• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१६ साउन २०८३,
0
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ साउनः हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा टुङ्गिन्छन् तर केही त्यस्ता आरोही हुन्छन्, जसको वास्तविक उचाइ उनीहरूले चुमेको शिखरले होइन, उनीहरूले सामना गर्ने चुनौती र साहसले मापन गर्छ । विश्व पर्वतारोहण इतिहासमा निर्मल पुर्जा अर्थात् ‘निम्स दाइ’ एउटा त्यस्तो नाम हो, जसले केवल संसारका अग्ला हिमालहरू आरोहण गर्ने काम मात्र गर्नु भएन, बरु संसारले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण नै बदल्ने प्रयास गर्नुभयो ।

म्याग्दी दानास्थित सामान्य परिवारमा जन्मिनु भएका पुर्जाको बाल्यकाल चरम दुःख र सङ्घर्षले भरिएको थियो । बाल्यकालमा क्षयरोग र दमजस्ता स्वास्थ्य समस्यासँग जुध्नुभएका पुर्जा कुनै दिन विश्वकै सबैभन्दा कठिन हिमालहरू आरोहण गरेर इतिहास रच्ने व्यक्ति बन्लान् भन्ने कल्पना अरूले त छाडौँ उहाँ आफैँले गर्नुभएको थिएन । गाउँको सामान्य जीवनबाट सुरु भएको उहाँको यात्रा बेलायती गोर्खा सैनिकसम्म पुग्यो । उहाँ सन् २००३ मा बेलायती सैनिकका रूपमा भर्ती हुनुभयो । त्यहाँ पनि उहाँ साधारण सैनिक भएर बस्नुभएन । कठिन छनोट प्रक्रिया पार गर्दै बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबिएस) मा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक बन्नुभयो । सैन्य जीवनले उहाँलाई अनुशासन, जोखिम व्यवस्थापन, नेतृत्व र असम्भवलाई कसरी सम्भव बनाउने भन्ने सीपका साथै आत्मविश्वास दिलायो तर उहाँको जीवनको मोड हिमाल बन्यो ।

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उहाँको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उहाँले महसुस गर्नुभयो । त्यसपछि उहाँले पर्वतारोहणलाई केवल पेसा होइन, जीवनको उद्देश्य बनाउनुभयो र सन् २०१८ मा बेलायती सैनिकबाट राजीनामा दिनुभयो ।

सन् २०१९ मा उहाँले ‘प्रोजेक्ट पोसिबल’ अभियान घोषणा गर्नुभयो । जुन अभियान धेरैका लागि अव्यावाहरिक र असम्भव सपनाझैँ थियो । सो अभियानको लक्ष्य थियो, ‘विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सात महिनाभित्र आरोहण गर्ने ।’ त्यसबेला यो लक्ष्यलाई धेरै अनुभवी पर्वतारोहीहरूले समेत असम्भव भनेर प्रतिक्रिया दिएका थिए । उहाँले सो अभियानका लागि प्रायोजन खोज्दा प्रायोजकहरूसमेत हिच्किचाएका थिए । आर्थिक अभाव यति थियो कि उहाँले आफ्नै घर धितो राखेर अभियान अघि बढाउनुभएको थियो । सो प्रसङ्ग उहाँको आत्मकथा ‘बियोन्ड पोसिबल’मा उल्लेख छ ।

निम्स दाइका लागि ‘असम्भव’ भन्ने शब्द नै प्रेरणाको स्रोत बन्यो । अन्ततः उहाँले ६ महिना ६ दिनमै ती सबै १४ हिमाल आरोहण गरेर इतिहास मात्र रच्नुभएन, सम्भावनाको परिभाषा नै पुनर्लेखन गर्नुभयो । भलै उहाँको सो कीर्तिमान नर्वेजियन आरोही क्रिस्टिन हरिला र नेपाली आरोही तेन्जेन लामा शेर्पाले ९२ दिनपछि नै तोेडे तर सो कीर्तिमान तोड्ने साहस उनीहरूमा जो आएको थियो, त्यसको पछाडि निम्स दाइकै ‘सम्भव छ’ भन्ने हिम्मत जोडिएको थियो ।

उहाँको आरोहण यात्राको अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली पर्वतारोहणको पहिचान बदल्ने अभियान थियो । दशकौँसम्म अन्तरराष्ट्रिय सञ्चारमाध्यममा विदेशी आरोहीहरू नायक बन्थे भने नेपाली शेर्पा र उच्च हिमाली सहयोगीहरू पृष्ठभूमिमा सीमित रहन्थे । निम्स दाइले बारम्बार भन्नुभयो, “हिमालको सफलता केवल शिखरमा पुग्ने व्यक्तिको होइन, सम्पूर्ण टोलीको सामूहिक उपलब्धि हो ।”

यसको सबैभन्दा राम्रो उदाहरण सन् २०२१ को ऐतिहासिक ‘के–टु’को पहिलो जाडोयामको आरोहणलाई मान्न सकिन्छ । संसारभरका पर्वतारोहीले हालसम्म जाडोयाममा के–टु हिमाल आरोहण गर्न सकेका थिएनन् । सो अभियानमा शिखर पुग्न अन्तिम केही मिटर बाँकी हुँदा टोलीमा आबद्ध जोकोहीले व्यक्तिगत रूपमा अघि बढ्न सक्थे तर निम्स दाइले सबैलाई रोक्नुभयो । दसै जना नेपाली पर्वतारोही एक ठाउँमा भेला भए र नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ शिखरमा पाइला राखे । त्यो केवल एउटा आरोहण मात्र थिएन, त्यो त विश्व पर्वतारोहण इतिहासमा नेपालीले लेखेको एक इतिहासको अध्याय थियो ।

निम्स दाइले खिच्नुभएको सगरमाथाको ‘ट्राफिक जाम’को तस्बिर सन् २०१९ मा संसारभर ‘भाइरल’ बन्यो । धेरैका लागि त्यो भीडको दृश्य थियो, तर निम्सका लागि त्यो हिमाल व्यवस्थापन, मौसमको सीमित अवसर र बढ्दो व्यावसायिक आरोहणबारे विश्वव्यापी बहस सुरु गराउने दस्तावेज बन्यो ।

उहाँले देखाउनुभएको अर्को पक्ष उद्धार अभियानप्रतिको प्रतिबद्धता हो । कतिपय अवस्थामा उहाँले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा माथि उठेर मानवीयतालाई प्राथमिकता दिँदै उद्धार अभियानमा संलग्न हुनुभयो । उहाँको जीवनदर्शन सरल थियो, ‘सम्भव छ’ । अरूले असम्भव देख्ने लक्ष्यलाई सम्भव बनाउन सकिन्छ भन्ने विश्वासले नै उहाँलाई विश्वभर ‘निम्स दाइ’ का रूपमा चिनायो । यही दर्शनले सन् २०२१ मा ‘नेटफ्लिक्स’को चर्चित वृत्तचित्र ‘फोर्टिन पिक्सः नोथिङ इज इम्पोसिबल’ मार्फत करोडौँ दर्शकसम्म उहाँको कथा पुग्यो ।

आज निम्स दाइ केवल कीर्तिमानी पर्वतारोहीका रूपमा मात्र रहनुभएन । उहाँ त नेपाली पर्वतारोहणको नयाँ आत्मविश्वासका प्रतीक बन्नुभएको छ । उहाँले नेपाली पर्वतारोहीलाई विश्वमञ्चमा सहायक नभएर नेतृत्वकर्ता र निर्णयकर्ता रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । एलिट एक्सपिडिसनमार्फत नयाँ पुस्ताका नेपाली पर्वतारोहीलाई अवसर सिर्जना गर्ने प्रयास होस् वा निम्स दाइ फाउन्डेसन मार्फत हिमाली वातावरण संरक्षणका अभियानमा उहाँको योगदान शिखरभन्दा धेरै परसम्म फैलिएको छ ।

त्यसो त निम्स दाइ पनि सर्वगुण सम्पन्न हुनुहुन्थेन । मानिसमा हुने सामान्य कमजोरी उहाँमा पनि थियो । विभिन्न समयमा उहाँ केही विवादमा पनि मुछिनुभयो । सन् २०१९ मा आमादब्लमको शिखर नै ढाक्ने गरी कुवेतको झण्डा राखेको, केही विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको, उहाँको कम्पनीले भाडामा लिएको घर कपनमा आगलागी हुँदा व्यक्तिको ज्यान गएको, कतिपय हिमालमा आरोहणका गतिविधिमा मनपर्दी गरेको जस्ता आरोप उहाँमाथि लागेको थियो तर ती सबै आरोपको खण्डन गर्दै उहाँले स्पष्टीकरण दिँदै आउनुभएको थियो ।

उहाँले आफूलाई चर्चामा ल्याउने र व्यवसाय चलाउने काममा मात्र सीमित राख्नुभएन । सन् २०२२ मा ‘निम्स दाइ फाउन्डेसन’ स्थापना गरी हिमाली समुदायमा काम गर्ने गरी शिक्षा, वातावरण, प्रेरणामूलक अभियानका साथै विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गर्नुभएको थियो । सोही फाउन्डेसनमार्फत उहाँले हालैमात्र सोलुखुम्बुको लोबुचेमा भरियाका लागि ‘पोर्टर हाउस’ निर्माण गर्नुभएको थियो ।

सगरमाथा मार्गमा पर्ने समुद्र सतहदेखि पाँच हजार ३० मिटर उचाइमा अवस्थित लोबुचेमा निर्मित सो भवनका लागि उहाँले केही वर्षदेखि विभिन्न सङ्घसंस्था र स्थानीय तहसँग समन्वय तथा सहयोग सङ्कलन गर्नुभएको थियो । फाउन्डेसले गत मे २७ (जेठ १३ गते) मात्र सो भवन निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरिएको थियो । नेपाली रु छ करोडभन्दा बढी खर्च गरेर बनाइएको सो पोर्टर हाउसमा १०० भन्दा बढी भरिया सुत्न मिल्ने क्षमताको छ । हिमालमा भारी बोक्ने भरियाहरूले ठूला होटलमा बास बस्न नसक्ने र साना होटलमा समेत बेलाबेलामा ठाउँ नपाउँदा समस्या हुने गरेको देखेर निर्मल पुर्जाले सो पोर्टर हाउस निर्माण गर्ने सपना निम्स दाइको थियो ।

हिमालले आरोहीको छविलाई बढाउँछ तर केही आरोहीले हिमाललाई नै नयाँ अर्थ दिन्छन् । निम्स दाइ त्यहीमध्येका एक दुर्लभ प्रतिनिधि हुनुहुन्छ, जसले विश्वलाई एउटा साधारण सन्देश दिएर जानुभयो, त्यो हो ‘साहस र दृढ इच्छाशक्ति भए असम्भव शब्द केवल एउटा सोच मात्र हो ।’
—
यो ‘अबिच्युरी’ मा प्रयोग गरिएको तस्बीर निर्मल पुर्जाको फेसबुकबाट लिइएको हो ।

Previous Post

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

metakhabar

metakhabar

सम्बन्धित खबर

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु
फिचर-ब्यानर

जैविक मल उत्पादकहरूको विवरण सङ्कलन अभियान सुरु

१६ साउन २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In