुन्छ ।
६. मिश्रीको काँडापानी पिउँदा ज्वरो, पेट पोल्ने, पिसाब पोल्ने, हात, खुट्टा पोल्ने रोगमा आराम मिल्छ ।













