• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

    जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१६ साउन २०८३,
0
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतसँगको सीमा विवाद नेपालमा व्यापक बहसको विषय बनिरहेका बेला दुवै देशले सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न लागेको छ ।

सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न सर्वे अधिकारी समिति (एसओसी) को १३औँ बैठक साउन २७देखि २९ गतेसम्म भारतको लखनउमा बस्दैछ ।

बैठकमा सीमा कार्य समूह (बीडब्लूजी)को सातौँ बैठकले गरेका निर्णय कार्यान्वयनका लागि आवश्यक योजना र बजेट अनुमोदन गरिने अपेक्षा गरिएको छ ।

बीडब्लूजी नेपालको सुस्ता र कालापानीबाहेक सीमासम्बन्धी प्राविधिक विषय हेर्ने नेपाल–भारतबीचको सबैभन्दा उच्च द्विपक्षीय संयन्त्र हो ।

बीडब्लूजीको सातौँ बैठक गत वर्ष जुलाई ३० मा बसेको थियो । बीडब्लूजीको कार्यादेशमा पनि सुस्ता र कालापानी विवादबारे छलफल गर्ने व्यवस्था छैन । नेपाली टोलीको नेतृत्व नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले गर्नेछन् ।

बीडब्लूजीले नयाँ सीमा स्तम्भ निर्माण, क्षतिग्रस्त स्तम्भको संयुक्त मर्मत तथा सीमासम्बन्धी अन्य प्राविधिक काम तीन वर्षभित्र सम्पन्न गर्ने सहमति गरेको थियो ।

गत वर्षको बैठकमा दुवै देशले दशगजा क्षेत्रमा भएका अतिक्रमणको अभिलेख तयार गर्ने तथा दुवै देशका नागरिकका सीमापार सम्पत्ति विवरण संकलन गर्ने सहमति पनि भएको थियो ।

सहमतिअनुसार तय गरिएको समयसीमाको दुई वर्ष पूरा भइसकेको छ । अब बाँकी एक वर्षका लागि कार्ययोजना तयार गरिने जनाइएको छ ।

नेपालले २०२० मा नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाल–भारत सीमा विषय द्विपक्षीय सम्बन्धको प्रमुख एजेन्डा बनेको छ । तर प्राविधिक तहमा सीमासम्बन्धी काम भने धेरै अघिदेखि नै हुँदै आएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २०१४ को नेपाल भ्रमणका क्रममा बीडब्लूजीगठन गर्ने सहमति भएको थियो । यसको कार्यादेशमा दशगजा क्षेत्र खाली गराउने, सीमा स्तम्भ निर्माण, पुनःस्थापना तथा मर्मत गर्ने, सीमापार सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने तथा सीमासम्बन्धी अन्य प्राविधिक कार्य सम्पन्न गर्ने विषय समेटिएका छन् ।

दुवै देशले २०१५ मा तीन वर्षभित्र प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका थिए । लक्ष्य पूरा हुन नसकेपछि २०१७ मा पुनः समयसीमा थप्दै २०२२ सम्म काम सक्ने सहमति भएको थियो ।

तर बजेट अभाव, कोभिड–१९ महामारी, पटक–पटक उत्पन्न भएका सीमा विवाद तथा प्रतिकूल मौसमका कारण दुवै समयसीमा पूरा हुन सकेको छैन ।

कोभिड महामारी र २०२० को सीमा विवादपछि दुई देशबीच सम्बन्धमा आएको चिसोपनका कारण पनि बीडब्लूजीको बैठक २०१९ पछि बसेको छैन ।

नापी विभागका अनुसार यसपटकको बैठकमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) बेस स्टेसनको स्तरोन्नति सम्बन्धी विषय पनि समीक्षा हुनेछ ।

नापी विभागका अनुसार नेपाल–भारत सीमामा हाल ८,५५४ वटा सीमा स्तम्भ छन् । तीमध्ये १,३२५ वटा हराएका छन् । यस्तै १,९५६ वटा आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन् ।

Previous Post

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

Next Post

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

metakhabar

metakhabar

सम्बन्धित खबर

भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
फिचर-ब्यानर

जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

१६ साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

१६ साउन २०८३,
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

१६ साउन २०८३,
कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ?
समाचार

कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ?

१६ साउन २०८३,
Load More
Next Post
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In