सबै जीवित प्राणीहरूले धर्तीसँगको सम्बन्धलाई कायम राखेका हुन्छन् । हामीलाई हरियो बगैंचा, पहाडी क्षेत्र या समुद्रको किनारामा हिँड्दा यति मजा आउँछ कि त्यसको बयान गरिसाध्ये हुँदैन । यसो हुनुको मुख्य कारण भनेको हाम्रो निकटता प्रकृतिसँग हुन्छ । हामी जति प्रकृतिको साथमा रहन्छौँ उत्ति नै खुसी मिल्ने गर्छ । जमिन, माटो या चौरमा नाङ्गो खुट्टाले हिँड्दा प्रकृतिसँग जोडिने मौका मिल्छ । प्रकृति र मान्छेबीचको सम्बन्ध टुट्यो भने शारीरिक समस्या र रोगहरू पैदा हुन्छन् ।
नाङ्गो खुट्टासहित जमिनमा हिँड्दा धेरै फाइदा हुन्छ—
– दैनिक १० देखि १५ मिनेट खाली खुट्टाले हिँड्नु सबैका लागि हितकर हुनेगर्छ । यसो गर्नाले रक्तचाप सन्तुलनमा आउँछ । शरीरमा ताजापन, शान्ति र सुरक्षाको महसुस हुनेगर्छ
– धर्तीमा विद्युतीय शक्ति हुन्छ । खाली खुट्टा जमिनमा हिँड्नाले शरीरको नेगेटिभ आयोनको अवशोषण पृथ्वीले गर्ने गर्छ र शरीरमा ऊर्जा पैदा हुन्छ ।
– माटो र धर्तीसँग प्रत्यक्ष सम्पर्कमा आउनाले माटोमा पाइने सूक्ष्म जीवहरूले हामीलाई प्राकृतिक रूपमै रोग प्रतिरोधी क्षमता विकास गराउन सक्छन् । राम्रो ब्याक्टेरियाहरू हाम्रो शरीरमा आएर शारीरिक फाइदा पु¥याउँछन् ।













