• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

metakhabar by metakhabar
५ अशोज २०८३,
0
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ।

एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानीपोखरीका एआईजी सुशील सिंह राठौरले जानकारी दिए। समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।

रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक काभ्रेका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए। प्रहरीले उनको उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ।

बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको देखिन्छ। सार्वजनिक भएको भिडियोमा ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा जरिवानाको चिट काट्न खोजेको देखिन्छ। चालकले भने आफूले कुनै गल्ती नगरेको भन्दै जरिवाना तिर्न अस्वीकार गरेको सुनिन्छ।

‘मलाई बिना कसुर फाइन हान्न खोज्दै हुनुहुन्छ,’ चालकले भनेको भिडियोमा सुनिन्छ।चालक ड्राइभिङ सिटमै रहेका बेला सडकमा रहेका ट्राफिक प्रहरीसँग विवाद भइरहेको भिडियोमा सशस्त्र प्रहरीको पोसाकमा रहेका तथा सादा पोसाकका व्यक्तिहरू पनि देखिन्छन्। उनीहरूले बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै बसलाई साइड लगाउन आग्रह गरेको सुनिन्छ।

त्यस क्रममा चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफीसमेत मागेको तर आफूलाई जबर्जस्ती जरिवाना तिराउन खोजिएको गुनासो गरेका छन्।

जरिवाना तिर्नैपर्ने ट्राफिक प्रहरीको भनाइ र आफूले जरिवाना नतिर्ने चालकको अडानका बीच विवाद थप चर्किएको देखिन्छ। त्यसपछि चालक थप आक्रोशित हुँदै ‘हामी काम गर्ने मान्छे हो । म मर्न तयार छु’ भनेको भिडियोमा सुनिन्छ।

आफ्नो गल्ती नभएको तर पनि आफूले माफी मागेको दोहोर्‍याउँदै उनले भनेका छन्, ‘मैले यति धेरै रेस्पेक्ट गर्दागर्दै यिनीहरूले लापरवाही गर्ने ! जे गर्न सक्छ गर।’

त्यसको केही समयपछि बसको पछिल्लो भागबाट आगो दन्किएको देखिन्छ। प्रहरीले चालकले नै बसमा आगो लगाएको हुनसक्ने आशंका गरेको छ।

यद्यपि, बसमा आगलागी कसरी भयो भन्ने विषयमा छानबिन भइरहेको र समितिको प्रतिवेदनपछि मात्रै घटनाको वास्तविक कारणबारे निष्कर्षमा पुग्न सकिने प्रहरीले जनाएको छ।

Previous Post

कृषि अनुसन्धानलाई किसानमुखी बनाउन समिति सदस्यको सुझाव

Next Post

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

metakhabar

metakhabar

सम्बन्धित खबर

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन
समाचार

कृषि उपजको मूल्य श्रृंखला सुधार गर्न सरकारद्वारा उच्चस्तरीय कार्यदल गठन

५ अशोज २०८३,
पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन
समाचार

पद्म नर्सिङ होमको घूस प्रकरणमा गण्डकी सरकारले थाल्यो छानबिन

५ अशोज २०८३,
निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
Load More
Next Post
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In